KhojSansar

प्रदेश

लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

बुटवल, २६ फागुन २०८२ । वायु गुणस्तर मापनका आधारमा संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा पुग्दा लुम्बिनी प्रदेशका मुख्य सहरमा वायु प्रदूषणको अवस्था यकिन गर्न सकिएको छैन । लुम्बिनी प्रदेशका चार स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना भए पनि हाल दाङ देउखुरीको मात्र सञ्चालन छ । जसका कारण घना जनघनत्व भएका बुटवल, भैरहवा र नेपालगन्ज लगायतका सहरहरूमा वायु प्रदूषणको मात्रा कति छ भन्ने यकिन हुन नसकेको हो । काठमाडौंको हावाको गुणस्तर सूचकांक १९० भन्दा माथि पुगेको छ, जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । बुटवल, भैरहवा र नेपालगन्ज लगायत औद्योगिक-व्यावसायिक सहरहरू भारतसँग सीमा जोडिएका कारण यहाँको वायु प्रदूषण मात्रा पनि उच्च हुनसक्ने प्रदेश सरकारका वातावरण निरीक्षकको अनुमान छ । तर प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरू आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् । लुम्बिनी प्रदेशका बुद्ध जन्मस्थल लुम्बिनी, नेपालगन्ज, घोराही र देउखुरी गरी ४ मध्ये देउखुरीको केन्द्रले मात्रै सक्रिय रूपमा वायु गुणस्तर मापन गरिरहेको प्रदेशको वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले बताए । प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरू आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् । उनका अनुसार पछिल्लो देउखुरी आसपासमा मंगलबार दिउँसो पछिल्लो २४ घण्टाको औसत वायुको गुणस्तर एक्यूआई १६५ रहेको छ भने आज दिउँसोको…
पूरा पढ्नुहोस् ...
प्रत्यक्ष निर्वाचित १४ नारी

प्रत्यक्ष निर्वाचित १४ नारी

काठमाडौँ, २४ फागुन २०८२ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्।  निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ र नेपाली कांग्रेसका एक गरी जम्मा १४ महिला विजयी हुनुभएको छ ।   प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल उम्मेदवार सङ्ख्या तीन हजार ४०६ रहेको थियो । जसमध्ये महिला उम्मेदवार ३८८ जना र पुरुष उम्मेदवारको सङ्ख्या तीन हजार १७ रहेको थियो ।  राजनीतिक दलबाट दुई हजार २६३ र स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक हजार १४३ रहेको थियो ।  कोशीबाट चार जना कोशी प्रदेश अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार जना महिला विजयी हुनुभएको छ । झापा–१ बाट निशा डाँगी (२९ वर्ष), झापा–२ बाट इन्दिरा राना मगर (५५ वर्ष), मोरङ–५ बाट आशा झा (४२ वर्ष), मोरङ–६ बाट रुबिना आचार्य (३१ वर्ष) हुनुभएको छ ।  झापा–१ बाट डाँगी ४५ हजार ६८० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४, नेकपा (एमोले) का रामचन्द्र उप्रेतीले सात हजार ६५९ मत प्राप्त गर्नुभयो ।  झापा–२ मा मगर ६० हजार ११० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)…
पूरा पढ्नुहोस् ...
गगन थापाभन्दा अमरेशकुमार ६,००२ मतान्तरले अगाडि

गगन थापाभन्दा अमरेशकुमार ६,००२ मतान्तरले अगाडि

काठमाडौं, २३ फागुन २०८२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा सर्लाही क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अमरेशकुमार सिंह निरन्तर अगाडि छन् । पछिल्लो मत परिणामानुसार उनले १४ हजार ४३४ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आठ हजार ४६२ मत ल्याएका छन् । सिंह र थापाबीचको मतान्तर ६ हजार दुई छ । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार अमनिशकुमार यादवले दुई हजार २६१ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस् ...
काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’

काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’

काठमाडौँ,  २३ फागुन २०८२ । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु  निर्वाचित हुनुभएको छ  । शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु  विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याउनुभएको छ । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित हुनुभएको थियो । यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाकै पुकार बम निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याउनुभएको छ । यससँगै काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’ गरेको छ । यसअघि रास्वपाले काठमाडौं १ मा रन्जु न्यौपाने, ३ मा राजुनाथ पाण्डे,  ५ मा सस्मित पोखरेल, ६ मा शिषिर खनाल, ७ मा गणेश पराजुली, ८ मा बिराज भक्त, ९ मा डोलप्रसाद अर्याल, १० मा प्रताप विष्ट विजयी…
पूरा पढ्नुहोस् ...
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

म्याग्दी, २३ फागुन २०८२ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन १४ हजार नौ सय ३१ मतान्तरसहित  निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवार पुनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले ६ हजार ६ सय ७३  मत र नेकपाका अर्जुन थापाले ३ हजार पाँच सय ३० मत  प्राप्त गर्नुभएको छ । मतगणनाको सुरुवाती देखि नै स्वतन्त्र उम्मेदवार पुनले फराकिलो अग्रता कायम गर्दै आउनुभएको थियो । बिजेता पुनले आफ्ना समर्थकहरुलाई विजय उत्सवको आयोजना नगर्न सूचना जारी गर्नुभएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि अब केही बेरमा समानुपातिक तर्फको मत गणना थालिने उहाँले बताउनुभयो ।    एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो । 
पूरा पढ्नुहोस् ...
कार्यसम्पादन मूल्यांकनमा ८० अंक कटाउने स्थानीय तह ४, सबैभन्दा अब्बल अर्घाखाँचीको पाणिनि

कार्यसम्पादन मूल्यांकनमा ८० अंक कटाउने स्थानीय तह ४, सबैभन्दा अब्बल अर्घाखाँचीको पाणिनि

काठमाडौं, २९ माघ । ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ । पाणिनि गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ । ८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रुकुम पश्चिमको एक नगरपालिका  छ । रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएर दोस्रो स्थानमा छ । गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ प्रतिशत र  धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् । आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ । यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ । आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ । यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप…
पूरा पढ्नुहोस् ...
कार्यसम्पादन मूल्यांकनमा सबै प्रदेश कमजोर, कसैले कटाएनन् ५० प्रतिशत

कार्यसम्पादन मूल्यांकनमा सबै प्रदेश कमजोर, कसैले कटाएनन् ५० प्रतिशत

काठमाडौं, २९ माघ । कार्यसम्पादन मूल्यांकनमा ७ वटै प्रदेश कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि अनुसार कार्यसम्पादन सूचक मूल्यांकन गरी प्राप्तांक सार्वजनिक गरेको छ । जसमा कुनै पनि प्रदेशले ५० प्रतिशत अंक कटाउन सकेनन् । आयोगका अनुसार यो अंकमा चित्त नबुझे आयोगमा आधार र प्रमाण सहित पुनरावलोकनका लागि निवेदन दिन सकिन्छ । यस्तो मूल्यांकन आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुन्छ । धेरै अंक ल्याउन सरकारले बढी अनुदान पाउने गर्छन् । सुदूरपश्चिम प्रदेश पहिलो स्थानमा आयोगको नतिजा अनुसार पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश रहन सफल भएको छ । यस प्रदेशले ४५.७० अंक पाएको छ । दोस्रो स्थानमा कोशी छ । उसले ४४.२९ अंक पाएको छ । तेस्रो स्थानमा रहेको बागमतीले ४२.४६ अंक पाएको छ । चौथो स्थानमा रहेको गण्डकीले ३७.९१ अंक पाएको छ । सबैभन्दा कमजोर मधेस प्रदेश छ । यसले २७.२८ अंक पाएको छ । कसरी गरिन्छ मूल्यांकन ? आयोगले प्रदेशका हकमा कुल ११ सूचक आधार मानेर अंक दिने गर्छ । पहिलो सूचकमा आव २०८०/८१ को कुल लेखा परीक्षणबाट देखिएको बेरुजु अवस्था लिइएको छ । दोस्रो सूचक प्रदेशले स्थानीय तहलाई कानुन अनुसार ससर्त अनुदान दिए/नदिएको आधार मानिएको…
पूरा पढ्नुहोस् ...

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

काँक्रेविहार (सुर्खेत), ३० कात्तिक : डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो । त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट रु २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका स्थानीयवासी तथा पर्यटक सहज हुने जनाइएको छ । रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने बताउनुभयो । कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीयले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जनसमेत गर्न सक्ने उहाँले बताउनुभयो । त्यसैगरी, चुँगार्ड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि रु चार करोड बजेट छुट्याइएकाले थपेर कामको सुरुआत हुने बताउनुभयो । बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखण्डले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको राराताल जोड्ने सडकका रूपमा लिइएको डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले जानकारी दिनुभयो । दुई वर्षभित्र स्तरोन्नति सक्नुपर्ने सडकको सम्झौता भने गत असारमा भएको थियो । निर्माण कम्पनीले त्रिपुराकोट–मौरे सडकको कुल लम्बाइ ६८ किलोमिटर छ । उक्त सडकको मार्ग…
पूरा पढ्नुहोस् ...
छहरे झरना

छहरे झरना

म्याग्दी, ३० कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना । रमणीय र मनमोहक छहरे झरना पर्यटक र पूर्वाधारको पर्खाइमा छ । तस्बिर: सन्तोष गौतम/रासस
पूरा पढ्नुहोस् ...
‘विश्व भोकमरी सूचाङ्क-२०२५’ को प्रतिवेदन सार्वजनिक

‘विश्व भोकमरी सूचाङ्क-२०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली, २३ कात्तिक : कर्णालीमा ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गर्दा नेपाल र त्यसमा कर्णालीले सुधार्नुपर्ने कुरा मार्गनिर्देशन भएको बताउनुभयो ।         उहाँले शून्य भोकमरी अभियानलाई टेवा पु¥याउन कर्णाली सरकारले खाद्य सम्प्रभुता ऐन, प्राङ्गारिक कृषि ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, कृषि रणनीतिका साथै परागशेचन रणनीतिको (मस्यौदा) तयार गरेको जनाउनुभयो । मन्त्री शाहले भन्नुभयो, “कर्णालीमा खेतीयोग्य जमिन कम छ । यद्यपि कम जमिनबाट बढी मूल्यका वस्तु उत्पादन गर्न सक्ने गरी सरकारले लागेको छ ।” सार्वजनिक प्रतिवेदनले सूचाङ्कमा उल्लेख भएका बुँदाहरुले कर्णाली प्रदेश सरकारको नीति निर्माणमा सहयोग पु¥याउने जनाउँदै उहाँले कृषिसँग सम्वद्ध कर्मचारीहरु र कृषकहरुले यसले विशेष मद्दत पुग्ने बताउनुभयो । यो प्रतिवेदनमा उल्लेख विषयवस्तुहरु स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेशका सचिव र कृषि विज्ञहरुले अनिवार्य अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ ।         लिबर्डका कार्यक्रम प्रमुुख लक्ष्मण खत्रीले विगत सात वर्षदेखि लिबर्डले नेपालमा भोकमरी सूचाङ्क प्रतिवेदन सार्वजनिक गर्दै आएको जनाउँदै नेपालमा पुड्कोपन हटाउन नसकिए पनि ख्याउटेपन, बाल मृत्युदरमा सुधार आएको उल्लेख गर्नुभयो । दीगो विकास लक्ष्य अनुसार पोषणसम्बन्धी बहुआयामिक कार्यक्रम कार्यान्वयन गर्नसके…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.