३ दिन अगाडि
३ दिन अगाडि
लेखक परिचयःराम नेपाली (आर्यन)समाज विश्लेषक एवं स्तम्भकारमाछापुच्छ्रे गाउँपालिका, कास्कीसम्पर्कः ramdindukhi@gmail.com इतिहास होइन, घाउ सम्झनु पर्ने समय नेपालको दशक लामो जनयुद्ध (२०५२–२०६३) एक किसिमको संविधान निर्माणको प्रक्रिया थियो, जहाँ बन्दुकले आवाज उठाएको थियो, र कलम त्यसपछि जागृत भयो। तर यहाँ इतिहास पढ्नुछैन, वास्तविकता स्वीकार गर्नुछैन। एकोहोरो रूपमा १७ हजार मरे भनिएको छ—तर ती १७ हजारमध्ये कतिपय राज्यद्वारा गरिएका क्रूर अप्रेसनका शिकार थिए भन्ने कुरा स्वीकार गर्न कसैले खोज्दैन। माओवादी नेतृत्वलाई मात्रै दोष दिएर राज्य आफू पानी माथिको ओभानो बन्न खोजेको छ । अप्रेशन रोमियो (वि.सं. २०५२ मंसीर / सन् १९९५ नोभेम्बर)प्रधानमन्त्री: गिरिजा प्रसाद कोइराला गृहमन्त्री: खुमबहादुर खड्का यो अप्रेसन माओवादी विद्रोह सुरु हुनुभन्दा अघिको पूर्वकदम थियो। रोल्पा र रुकुममा "अशान्ति नियन्त्रण" को नाममा सुरक्षाकर्मी परिचालन गरी माओवादीको आधार ध्वस्त पार्ने लक्ष्य राखियो। तर परिणामस्वरूप हजारौं गाउँलेहरूलाई यातना, कुटपिट, बलात्कार र अन्यायपूर्ण गिरफ्तारी भोग्नुपर्यो। कतिपय महिलाहरूलाई श्रीमान र बाबुकै सामुन्ने बलात्कार गरियो, अनेक युवाहरू बिना कारण बेपत्ता पारिए। यसले माओवादी आन्दोलनलाई चर्काउने होइन, जनस्तरमा वैधता थप्ने भूमिका खेल्यो। अप्रेशन किलो शेर–२ (वि.सं. २०५७ भदौ / सन् २००० सेप्टेम्बर)प्रधानमन्त्री: कृष्णप्रसाद भट्टराई गृहमन्त्री: रामचन्द्र पौडेल राज्यको प्रमुख काउन्टर-इन्सर्जेन्सी अभियान मानिने यो अप्रेसन सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त तालमेलमा सञ्चालन गरियो। रोल्पा, रुकुम, जाजरकोट लगायतका माओवादी प्रभाव भएका जिल्लामा सशस्त्र बल परिचालन गरेर गाउँहरूमा व्यापक…