KhojSansar

कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने

Khoj Sansar News

काठमाडौँ, १९ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आज आयोजना गरेको ‘कोदोको १० परिकार प्रदर्शन’मा मन्त्री खड्काले भन्नुभयो, “कोदो संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान पु¥याउन सकिन्छ, देशको माटोमा फल्ने अन्नले मात्र हामीलाई आत्मनिर्भर बनाउँछ, आयातमा निर्भर खाद्य प्रणाली दीर्घकालीन समाधान होइन ।”

उहाँले कोदो परिकारको विषय मात्र नभई हाम्रो संस्कृतिको, पहिचानको र सम्भावनाको अन्न भएको बताउनुभयो । प्रदर्शनीमा कोदोका प्यान केक, खिर, माफिन, बिस्कुट, मालपुवा, मःमः, ढिँडो, हलुवा, पकौडा, बिस्कुट, सेलरोटी राखिएका थिए ।

नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत अन्तरराष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित नेपाली खाना प्रवर्द्धन अभियानको आयोजना तथा नारायणी चमेना गृह, सिंहदरबार काठमाडौँको सहकार्यमा सम्पन्न भोजनलिपि स्वादको पाँचौ संस्करणमा पाककलामार्फत प्रदर्शनी गरिएको थियो । -रासस

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.