KhojSansar

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

Khoj Sansar News

भक्तपुर, १४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् ।

चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन् ।

विदेशी पर्यटकबाट चाँगुनारायणले रु एक करोड १९ लाख १० हजार ४०० राजस्व सङ्कलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु ३०० का दरले पर्यटन शुल्कबापत रु १७ लाख २६ हजार ८०० राजस्व सङ्कलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु ४०० का दरले रु एक करोड एक लाख ८३ हजार ६०० सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत सङ्कलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताउनुभयो । -रासस

सम्बन्धित समाचारः

  • सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

  • म्याग्दीको कोसेली टिमुरका परिकार

  • चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.