खोज संसार (KhojSansar): जहाँ संसार बोल्छ… KhojSansar सुन्छ ।
पत्रकारिता हाम्रो लागि केवल समाचार लेख्ने पेशा होइन – यो एउटा जिम्मेवारी हो, एक चेतनाको यात्रा हो । समाजको ऐनाजस्तै सत्य देखाउने, आवाजविहीनको प्रतिनिधि बन्ने मात्र नभई, हामी पत्रकारिता मार्फत् समाजलाई विचारको दिशा देखाउने संकल्पमा छौं ।
पत्रकारिता आजको घटनाको रिपोर्ट मात्रै होइन, भोलिको सम्भावनाको रुपरेखा कोर्ने कार्य पनि हो । खेमा एजुकेशन एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि. द्वारा संचालित खोज संसार (KhojSansar) ले आफ्नो यात्रा २०८१/०८२ मा सरु गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागमा आधिकारिक दर्ता, प्रेस काउन्सिल नेपालमा सूचिकरण, विज्ञापन बोर्ड तथा विभिन्न स्थानीय तहहरूमा सूचीकृत भई, खोजमूलक, नवीनतम र उत्तरदायी डिजिटल पत्रकारिताको बाटो समातिरहेका छौं ।
हामी न त पूर्वाग्रही हुन्छौं, न त सनसनीको मोहमा बहकिन्छौं । कसैलाई पनि अनुचित फाइदा वा क्षति पुर्याउने, भेदभाव वा घृणा फैलाउने, आत्मसम्मानमा आँच पुर्याउने वा सामाजिक सद्भावमा बिघ्न ल्याउने कुनै कार्य हाम्रो उद्देश्य होइन । सत्यको खोज, निष्पक्षताको रक्षा र पेशागत धर्म पालन नै हाम्रो मूल ध्येय हो ।
हामीलाई थाहा छ, पत्रकारिता एकल यात्रा होइन । तपाईं पाठकहरूका सल्लाह, सुझाव, आलोचना र माया हाम्रो प्रेरणाकाश्रोत हुन् । तपाईंहरूको विश्वास नै हाम्रो प्रतिबद्धताको ऊर्जा हो ।
खोज संसार (KhojSansar) सधैं सकारात्मक सोचको पक्षमा उभिन्छ – जहाँ शब्दले चोट होइन, चेतना जगाउँछ ।
___________________________________________
सूचना तथा प्रसारण विभाग दर्ता नं. ५०८२-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल सूचिकरण नं. ५१३७-२०८१/०८२
कम्पनी दर्ता नं. ३५६४८३/८१/८२
स्थायी लेखा नं. वा मूल्य अभिबृद्धी कर नं. ६२१२५८१०५
सहकार्य तथा सहयोगका लागिः

Bank Name: Kumari Bank Limited. (Kaligandaki Branch, Purtighat, Gulmi)
Bank Account Number: 0860341437800001
Account Holder’s Name: KHEMA EDUCATION AND TRAINING CENTER PVT. LTD.
Bank Code: KMBLNPKA
धन्यवाद !