KhojSansar

गुल्मीका स्थानीय तहलाई एक अर्बभन्दा बढी अनुदान

Khoj Sansar News

गुल्मी, २२ चैत २०८२ ।आगामी आर्थिक वर्ष २०८३–०८४ मा गुल्मीका स्थानीय तहले सङ्घीय सरकारबाट एक अर्बभन्दा बढी अनुदान प्राप्त भएका छन्।

यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिकाले वित्तीय समानीकरणतर्फ एक अर्ब १२ करोड ७३ लाख रुपियाँ अनुदान प्राप्त भएका हुन्।

सङ्घीय सञ्चित कोषबाट नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

न्यूनतम, सूत्र र कार्यसम्पादनमा आधारित भई तीन शीर्षकमा नेपाल सरकारले स्थानीय तहलाई वित्तीय समानीकरणतर्फको अनुदान हस्तान्तरण गर्दै आएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले उक्त रकम प्रदान गर्न सङ्घीय सरकारलाई सिफारिस गरेको हो। आगामी आर्थिक वर्ष २०८२–०८३ मा सबैभन्दा धेरै यहाँको रेसुङ्गा नगरपालिकाले वित्तीय समानीकरण अन्तर्गतको अनुदान प्राप्त गर्नेछ। यस नगरपालिकाले ११ करोड २८ लाख रुपियाँ प्राप्त गर्ने भएको छ।

मुसीकोट नगरपालिकाले ११ करोड १८ लाख रुपियाँ अनुदान प्राप्त गर्ने भएको हो। गाउँपालिकाहरूमा कालीगण्डकीले आठ करोड ८९ लाख, सत्यवतीले नौ करोड ८३ लाख, चन्द्रकोटले नौ करोड ४१ लाख, इस्माले आठ करोड ६० लाख, मालिकाले नौ करोड नौ लाख, मदानेले आठ करोड ९९ लाख, धुर्कोटले नौ करोड सात लाख, गुल्मीदरबारले आठ करोड ९३ लाख, छत्रकोटले आठ करोड ९७ लाख र रुरुक्षेत्रले आठ करोड ४९ लाख रुपियाँ वित्तीय समानीकरणतर्फको अनुदान प्राप्त गर्नेछन्। -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.