४ हप्ता अगाडि
४ हप्ता अगाडि
अर्घाखाँची, ३ जेठ २०८३ । अर्घाखाँची र कपिलवस्तुको सिमानामा रहेको पहाड अहिले आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सामाजिक सञ्जालको प्रभावले यो स्थान छोटो समयमै चर्चित बनेको हो । मनमोहक दृश्य र शान्त वातावरणका कारण यहाँ पर्यटकको चहलपहल बढ्दो छ । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यो स्थान अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको छ । केही वर्षअघिसम्म सामान्य चट्टानी पहाडका रूपमा चिनिने यो क्षेत्र अहिले दैनिक सयौँ पर्यटकको गन्तव्य बनेको छ । महेन्द्र राजमार्ग निर्माणका क्रममा चट्टानी पहाड काटेर सडक विस्तार गरिएपछि बनेको यो भूआकृति सुरुवातमा खासै चर्चामा थिएन । यहाँ खिचिएका आकर्षक तस्बिर तथा भिडियो फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि यसको परिचय व्यापक रूपमा फैलियो । यहाँ पुग्नेहरू चट्टानी बनावट, हरियाली परिवेश र माथिबाट देखिने मनोरम दृश्यमा रमाउने मात्रै होइन; सामाजिक सञ्जालका लागि आकर्षक सामग्री पनि सिर्जना गर्छन् । यस पहाडको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको धार्मिक स्वरूप हो । स्थानीयवासी तथा शिवराज नगरपालिकाको सक्रियतामा यहाँ भगवान् शिवको चित्र कोर्ने, नागको मूर्ति स्थापना गर्ने तथा विभिन्न शिवलिङ्ग राख्ने कार्य गरिएको छ । यसले पर्यटकमा आध्यात्मिक आकर्षण थपेको छ । स्थानीय वीरेन्द्र विक भन्नुहुन्छ, “पहिला यो ठाउँ सामान्य पहाड मात्रै थियो, अहिले भने धार्मिक र पर्यटकीय दुवै हिसाबले चिनिन थालेको छ ।” धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संयोजनले यहाँ आउने…