KhojSansar

स्वास्थ्य

आँखा उपचार केन्द्र स्थापनाः ४ जिल्लाका सेवाग्राहीहरु लाभान्वित

आँखा उपचार केन्द्र स्थापनाः ४ जिल्लाका सेवाग्राहीहरु लाभान्वित

गुल्मी, १६ असार २०८२ – नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीले सेभा  (SEVA) नेपालको आर्थिक सहयोग र कालीगण्डकी गाउँपालिकाको सहकार्यमा, गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ स्थित पूर्तिघाट बजारमा छैठौं शाखाका रूपमा "कालीगण्डकी आँखा उपचार केन्द्र" स्थापना गर्दै दीर्घकालीन तथा गुणस्तरीय दृष्टि सेवाको नयाँ ढोका खोलेको छ । स्वास्थ्य पहुँच अभाव झेलिरहेका ग्रामीण बासिन्दाका लागि यो केन्द्र स्थापनाले सस्तो, सहज र प्रभावकारी आँखाको उपचारको सुनिश्चितता दिलाउने विश्वास गरिएको छ । कालिगण्डकी आँखा उपचार केन्द्र स्थापना भए संगै गुल्मी, पर्वत, बाग्लुङ र स्याङ्जा जिल्लाका ३५ जना सेवा ग्राहीहरुले प्रत्येक्ष लाभ लिएका थिए । कालीगण्डकी आँखा उपचार केन्द्रको औपचारिक समुद्घाटन एक भव्य समारोहका साथ सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यसमितिका महासचिव श्री भरत बहादुर चन्द रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गाउँपालिकाका उपाध्यक्ष मञ्जु कुमारी दर्लामी, नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका उपसभापति शेरबहादुर थापा, पाल्पा जिल्ला शाखाका सभापति बुद्धिप्रसाद शर्मा, अर्घाखाँची जिल्ला शाखाका सभापति दलबहादुर केसी, गुल्मी जिल्ला शाखाका सभापति अखिलेश्वर प्रसाद पाण्डेय लगायत थुप्रै विशिष्ट अतिथि, संघसंस्थाका प्रतिनिधि, स्थानिय जनप्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो । कालिगण्डकी आँख उपचार केन्द्र समुद्घाटन कार्यक्रम २ असार २०८२ कार्यक्रमका प्रमुख अतिथि भरतबहादुर…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.