KhojSansar

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

eGlobalTimes News

काठमाण्डाै – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालाको भित्री सडक खण्डमा हवाहुरीले रुढ ढल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ । हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

रुखले च्यापिएर ज्यान गुमाउनेहरूमा सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । यस्तै घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।

अहिले काठमाण्डाै उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी चलिरहेकाे छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.