KhojSansar

‘मिस भिवा–२०२५’ को फाइनल भदौ ११ गते

काठमाडौँ, ९ भदौः ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल यही भदौ ११ गते हुने भएको छ । आयोजक संस्था उमङ्ग क्रिएसनले सोमबार आयोजित पत्रकार सम्मेलनमा करिब रु २५ लाख मूल्य बराबरको आधिकारिक क्राउन सार्वजनिक गरेको छ ।

संस्थाका संस्थापक उद्धव अधिकारीले क्राउनसहित १६ जना अन्तिम प्रतिस्पर्धी (फाइनलिस्ट) लाई सार्वजनिक गर्नुभयो । यो प्रतियोगिता छैटौँ संस्करण हो । सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइँदै आएकामा त्यसपछि ‘मिस ग्रान्ड’मा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

श्री ओम ज्वेलर्सले डिजाइन गरेको क्राउन यसपटक विजेतालाई प्रदान गरिनेछ । उमङ्ग क्रिएसनका संस्थापक अधिकारीका अनुसार विजेताले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने फस्र्ट रनर–अपदेखि चौथो रनर–अपसम्मको सहभागीले विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।

ग्राण्ड फाइनलमा सहभागी हुन मिस इण्डिया–२०२५ विजेता मङ्गलबार नेपाल आउने कार्यक्रम छ । संस्थापक अधिकारीले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र नभई संस्कृति आदानप्रदान र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । -रासस

सम्बन्धित समाचारः

  • महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.