२ महिना अगाडि
२ महिना अगाडि
म्यान्माको ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा जुन्टाले गरेको हवाई आक्रमणपछि विद्यालय परिसरमा छरिएर रहेका मृत बालबालिका र शिक्षकहरू । यो एआईद्वारा निर्मित काल्पनिक चित्र हो । डेपेइन, म्यान्मा, वैशाख २९ गते । म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो । म्यान्माको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो । त्यो समयको चुनावपछि सेनाले परिणाम अस्वीकार गर्दै नेतृ आङ सान सु चीको सरकारलाई अपदस्थ गर्यो र देशको बागडोर सम्हाल्यो । त्यसपछि देशभर विरोध र आन्दोलनहरू भए, तर सेनाले ती प्रदर्शनहरू नियन्त्रणमा ल्याउने प्रयास गर्यो। अहिले पनि म्यान्मामा यही सैन्य नेतृत्वले शासन गरिरहेको छ, जसलाई ‘जुन्टा’ भनेर चिनिन्छ । स्थानीय बासिन्दाका अनुसार बिहान १० बजे (स्थानीय समय अनुसार) विद्यालयमाथि आक्रमण भएको थियो । यो गाउँ मार्च २८ मा आएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रबाट करिब १०० किलोमिटर टाढा पर्छ । “अहिलेसम्म २२ जनाको मृत्यु पुष्टि भएको छ,” विद्यालयमा कार्यरत ३४ वर्षीया एक शिक्षिकाले भन्नुभयो । “हामीले बालबालिकालाई छरिएर बस्न आग्रह गरेका थियौं, तर लडाकु विमानले धेरै छिटो बम खसाल्यो ।” सगाइङ क्षेत्रका एक शिक्षा अधिकारीले पनि मृत्यु सङ्ख्या उस्तै…