KhojSansar

गुल्मीको रुरु क्षेत्र गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट…

Khoj Sansar News

गुल्मी, ३ भाद्र, सञ्जालगत सेवा प्रवाह र सुशासन प्रवर्द्धनका आधारमा गरिएको मूल्याङ्कनअनुसार रुरु क्षेत्र गाउँपालिका २०८०/८१ सालको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट ठहरिएको हो । गाउँपालिकाले पाएको याे उपलब्धिलाई स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवा प्रवाहमा देखाएको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनमा उत्कृष्ट भएका ६ वटा पालिकालाई विशेष सम्मान गर्ने भएको छ । आउँदो भदौ ६ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकासहित तिलोत्तमा नगरपालिका (रुपन्देही), खैरहनी नगरपालिका (चितवन), नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ्ग गाउँपालिका (धादिङ) तथा अर्जुनचौपारी गाउँपालिका (स्याङ्जा) लाई सम्मान गरिनेछ ।

त्यस अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको औपचारिक शुभारम्भसमेत हुने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.