१ दिन अगाडि
१ दिन अगाडि
बुटवल, २६ फागुन २०८२ । वायु गुणस्तर मापनका आधारमा संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा पुग्दा लुम्बिनी प्रदेशका मुख्य सहरमा वायु प्रदूषणको अवस्था यकिन गर्न सकिएको छैन । लुम्बिनी प्रदेशका चार स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना भए पनि हाल दाङ देउखुरीको मात्र सञ्चालन छ । जसका कारण घना जनघनत्व भएका बुटवल, भैरहवा र नेपालगन्ज लगायतका सहरहरूमा वायु प्रदूषणको मात्रा कति छ भन्ने यकिन हुन नसकेको हो । काठमाडौंको हावाको गुणस्तर सूचकांक १९० भन्दा माथि पुगेको छ, जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । बुटवल, भैरहवा र नेपालगन्ज लगायत औद्योगिक-व्यावसायिक सहरहरू भारतसँग सीमा जोडिएका कारण यहाँको वायु प्रदूषण मात्रा पनि उच्च हुनसक्ने प्रदेश सरकारका वातावरण निरीक्षकको अनुमान छ । तर प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरू आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् । लुम्बिनी प्रदेशका बुद्ध जन्मस्थल लुम्बिनी, नेपालगन्ज, घोराही र देउखुरी गरी ४ मध्ये देउखुरीको केन्द्रले मात्रै सक्रिय रूपमा वायु गुणस्तर मापन गरिरहेको प्रदेशको वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले बताए । प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरू आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् । उनका अनुसार पछिल्लो देउखुरी आसपासमा मंगलबार दिउँसो पछिल्लो २४ घण्टाको औसत वायुको गुणस्तर एक्यूआई १६५ रहेको छ भने आज दिउँसोको…