KhojSansar

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

Khoj Sansar News

काठमाडौँ, १६ साउनः आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ ।

अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले राससलाई बताउनुभयो ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्तिसुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिएको उहाँ बताउनुहुन्छ । विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने पूर्वराजदूत आचार्यको सझाव छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ यहाँ आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । -रासस

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.