KhojSansar

गुरुङ र मगर भाषालाई सरकारी मान्यताः लुम्बिनीमा दीप प्रज्वलनसहित भव्य कार्यक्रम सम्पन्न

Khoj Sansar News

रुपन्देही, १२ श्रावण – तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, लुम्बिनी प्रदेश कार्यसमितिको आयोजनामा दीप प्रज्वलन, बधाई तथा सम्मान कार्यक्रम रुपन्देहीमा सम्पन्न ।

गण्डकी प्रदेशसभाबाट २०८२ असार २४ गते गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरिएसँगै यी दुई भाषाले औपचारिक रूपमा सरकारी भाषाको मान्यता पाएका हुन् ।

“प्ये म्हस्याँ छया म्हमु, छया म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु” – सम्पूर्ण तमू (गुरुङ) एक हौं !

यसै सन्दर्भमा लुम्बिनी प्रदेश कार्यसमितिले दीप प्रज्वलन कार्यक्रम गरी ऐतिहासिक उपलब्धिप्रति कृतज्ञता प्रकट गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षणमा निरन्तर क्रियाशील रहनुपर्ने प्रतिबद्धता दर्शाएको थियो । भने वक्ताहरूले गुरुङ र मगर भाषाको सरकारी मान्यता नेपालकै भाषिक समावेशीताको मार्गचित्र भएको उल्लेख गर्दै राज्यको बहुभाषिक संरचनालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा सस्थाका केन्द्रीय सचिव मिलन तमुको प्रमुख आतिथ्यता, प्रदेश प्रमुख, लुम्बिनी झपट बहादुर तमु र निवर्तमान केन्द्रीय सचिव तथा युवा विद्यार्थी विभाग प्रमुख जिएस तमुको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यसैगरी, अतिथिका रुपमा केन्द्रीय कार्यसमितिका सदस्यज्यूहरू गगा तमुस्यो, टिचन तमुस्यो, धन बहादुर तमु, राजेन्द्र बहादुर तमु, महेन्द्र कुमार तमु,  निवर्तमान केन्द्रीय सदस्य  दिपक तमु, तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशकी अध्यक्ष हो माया तमुस्यो, तमु युवा छोंज धीं लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन तमु, साथै जिल्ला अध्यक्षज्यूहरू राम बहादुर तमु (रुपन्देही), लेम तमु (कपिलवस्तु), उदिन बहादुर तमु (नवलपरासी), मोहन तमु (दाङ), डिल बहादुर तमु (अर्घाखाँची), यम बहादुर तमु (रोल्पा), बिक्रम सिंह तमु (गुल्मी), पूर्ण कुमारी तमुस्यो (बर्दिया), भिम बहादुर तमु (बाँके) र सुरज तमु (प्युठान) को गरिमामय उपस्थित रहेको थियो । भने कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रदेशका अध्यक्ष लाल बहादुर तमुले गर्नु भएको थियो भने सञ्चालन सचिव आशिष तमु ले गरेका थिए ।

कार्यक्रममा हालै सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट लुम्बिनी प्रदेश देखि निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरू र जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षहरुलाई बधाई, शुभकामना र सम्मान प्रदान गरिएको थियो ।
त्यसै अवसरमा लुम्बिनी प्रदेश कार्यसमितिको दोस्रो घुम्ती बैठक पनि सम्पन्न भएको थियो, जसमा संगठन सुदृढीकरण, भावी कार्ययोजना र लिपी तथा भाषिक अधिकार कार्यान्वयन सम्बन्धी विविध विषयमा महत्वपूर्ण छलफल भएका थिए । छ्याजलो ! ग्यासजे !

 Province Meeting

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.