KhojSansar

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

Khoj Sansar News

गलकोट (बागलुङ) २७ साउनः चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनपछि सञ्चालानमा आएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार अबिरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो ।

सडक करिडोर आयोजना तथा निर्माण व्यवसायीको अवरुद्ध सडकमा यातायात सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । पहिरो खुलाउनका लागि आइतबारबाटै थालेपनि ठूलो पहिरो भएकाले मङ्गलबार दिउँसोबाट सवारीसाधन चल्नेगरी सडक सञ्चालनमा ल्याइएको बताउनुभयो । ठूला मालबाहक सवारी सञ्चालनका लागि थप चट्टान काट्ने काम समेत भइरहेको उहाँले बताउनुभयो । पहिरोका कारण ४० मिटर सडकको ट्रयाक नै परिवर्तन गरेर सडक सञ्चालनमा ल्याइएको हो । -रासस

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.