KhojSansar

कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

Khoj Sansar News

मुस्ताङ, ३१ साउनः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरू भएको छ ।

पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो । यो सडक कालोपत्र गर्न रु २८ करोड ८७ लाख विनियोजन गरिएको छ । यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेकोे छ ।

प्रमुख झाका अनुसार कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ । -रासस

सम्बन्धित समाचारः

  • तराई र उपत्यकामा तातो दिन

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.