KhojSansar

शिक्षा

बरेङ गाउँपालिकाद्वारा उत्कृष्ट प्रतिभा सम्मानित, ४१ जना विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

बरेङ गाउँपालिकाद्वारा उत्कृष्ट प्रतिभा सम्मानित, ४१ जना विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

बागलुङ, २२ असार २०८२ - शिक्षामा नवप्रवर्तन र उत्कृष्टताको प्रवर्द्धन गर्दै बरेङ गाउँपालिकाले शिक्षा क्षेत्रका विभिन्न तहका ४१ जना उत्कृष्ट व्यक्तित्वहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मानित तथा पुरस्कृत गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश "गुणस्तरी शिक्षा, जिम्मेवार प्रशासन र सामुदायिक संलग्नता" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, लेखा सहायक, बालशिक्षक, विद्यालय सहयोगी तथा उच्च जिपिए (GPA) हाँसिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा बरेङ गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद शर्माले मन्तव्य दिँदै शिक्षा क्षेत्रमा उत्कृष्टता हाँसिल गर्नेहरूको पहिचान तथा प्रोत्साहनलाई संस्थागत बनाउने प्रतिबद्धता व्यक्त गरे । उत्कृष्ट शिक्षक र कर्मचारीहरूः शैक्षिक संस्थानामपद / तहमहेन्द्र माध्यामिक विद्यालयटिकाराम शर्मावि.व्य.स. अध्यक्षपुरुषोदय माध्यामिक विद्यालयमन बहादुर श्रीसप्रधानाध्यापकमंगलमय नेपालतारा थममाया थापा पुनप्राविधिक धारसर्वोदय माध्यामिक विद्यालयओम बहादुर पुनमाध्यमिक तह शिक्षकभृकुटी माध्यामिक विद्यालयखिम बहादुर पुननिम्न माध्यमिक तह शिक्षकसल्यान सुखौरा माध्यामिक विद्यालयअर्चना शर्माप्रारम्भिक तह शिक्षिकासिर्जना प्रारम्भिक विद्यालयनुर्पा छन्त्याल पुनबालशिक्षिकासर्वोदय माध्यामिक विद्यालयकल्पना क्षेत्रीलेखा सहायकमहेन्द्र माध्यामिक विद्यालययुवराज पुनविद्यालय सहयोगी एसईईमा सबै विद्यार्थीलाई ग्रेडेड गराउन सफल शिक्षकहरूः शैक्षिक संस्थानामपद / विषयसर्वोदय माध्यामिक विद्यालयचित्र थापाप्रधानाध्यापकपार्वता भूषालशिक्षकदुर्गा देवी शर्माशिक्षकपरशुराम शर्माशिक्षकधुल्लुलिउँवा माध्यामिक विद्यालयथुमराज ढुङ्गानाशिक्षकपार्वती लामिछानेशिक्षिकापुरुषोदय माध्यामिक विद्यालयबिमल खड्काशिक्षकसुमन वलीशिक्षकलक्ष्मीकान्त पौडेलशिक्षकबालज्योति बोर्डिङ विद्यालयबिमला शर्माशिक्षिकाविनोद विष्टशिक्षकहिमाल खनालशिक्षकभृकुटी माध्यामिक विद्यालयसरस्वती थापाशिक्षिकाज्ञानेन्द्र थापाशिक्षकमहेन्द्र माध्यामिक विद्यालयरेशम पुनशिक्षकसिर्जना थापाशिक्षिकागोविन्द बुढाथोकीशिक्षकसल्यान सुखौरा माध्यामिक विद्यालयनवराज…
पूरा पढ्नुहोस् ...
तिनतारा विद्यालय प्रवर्द्धनका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न (शिक्षामा गुणस्तरको खोजीमा कालिगण्डकीको दृढ संकल्प)

तिनतारा विद्यालय प्रवर्द्धनका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न (शिक्षामा गुणस्तरको खोजीमा कालिगण्डकीको दृढ संकल्प)

गुल्मी, २० असार २०८२ - शिक्षालाई समावेशी, गुणस्तरीय र पहुँचयुक्त बनाउने उद्देश्यका साथ कालिगण्डकी गाउँपालिकाले सञ्चालनमा ल्याएको “तिनतारा विद्यालय प्रवर्द्धनका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम” शुक्रबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको समन्वय तथा प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम कालिगण्डकी गाउँपालिकाको सभाहल, कनौटामा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गरेका थिए भने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री प्रमुख अतिथि थिए । उपप्रमुख तेजेन्द्र सलामी मगर, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति कृष्ण प्रसाद भण्डारी, कालिगण्डकी गाउँपालिकाका ७ वटै वडाका अध्यक्षहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि, स्थानीय अगुवा, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले शिक्षा क्षेत्रको वर्तमान अवस्थाबारे समीक्षा गर्दै तिनतारा विद्यालयको अवधारणा, मापदण्ड र कार्यान्वयन प्रक्रियाका बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । अध्यक्ष वेदबहादुर थापाले कालिगण्डकी गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको र तिनतारा विद्यालय अवधारणा त्यसको मूर्त उदाहरण भएको उल्लेख गरे। उनले भने, “हामी विद्यालयको भवन होइन, भविष्य निर्माण गर्दैछौं । अबको शिक्षा परिणाममुखी र जीवनोपयोगी हुनुपर्छ ।” जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले गाउँपालिका स्तरमै यस्तो दिगो र परिवर्तनमुखी शिक्षा अभियान सञ्चालन गर्नु सराहनीय कार्य भएको बताए। उनले तिनतारा…
पूरा पढ्नुहोस् ...
एसईई २०८१ मा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित : दभौखानी र दुर्गा भवन माविको प्रेरणादायी प्रयास

एसईई २०८१ मा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित : दभौखानी र दुर्गा भवन माविको प्रेरणादायी प्रयास

गुल्मी, १५ असार २०८२ - शिक्षा केवल अध्ययन र परीक्षा पास गर्नुमा सीमित रहँदैन, जब त्यो सम्मान र प्रेरणाको माध्यम बन्न पुग्छ, तब यसले समाजमा सकारात्मक ऊर्जा सृजना गर्छ । यही उद्देश्यका साथ कालिगण्डकी गाउँपालिका अन्तर्गत दभौखानी माध्यमिक विद्यालय र दुर्गा भवन माविले एसईई २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू र आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेका छन् । कार्यक्रममा दभौखानी माध्यमिक विद्यालयका १० जना मेधावी विद्यार्थी र ३ जना समर्पित शिक्षकलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीहरूमा खुस्बु राना, निरुता सुनार, विनिता दर्लामी, हिमाल परियार, टीना बुढा, पूर्णीमा विश्वकर्मा, प्रियंका श्रेष्ठ, नविन पाण्डे मगर र तिर्सना दर्लामी रहेका छन् । यिनीहरूले उच्च ग्रेडसहित एसईई परीक्षा उत्तीर्ण गरी विद्यालयको गौरव अभिवृद्धि गरेका छन् । त्यस्तैगरी, विषयगत रूपमा शत प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकहरू पनि सम्मानित भए । अर्थशास्त्र तथा सामाजिक अध्ययन विषय अध्यापन गर्ने तेजप्रसाद काफ्ले, शिक्षा शास्त्र विषयका किसन थापा र नेपाली विषयका डिला त्रामु सम्मानित भएका हुन्, जसले आफ्नो अध्यापन मार्फत विद्यार्थीको भविष्य उज्वल बनाउन उल्लेखनीय योगदान पुर्‍याए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोक बहादुर श्रीस मौसमको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कालिगण्डकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रेशमराज न्यौपाने प्रमुख अतिथिका…
पूरा पढ्नुहोस् ...
नेपाल शिक्षक महासंघको तेस्रो पालिका अधिवेशन भव्यताका साथ सम्पन्न, नवनिर्वाचित कार्यसमिति गाउँपालिकाद्वारा सम्मानित

नेपाल शिक्षक महासंघको तेस्रो पालिका अधिवेशन भव्यताका साथ सम्पन्न, नवनिर्वाचित कार्यसमिति गाउँपालिकाद्वारा सम्मानित

गुल्मी, असार १४, २०८२ - शिक्षाको उच्चतम मूल्य र गरिमालाई संस्थागत गर्दै, नेपाल शिक्षक महासंघ कालिगण्डकी गाउँपालिका, गुल्मीको तेस्रो गाउँपालिका अधिवेशन २०८२ जेठ २४ गते सम्पन्न भएको थियो, जसबाट शिक्षक श्री पोषकान्त न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ढंगले चयन भएको हो । नयाँ नेतृत्वको चयनसँगै महासंघको प्रथम बैठक असार १४ गते गाउँपालिकाको बैठक कक्षमा सम्पन्न भएको छ । उक्त बैठकमा गाउँपालिका अध्यक्ष श्री वेदबहादुर थापाको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री नरेश गिरीको विशेष उपस्थिति तथा महासंघका सचिव श्री विनोद ढकालको सञ्चालनमा विभिन्न नीतिगत निर्णयहरू गर्दै सम्पन्न भएको हो । शिक्षक समुदायको समर्पण, संगठनप्रति निष्ठा र शैक्षिक विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ सम्पन्न भएको यस अधिवेशनले शिक्षासम्बन्धी नीतिगत र व्यवहारिक सुधारका लागि महत्त्वपूर्ण निर्णयहरू लिएको छ । विभिन्न शैक्षिक आन्दोलन, राष्ट्रिय नीति तथा शिक्षा सम्बन्धी ऐन संशोधनसँगै स्थानीय तहमा शिक्षक नेतृत्वको भूमिकाको आवश्यकता झन् बढ्दो अवस्थामा रहेको वर्तमान सन्दर्भमा कालिगण्डकी गाउँपालिका गुल्मी नेपाल शिक्षक महासंघको यो अधिवेशन ऐतिहासिक र निर्णायक भएको महासंघको बुझाई छ । पहिलो बैठकको अवसर पारेर कालिगण्डकी गाउँपालिकाले नवनिर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरूलाई विशेष सम्मानसमेत गरेको थियो । गाउँपालिका अध्यक्ष श्री थापाले कार्यक्रममा बोल्दै शिक्षक महासंघ शिक्षाको मेरुदण्ड भएको उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट आगामी दिनमा हरेक शैक्षिक अभियानमा आवश्यक समन्वय, सहकार्य र सहयोग सुनिश्चित गरिने…
पूरा पढ्नुहोस् ...
एसईई २०८१ कालिगण्डकीको नतिजा: उत्कृष्ट विद्यालय शुक्र मावि र उत्कृष्ट विद्यार्थी दिवस राना ३.७८ GPA

एसईई २०८१ कालिगण्डकीको नतिजा: उत्कृष्ट विद्यालय शुक्र मावि र उत्कृष्ट विद्यार्थी दिवस राना ३.७८ GPA

गुल्मी, १४ असार २०८२ – गुल्मीको कालिगण्डकी गाउँपालिकाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कुल २०२ जना विद्यार्थी सहभागी भएका थिए, जसमा १७९ जना साधारण धार र २३ जना प्राविधिक धारका थिए । नियमिततर्फ ७० जना विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ग्रेड वृद्धि परीक्षामा ९३ जनामध्ये ४५ जना सफल भएका छन् । गाउँपालिकाको विभिन्न ९ वटा माध्यमिक विद्यालयहरूबाट सहभागी विद्यार्थीहरूमध्ये धेरैजसो विद्यालयले गत वर्षको तुलनामा नतिजामा राम्रो सुधार देखाएका छन् । नियमिततर्फ एसईई २०८१: विद्यालयगत ग्रेडेड (उत्तीर्ण) प्रतिशत र उत्कृष्ट विद्यार्थी विवरणः क्र.स.विद्यालयसहभागीउत्तीर्ण (ग्रेडेड)उत्तीर्ण %उत्कृष्ट विद्यार्थीजीपीए (GPA)१श्री शुक्र मावि, लुङ९७७७.७८%कुशुम सलामी मगर३.१२२श्री हर्मिचौर मावि, हर्मिचौर१५१०६६.६७%भगवान पाण्डे३.६२३श्री भगवति मावि, अर्बेनी९६६६.६७%स्मृति न्यौपाने३.३५४श्री दुर्गाभवन मावि, छापचौर४५२९६४.४४%समिक्षा पुरी / इच्छा पौडेल३.५४ / ३.५०५श्री दभौखानी मावि, विसौना१६९५६.२५%खुस्बु राना३.५५६श्री देउराली मावि, हर्मिचौर देउराली९५५५.५६%दिवस राना३.७८७श्री देउराली मावि, खड्गकोट१७७४१.१८%विवेक ढकाल३.७५८श्री जनकल्याण मावि, फोक्सिङ३०७२३.३४%जस्मिन गुरुङ३.७४९श्री जिवनोद्वार मावि, पुर्तिघाट५१८१५.६९%गोमा श्रीस३.३०जम्मा२०१८८४३.७८%-- कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाले यस वर्षको एसईई नतिजा गत वर्षको तुलनामा क्रमिक सुधार भएको जानकारी दिए । अध्यक्ष थापाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको समन्वय साथै मेहनतले यो सम्भव भएको बताउँदै उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा थप गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहने प्रतिवद्धता समेत व्यक्त गरे । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा SEE पूरक/ग्रेड बृद्धि सम्बन्धी समय तालिकाः
पूरा पढ्नुहोस् ...
एसईई २०८१ को नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, गत वर्षको तुलनामा १३.९५ प्रतिशतले नतिजा सुधार

एसईई २०८१ को नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, गत वर्षको तुलनामा १३.९५ प्रतिशतले नतिजा सुधार

काठमाडौँ, १३ असार २०८२ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्ड बैठकले औपचारिक रूपमा नतिजा सार्वजनिक गरेको हो । यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि परीक्षामा ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएका थिए । बोर्डले दिएको विवरणअनुसार, कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यो अघिल्लो वर्षको तुलनामा १३.९५ प्रतिशतले सुधार हो। गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । जीपीए विवरण ४.०० (पूर्ण ग्रेड पाउने): ९७१ जना ३.६० देखि ४.००: ४८,१७७ जना ३.२० देखि ३.६०: ८१,३५५ जना २.८० देखि ३.२०: ९९,१२४ जना २.४० देखि २.८०: ४८,४७९ जना २.०० देखि २.४०: ४,१२६ जना १.६० देखि २.००: ८ जना अवर्गीकृत र रद्द अवर्गीकृत परीक्षार्थी: १,६७,५९७ जना परीक्षा रद्द भएका: १२६ जना प्रदेशअनुसार उच्च जीपीए (३.६० देखि ४) ल्याउनेको संख्या बागमती प्रदेश: २३,७८२ जना लुम्बिनी प्रदेश: ६,७५४ जना कोशी प्रदेश: ६,२५८ जना गण्डकी प्रदेश: ४,८९५ जना मधेश प्रदेश: ४,१३८ जना सुदूरपश्चिम प्रदेश: १,२१९ जना कर्णाली प्रदेश: १,१३१ जना २०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । यस वर्षको नतिजाबाट विद्यार्थीहरूको समग्र प्रदर्शनमा उल्लेखनीय सुधार…
पूरा पढ्नुहोस् ...
नमुना सामुदायिक विद्यालयको परिचय बनाउँदै – ग्वाघा माध्यमिक विद्यालय

नमुना सामुदायिक विद्यालयको परिचय बनाउँदै – ग्वाघा माध्यमिक विद्यालय

गुल्मी, ९ असार २०८२ गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नं ५ मा अवस्थित वि.स.२०१४ मा स्थापना भएको ग्वाघा माध्यमिक विद्यालय अहिले शिक्षा र पूर्वाधारको समुचित समायोजन गर्दै नमुना सामुदायिक विद्यालयको रूपमा आफ्नो छवि बनाउँदै अगाडि बढिरहेको छ । “सिकाइलाई सीपसँग जोड्ने” विशेष कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीसँगै अभिभावक र समुदायलाई समेत समेट्ने किसिमको बहुआयामिक पहल गरिरहेको छ । भौतिक विकासमा गुणात्मक सुधार - विद्यालयले २०७५ सालमा तयार पारेको भौतिक कार्ययोजना अनुसार १२ वटा पक्की कोठा निर्माण, पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला, चमेनागृह, शौचालय, खानेपानीको व्यवस्था, विद्यालय घेराबार, हल र चिल्ड्रेन पार्क निर्माणको योजना अघि सारेको थियो । हालसम्म २२ वटा पक्की कोठा निर्माण भइसकेको छ । चमेनागृह सञ्चालनमा छ भने कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला र पुस्तकालय लगभग व्यवस्थित भइसकेका छन् । शुद्ध खानेपानी, शौचालय र अन्य संरचना सन्तोषजनक छन् । बाँकी रहेका हल, चिल्ड्रेन पार्क, र विद्यालय घेराबार निर्माण आगामी प्राथमिकतामा रहेका छन् । आर्थिक सुदृढीकरणको दिशामा नमुना प्रयास - विद्यालयले आर्थिक पारदर्शिता र दीर्घकालीन स्रोत सुनिश्चित गर्न २०७५ सालमै अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो । अहिलेसम्म विद्यालयले २२७ घरपरिवार वा व्यक्तिलाई सहयोगीको रूपमा समेट्दै १५२ घरपरिवार वा व्यक्ति प्रत्यक्ष रूपमा अक्षयकोषमा आबद्ध गराइसकेका छन् । विद्यालयमा हाल रु. २,००,७१,२५३।६७ नगद मौज्दात रहेको छ । यो रकम समुदायकै सहभागिता र फजुल…
पूरा पढ्नुहोस् ...
शौचालयमा हुनसक्छ ठूलो दुर्घटना, कस्तो सावधानी अपनाउने ?

शौचालयमा हुनसक्छ ठूलो दुर्घटना, कस्तो सावधानी अपनाउने ?

शौचालय तथा वाथरुम हाम्रो जीवनको अति महत्वपूर्ण हिस्सा हो । यदि हामी स्वस्थ र ठिकठाक छौँ भने अवश्य पनि दिनमा धेरै पटक शौचालयको प्रयोग गर्ने गर्छौँ । दिनमा कयौँ पटक छिर्नुपर्ने शौचालय दुर्घटनाको उच्च जोखिम भएको ठाउँ पनि हो । प्रायगरी शौचालयको सतह चिप्लो हुनेगरी बनाइएको हुन्छ । अनि साबुन तथा यस खालका वस्तुको प्रयोग अनि कुनैबेला सतहमा लेउ जमेर पनि सतह चिप्लो भइरहेको हुन्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा अशक्त व्यक्तिहरू शौचालयमा चिप्लिएर दुर्घटनामा पर्ने जोखिम बढी हुन्छ । यस बाहेक पनि शौचालयमा धेरै प्रकारका दुर्घटना हुने गरेका छन् । शौचालयमा कस्ता-कस्ता दुर्घटना हुन्छन् ? यसबाट कसरी जोगिने ? शौचालय दुर्घटना हुने कारणहरू चिप्लो सतह शौचालयमा दुर्घटना हुने मुख्य कारण चिप्लो सहत नै हो । प्रायगरी भुइँमा टायल वा भुइँ चिप्लो वस्तु राखिएको हुन्छ । यो चिप्लोपनले लड्ने जोखिम बढाउँछ । चिप्लो जुत्ता-चप्पल सतह चिप्लो हुने त छँदैछ, यदी हामीले शौचालयमा लगाउने जुत्ता-चप्पल चिप्लो खालको छ भने त्यो पनि दुर्घटनाको अर्को कारण हुन्छ । कम प्रकाश शौचालयमा कम उज्यालो बत्ती राख्ने, बत्ती बिग्रिएमा हत्तपत्त नबनाउने गरेको पनि देखिन्छ । यस्तोमा प्रकाश कम भएर त्यहाँका अवरोधहरू राम्रोसँग नदेखिँदा अल्झिने, लड्ने भएर दुर्घटना हुनसक्छ । समाउने कुरा नहुनु शौचालयमा कसैगरी शरीर धर्मरायो वा लड्न खोजियो भने तत्काल समाइहाल्ने…
पूरा पढ्नुहोस् ...
शिक्षा विधेयकमाथि दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय लाग्ने

शिक्षा विधेयकमाथि दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय लाग्ने

२१ वैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सकाएको छ । ‘उपसमितिको समय र दफावार छलफल पनि सकियो । उपसमितिले प्रतिवेदन लेखिरहेको छ,’ समिति सचिव दशरथ धमलाले भने, ‘अब उपसमितिले पास गर्न बाँकी छ ।’ प्रतिवेदन लेख्नका लागि केही समय आवश्यक पर्ने भएकाले थप गर्ने तयारी छ । सोमबार समितिको बैठक बोलाइएको छ । सो बैठकमा प्रतिवेदन लेख्नका लागि केही समय माग गर्ने उपसमितिको तयारी छ । ‘दफा दफामा धेरै हेरफेर भएको छ । दफालाई हेरेर प्रतिवेदन बनाउन र पास गर्न अलिकति समय माग गर्ने तयारी छ,’ उनले भने । सोमबारको समिति बैठकमा उपसमितिले अहिलेसम्म भएको प्रगति विवरण पेस गर्ने भएको छ । विधेयकमा १६३ दफा छ । १ हजार ७५८ वटा संशोधन थियो । समितिले ७ प्रदेशको प्रतिवेदन पनि तयार पारेको थियो । विधेयक, संशोधन, प्रतिवेदन र विज्ञहरूको सुझावलाई एकीकृत गरेर उपसमितिले दवाफार छलफल गरेको हो । आगामी १५ असारभित्र ऐन जारी गर्ने गरी सरकारले शिक्षक महासंघसँग सहमति गरेको छ । सोही अनुसार विधेयकको दफावार द्रुत गतिमा छलफल भएको हो ।
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.