KhojSansar

पालिका अपडेट

गुल्मी : बसाइँसराइ, अलपत्र विकास र स्थानीय कृषिका मुद्दा कसरी उठाउलान् उम्मेदवारहरूले ?

गुल्मी : बसाइँसराइ, अलपत्र विकास र स्थानीय कृषिका मुद्दा कसरी उठाउलान् उम्मेदवारहरूले ?

गुल्मी, १३ फाल्गुन २०८२, मध्यपहाडी जिल्ला गुल्मीसँग अन्य छिमेकी जिल्लाभन्दा बेग्लै खालका समस्याहरू छैनन् । तर विकास र पूर्वाधारका भने केही विशेष अप्ठ्याराहरू छन् । हरेक चुनावमा यस्ता मुद्दाहरू सतहमा आउँछन् र समयक्रममा दलहरूले बिर्सँदै जान्छन् । विकास र पूर्वाधारको कमजोर पहुँचका कारण गुल्मीमा १ दशमलव २३ प्रतिशतले जनसंख्या घटिरहेको छ । ६५ हजार ४९ घरपरिवार भएको यो जिल्लाको साक्षरता दर भने ८० प्रतिशतभन्दा थोरै माथि छ । परम्परागत कृषिमा आश्रित ठूलो जनसंख्या छ, तर त्यसको रूपान्तरण कसरी र कुन योजनाअनुसार गर्ने भन्ने मुद्दा दलहरूले बहसमा ल्याउन सकेका छैनन् । कोदो र मकै लगाउने क्षेत्रफलमा किवी र सुन्तला खेतीको सुरुवात त भएको छ, तर यसको दीर्घकालीन प्रवर्द्धन कसरी हुने हो भन्ने बहस भएको छैन । अहिले जिल्लाको ९० हेक्टर क्षेत्रफलमा ४ सय ८० मेट्रिक टन किवी उत्पादन भएको छ । गतवर्षभन्दा यसवर्ष १९ प्रतिशतले किवी उत्पादन बढेको छ । तर यसको बजारीकरण र आधुनिकीकरण कसरी गर्ने भन्नेमा उम्मेदवारहरूले छलफल चलाएको देखिँदैन । गुल्मी पहाडी जिल्ला हो । जिल्लामा आठ सय १६ हेक्टर क्षेत्रफलमा पाँच हजार १७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसबाट २० करोड ६ लाख ७८ हजार ४ सय रुपैयाँ आम्दानी जिल्लामा भित्रिएको छ । तर यो आम्दानी गतवर्षभन्दा ३२ प्रतिशत कम हो । उत्पादनमा तलमाथि भए पनि…
पूरा पढ्नुहोस् ...
कार्यसम्पादन मूल्यांकनमा ८० अंक कटाउने स्थानीय तह ४, सबैभन्दा अब्बल अर्घाखाँचीको पाणिनि

कार्यसम्पादन मूल्यांकनमा ८० अंक कटाउने स्थानीय तह ४, सबैभन्दा अब्बल अर्घाखाँचीको पाणिनि

काठमाडौं, २९ माघ । ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ । पाणिनि गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ । ८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रुकुम पश्चिमको एक नगरपालिका  छ । रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएर दोस्रो स्थानमा छ । गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ प्रतिशत र  धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् । आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ । यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ । आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ । यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप…
पूरा पढ्नुहोस् ...
गाउँपालिका द्वारा: लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

गाउँपालिका द्वारा: लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

गुल्मी, १७ मंसिर: “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने सशक्त नारा बोकेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कालीगण्डकी गाउँपालिका, गुल्मीको आयोजनामा पुर्तिघाटस्थित श्री जीवनोद्वोर माध्यमिक विद्यालयमा भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी,  जनप्रतिनिधि, बुद्धिजीवी समाजसेवी तथा सरोकारवालासहित करिब २०० भन्दा बढीको सहभागीता थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीम बहादुर श्रीसको अध्यक्षतामा भएको सो कार्यक्रममा लैंगिक हिंसा न्यूनीकरणको केन्द्रबिन्दु शिक्षा क्षेत्र नै हुन सक्ने धारणा बलियोसँग प्रस्तुत गर्दै अध्यक्ष श्रीसले विद्यालयले पाठ्यपुस्तकसँगै मूल्य मान्यता, नैतिक शिक्षा, व्यवहारिक ज्ञान, सूचना प्रविधिको सही सदुपयोग र सामाजिक चेतनालाई विशेष जोडदिदै  उपस्थित सम्पूर्ण विद्यार्थी बालबालिकालाई सानै उमेरदेखि सुरक्षित, समान र सम्मानजनक सम्बन्धबारे अभिप्रेरित गराएका थिए । गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि मञ्जु कुमारी दर्लामीले लैंगिक हिंसा केवल घरेलु सीमामा सीमित नभई डिजिटल प्लेटफर्मसम्म फैलिएको बताइन् । उनले भनिन् “सामाजिक सञ्जालको गलत प्रयोगले आज युवाहरू नयाँ प्रकारका हिंसा र दुव्र्यवहारको जोखिममा छन् । कानुन कडा छ, संरचना बलियो छ, तर सोच परिवर्तन नभएसम्म हिंसा समाप्त हुँदैन । सचेत अभिभावकत्व तथा समुदायको सक्रिय साथ बिना हिंसामुक्त समाज निर्माण असम्भव हुने धारणा व्यक्त गरेकी थिइन् । त्यसै गरी विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद मरासिनीले स्थानीय सरकार लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताका साथ उभिएको बताए । उनले…
पूरा पढ्नुहोस् ...
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

म्याग्दी, ५ मङ्सिर : घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो । यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ । हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ । धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताउनुभयो । “हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मङ्गलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रयासमा छौँ ।” तीनचुलेको आकर्षण तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सिस्नेदेखि माछापुच्छ्रे रेञ्चका हिमशृङ्खला अवलोकन गर्न सकिने विरलै ठाउँमध्येको एक हो तीनचुले । सूर्योदय र सूर्यास्तका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, नागबेली परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बीच भागको उच्च ठाउँमा अवस्थित तीनचुलेको थप विशेषता हो । मङ्गला…
पूरा पढ्नुहोस् ...
तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

फुङ्लिङ (ताप्लेजुङ), ३ मङ्सिरः ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।         प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन् । प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमारको रु ५० लाख बराबरको क्षति पुगेको छ । त्यस्तै, इन्द्रकुमारको रु ४३ लाख, अनिलको रु २० लाख र विष्णुप्रसादको रु पाँच लाख बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।         आगलागीका कारण इन्द्रकुमारको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची पनि जलेर नष्ट भएको प्रजिअ सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्नसहित आवश्यक कागजातसमेत जलेर नष्ट भएका छन् ।         रातिको समय भएकाले सामग्री निकाल्न नसकिएको र आगो नियन्त्रणका लागि दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको स्थानीयले बताएका छन् । बिहान ५ः३० बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    
पूरा पढ्नुहोस् ...
चक्रपथ निर्माण अन्तिम चरणमा

चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङ, ३० कात्तिकः घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो । घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव पाँच किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिनुभयो । निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो । सुरुआती ठेक्का सम्झौताअनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो । यहाँको घरपझोङ–४, ५, १ र २ जोड्ने चक्रपथको लागत रु २४ करोड ४५ लाख ७४ हजार रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिनुभयो । घरपझोङस्थित थाक पाँच गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक…
पूरा पढ्नुहोस् ...
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि

पर्वत, ३० कात्तिक : सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका यहाँका किसान अहिले वैकल्पिक खेती गर्न थालेका छन् । उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका हुन् । कुनै समय जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे कमाइ गर्ने स्थानीय ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित हुनुभएको छ । उहाँले अहिले मौरीपालन र अदुवा, बेसारखेती गर्नुभएको छ । सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ । सबै बोट सुकिसकेपछि उहाँले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई समस्या पत्ता लगाइदिन अनुरोध गर्नुभयो । काठमाडौँसम्म लगेर परीक्षण गर्दा ‘सिट्रस ग्रिनिङ’ रोगको जोखिम थाहा भएपछि उहाँले सुन्तलाखेती नै छाड्नुभएको हो । सात रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवाखेती लगाएको बताउनुभयो । घरअगाडिको बगैँचाका सुन्तलाका सबै बोट मरेपछि अहिले सुन्तलाका दाउरा बनाइएको छ । लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका किसान विस्थापित बन्दै गइरहेको स्थानीय दाताराम चापागाईँले जानकारी दिनुभयो । विगत केही…
पूरा पढ्नुहोस् ...
पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

भोजपुर, ३० कात्तिकः सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ । कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण–सिकाइमा प्रत्यक्ष असर परेको छ । ‘पढ्दै–कमाउँदै’ कार्यक्रम नहुँदा ती विषयमा आवश्यक सामग्री जुटाउन, ‘फिल्डवर्क’ सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको उहाँको भनाइ छ । “सामुदायिक विद्यालयमा चल्दै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अत्यन्तै प्रभावकारी थियो”, उहाँले भन्नुभयो, “विद्यार्थीहरुले अभ्यासमूलक ज्ञान लिँदै आएका थिए, उनीहरुले आफ्नै उत्पादनबाट केही आम्दानीसमेत गर्दै आएका थिए, कार्यक्रम हटाइएपछि व्यावहारिक सिकाइ नै कमजोर बनिरहेको छ, यस्तो उपयोगी कार्यक्रम हटाइनु दुःखद् कुरा हो ।” उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि कार्यक्रम बन्द गरिएको हो । शिक्षा विभागमार्फत सञ्चालन हुँदै आएको यस कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयले तरकारी, फलफूल, धान, च्याउलगायतका खेती तथा सीपमूलक कार्य गर्दै आएका थिए । कतिपय विद्यालयहरूले भाडामा जमिन लिएर व्यावसायिक अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम हटेसँगै व्यावसायिक धार सञ्चालन गरिरहेका विद्यालयमा व्यावहारिक शिक्षण निरन्तरता दिन कठिनाइ भएको छ । विद्यालयले राज्यले विकल्पका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
पूरा पढ्नुहोस् ...

२५ स्थानीय तह बजेटविहीन

काठमाडौँ, ३० कात्तिकः चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ । चालु आवको एक चौमासिक बित्दासमेत मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २४ स्थानीय तहले प्रस्तुत गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका ,बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन् । यस्तै, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर्न सकेका छैनन् । त्यस्तै, धनुषाको धनौजी गाउँपालिका,महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले चालु आवको बजेट हालसम्म प्रस्तुत नगरेको पाइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले हालसम्म चालु आवको बजेट प्रस्तुत…
पूरा पढ्नुहोस् ...
सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

काठमाडौँ, २९ कात्तिकः राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’ गठन गर्न आग्रह गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहमा युवा परिचालन र युवा सरोकारका विषयमा काम गर्न र युवामैत्री शासनको प्रवद्र्धन गर्नका लागि स्थानीय युवा परिषद् गठन गर्न थालिएको बताउनुभयो । उहाँले स्थानीय तहमा नै युवा जनशक्तिलाई जागरुक बनाउनका लागि स्थानीय तहमा युवा परिषद् गठन गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार ३६ वटा स्थानीय तहमा कार्यविधि बनाएर युवा परिषद् गठन गरिसकेका छन् । “सबै स्थानीय तहमा परिषद् गठन गर्नका लागि नमूना कार्यविधि बनाएर पठाएका छौँ । ती नमूनाका आधारमा कार्यविधि बनाएर स्थानीय तहमा परिषद् गठन हुनेछन्,” उहाँले भन्नुभयो, “चाँडै नै पालिका अग्रसर भएर परिषद् गठन हुनेछन् ।” परिषद्ले स्थानीय तह युवा परिषद् गठनका लागि ‘स्थानीय युवा परिषद् गठन, परिचालन र युवामैत्री शासन सहजीकरण सामग्री २०८२’ (नमूना), ‘युवामैत्री शासन २०८२’ र ‘स्थानीय तह युवा क्लब गठनसम्बन्धी निर्देशिका २०८२’ (नमूना) बनाएर सबै स्थानीय तहमा पठाएको छ । यस्तै बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा परिषद् गठन गरिएको छ । सरकारले युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद् गठन गरेको हो ।
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.