KhojSansar

प्रदेश

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा:  सरकारी कामकाजको मान्यता, बहुभाषिक समावेशीताको नयाँ युग

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा:  सरकारी कामकाजको मान्यता, बहुभाषिक समावेशीताको नयाँ युग

पोखरा, असार २४ - गण्डकी प्रदेशमा बहुभाषिक समावेशीताको दिशामा ऐतिहासिक प्रगति भएको छ । प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको छ, जसले नेपालमा भाषिक अधिकारको बहसलाई नयाँ उचाइमा पुर्‍याएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकले "गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने सम्बन्धी विधेयक" बहुमतले पारित गरेपछि दुवै भाषाले प्रदेशस्तरीय कानूनी मान्यता प्राप्त गरेका हुन् । संविधानको धारा ७ (२) अनुसार, प्रदेश सरकारले बहुसंख्यक जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अन्तर्गत गण्डकी प्रदेशले देशका दुई प्रमुख आदिवासी भाषाहरुलाई औपचारिक रूपमा सम्मान र प्रयोगको अवसर प्रदान गरेको हो । २०७८ को राष्ट्रिय जनगणनाअनुसार, गण्डकी प्रदेशमा १९.७९% मगर र ११.३१% गुरुङ जनसंख्या छन् । यद्यपि, मातृभाषीको अनुपात भने तुलनात्मक रूपमा कम छ - हाल ११% मगर र ७% गुरुङ मात्र मातृभाषामा संवाद गर्छन् । सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाका अनुसार, यही पृष्ठभूमिमा भाषाको संरक्षण, सम्बर्द्धन र पुनःस्थापनाको लागि यो विधेयक अत्यन्तै सान्दर्भिक छ । विधेयकले मगर र गुरुङ भाषालाई देवनागरी बाहेक अन्य मान्य लिपिमा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । यद्यपि, लिपिको स्पष्ट नामाकरण विधेयकमा छैन । मगर भाषाका लागि प्रचलित ढुट लिपि र गुरुङ भाषाका लागि "खेमा लिपि" प्रयोग गर्नुपर्ने तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.