३ महिना अगाडि
३ महिना अगाडि
गुल्मी, १३ फाल्गुन २०८२, मध्यपहाडी जिल्ला गुल्मीसँग अन्य छिमेकी जिल्लाभन्दा बेग्लै खालका समस्याहरू छैनन् । तर विकास र पूर्वाधारका भने केही विशेष अप्ठ्याराहरू छन् । हरेक चुनावमा यस्ता मुद्दाहरू सतहमा आउँछन् र समयक्रममा दलहरूले बिर्सँदै जान्छन् । विकास र पूर्वाधारको कमजोर पहुँचका कारण गुल्मीमा १ दशमलव २३ प्रतिशतले जनसंख्या घटिरहेको छ । ६५ हजार ४९ घरपरिवार भएको यो जिल्लाको साक्षरता दर भने ८० प्रतिशतभन्दा थोरै माथि छ । परम्परागत कृषिमा आश्रित ठूलो जनसंख्या छ, तर त्यसको रूपान्तरण कसरी र कुन योजनाअनुसार गर्ने भन्ने मुद्दा दलहरूले बहसमा ल्याउन सकेका छैनन् । कोदो र मकै लगाउने क्षेत्रफलमा किवी र सुन्तला खेतीको सुरुवात त भएको छ, तर यसको दीर्घकालीन प्रवर्द्धन कसरी हुने हो भन्ने बहस भएको छैन । अहिले जिल्लाको ९० हेक्टर क्षेत्रफलमा ४ सय ८० मेट्रिक टन किवी उत्पादन भएको छ । गतवर्षभन्दा यसवर्ष १९ प्रतिशतले किवी उत्पादन बढेको छ । तर यसको बजारीकरण र आधुनिकीकरण कसरी गर्ने भन्नेमा उम्मेदवारहरूले छलफल चलाएको देखिँदैन । गुल्मी पहाडी जिल्ला हो । जिल्लामा आठ सय १६ हेक्टर क्षेत्रफलमा पाँच हजार १७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसबाट २० करोड ६ लाख ७८ हजार ४ सय रुपैयाँ आम्दानी जिल्लामा भित्रिएको छ । तर यो आम्दानी गतवर्षभन्दा ३२ प्रतिशत कम हो । उत्पादनमा तलमाथि भए पनि…