KhojSansar

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

Khoj Sansar News

काठमाडौँ, १५ साउनः गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गर्नुभएको छ ।

सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयोजक हाम्दीबीच आज भेटवार्ता भएको हो । भेटमा संयोजक हाम्दीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गर्नुभयो । उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तथा नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने गृहमन्त्री लेखकसमक्ष प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत सरकार शान्ति प्रक्रियाको काम टुङ्गोमा पु¥याउन सक्रिय रहेको बताउनुभयो । विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति उहाँले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि संयोजक हाम्दीसँग आग्रह गर्नुभयो । -रासस

सम्बन्धित समाचारः

  • महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.