२ महिना अगाडि
२ महिना अगाडि
अख्तियारको टोलीद्वारा बुधबार ११ देखि ४ बजेसम्म ललितपुरको खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालयमा बसेर फाइलहरू अध्ययन काठमाडौँ — जलविद्युत् प्रवर्द्धकहरूले प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कमिसन मागेको आरोप लगाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छापा मारेको छ । बोर्डका एक कर्मचारीका अनुसार आयोगको एक टोलीले बुधबार बिहान साढे ११ बजे ललितपुर, खुमलटारस्थित बोर्डको कार्यालय पुगेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारबाट खटिएको तीन सदस्यीय टोली दिनभर नै बोर्ड कार्यालयमा बसेर विभिन्न फाइलहरू अध्ययन गरेको र साँझ ४ बजे मात्र कार्यालयबाट बाहिरिएको उनले बताए । ‘टोलीले मुख्यगरी पछिल्लो पाँच महिनामा बोर्डले आईपीओ अनुमति दिएका, अनुमतिका लागि प्रक्रियामा रहेका, प्रक्रिया अघि बढेकालगायत कम्पनीका कागजात मागेर अनुसन्धान गरेको र तीमध्ये केही फाइल साथमै लिएर गएको छ,’ ती कर्मचारीले भने । २२ महिनायता करिब ८९ कम्पनीको आईपीओ अनुमति रोकेको बोर्डले ७ प्रतिशतसम्म कमिसन उठाउन बिचौलिया परिचालन गरेको भन्दै जलविद्युत् प्रवर्द्धकहरूले मंगलबार औपचारिक कार्यक्रम गरेर छानबिनको माग गरेका थिए । त्यही विषयमा आयोगले छानबिन तथा अनुसन्धान प्रक्रिया थालेको हो । धितोपत्र बोर्डका कामकारबाही सम्बन्धमा यसअघि पनि लिखित तथा मौखिक उजुरीहरू आइरहेका थिए, पछिल्ला दिनहरूमा थप कुरा आएपछि अनुसन्धान सुरु गरेको आयोग स्रोतले बताएको छ । ‘यसअघि पनि मापदण्ड नपुगेका कम्पनीलाई आईपीओ अनुमति दिएको, शक्ति र पहुँचका आधारमा प्रक्रिया मिचेर काम हुने गरेको, लामो समयसम्म अनुमति नदिएर पदीय दुरुपयोग गरेको…