KhojSansar

करेन्ट लागेर एक कामदारको मृत्यु

JPG

महोत्तरी, २९ कात्तिकः विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

यहाँको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरी रहेका जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारजनले बताएका छन् ।

निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् बिस्तारमा ज्यालादारी कामदार रहेका यादवको विद्युत् लाइन काटिएको सूचनाका आधारमा शुक्रबार तार तान्दै गर्दा विद्युतीय झट्का (करेन्ट) लागेको थियो । उहाँलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पु¥याइएकामा उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकका परिवारले विद्युत् प्राधिकरण कार्यालय गौशाला र टाटा सप्लाईको बर्दिबासस्थित कार्यालयले उचित क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता गरेपछि मात्र अन्तिम संस्कार गर्ने बताएकाले क्षतिपूर्तिको व्यवस्थाका लागि पहल थालिएको बताउनुभयो । —

सम्बन्धित समाचारः

  • एनपिएलः आज दुई खेल हुने

  • स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

  • छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

  • आज विश्व टेलिभिजन दिवस

  • आहा ! फुङ्फुङ्गे झरना : पर्यटकको रोजाइमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.