KhojSansar

सुनको भाउ एकैदिन १० हजार ४ सय बढ्यो, ३ लाख नजिक

Khoj Sansar News

काठमाडौं, ७ माघ । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले बढेसँगै नेपालमा प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारः

  • शिव अङ्कित पहाडले तान्दै पर्यटक

  • बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन

  • कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

  • नौ महिनामै बाहिरियो ३४ अर्ब

  • ४४ लाख निष्कृय खाता ! साढे २० अर्ब रुपैयाँ निक्षेप

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.