KhojSansar

सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त 

Khoj Sansar News

गौर,९ फागुन २०८२ । कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको देखिएको छ । भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी भएको छ ।

हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिएपनि भित्री भागहरूको अवस्था अझै तनावग्रस्त छ ।

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि तनाव सुरु भएको हो । मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो ।

विवादले गौरको वडा नम्बर ४, ५ र ६ मा झडप समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएका थिए । केही व्यक्ति सामान्य घाइतेसमेत भएको प्रहरीले जनाएको छ । थप हिंसा फैलनेसक्ने देखेपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश लागु भएको छ ।

प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका छन् । हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिएपनि भित्री भागहरूको अवस्था अझै तनावग्रस्त छ ।

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.