२ महिना अगाडि
२ महिना अगाडि
काठमाडौँ २६ साउन २०८३, सञ्चार माध्यममा प्रकाशन भएका समाचार अनुवादले मात्रै मातृभाषाको अर्थ नबोक्ने विज्ञहरुले बताएका छन् । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले सोमबार आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन – २०२६ अन्तर्गत आयोजना गरिएको ‘विश्वमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल’ विषयक छलफलमा उनीहरुले सो कुरा बताएका हुन् । विज्ञ डा. रघु मैनालीले मातृभाषा केवल सञ्चारको माध्यम मात्र नभइ यसबाट पुख्र्यौली ज्ञान, सीपको संरक्षण, भावना र विचार आदानप्रदान, अवसरको सिर्जना तथा सांस्कृतिक अभिव्यक्ति हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भाषा समाजको विविध चासो, अधिकारलाई सार्वजनिक बहसमा ल्याउने शक्तिशाली माध्यम रहेछ । मातृभाषा सञ्चारको माध्यम मात्रै होइन रहेछ । पहिचान, संस्कृति, स्मृति, ज्ञान, समग्रमा भन्दा सिङ्गो समुदायको आवाजसँग सम्बन्ध राख्दो रहेछ मातृभाषाले ।” “भाषा मर्यो भने शब्द मात्रै मर्दो रहेनछ । यसमा परम्परागत ज्ञान, विवेक र सीप मर्दा रहेछन् । प्रकृतिसँगको हाम्रो लामो अन्तरक्रियाबाट हासिल गरिएका चलन, तौरतरिकाहरु मर्दा रहेछन्” उहाँले भन्नुभयो, “समुदायको गरिमा र गौरव मर्दो रहेछ । पहिचान हराउँदो रहेछ । यसलाई युनेस्कोले पनि भाषिक विविधतालाई समाज र सांस्कृतिक ज्ञानसँग जोड्नुपर्छ भनेर पटक पटक आवाज उठाएको हामीले पायौं ।” उहाँले मातृभाषा भनेको केवल भाषामा बोल्न पाउनु मात्रै नभइ मातृभाषी नागरिकले आफ्ना जीवनका कथा, सङ्घर्ष, आकाङ्क्षाका कथा सुनाउन पाउने अवसर पत्रकारिता बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अहिले जे मातृभाषाका…