३ हप्ता अगाडि
३ हप्ता अगाडि
राजविराज, ७ भदौ २०८३, सप्तरीको शम्भुनाथ नगरपालिका –३ ट्राफिक बजारमा दुई वर्षीया बालिका आइतबार बिहान मृत अवस्थामा फेला परेकी छन् । स्थानीय मो. इरफानकी छोरी खुसी खातुन घरबाट हराएको सूचना प्राप्त भएपछि प्रहरीले आफन्त र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरपछाडि मृत अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । स्थानीयले बालिकाको मृत्युमा सौतेनी आमाको संलग्नता हुनसक्ने आशंका गरेका छन् । यद्यपि, यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । प्रनाउ घिमिरेले शव परीक्षणको प्रतिवेदन तथा अनुसन्धानबाट मात्रै घटनाको वास्तविक कारण र विस्तृत विवरण खुल्ने बताउनुभयो । मृतक बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।