KhojSansar

शीतभण्डार प्रयोगविहीन

Khoj Sansar News

नवलपरासी,३१ साउनः सुस्ता गाउँपालिका–४ मा रु पाँच करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन छ । लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो ।

सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले हाल शीतभण्डार पूर्ण क्षमतामा उपयोग नभएको बताउनुभयो । केही किसान र व्यापारीका फलफूल शीतभण्डारमा राखिएको जानकारी उहाँले दिनुभयो । चारवर्षअघि निर्मित यो शीतभण्डारमा बाह्रैमहिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ । -रासस

सम्बन्धित समाचारः

  • सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

  • महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

  • धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

  • लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

  • फेरियो लोपोन्मुख राउटेको जीवनशैली

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.