KhojSansar

स्वास्थ्य

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु

भक्तपुर, १४ साउनः मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेसिनमध्ये भक्तपुर अस्पतालमा पाँच शय्याको डाइलासिस सेवा शुभारम्भ गरिएको उहाँले बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, “बागमती प्रदेशले रसुवा र काठमाडौँको टोखा अस्पतालबाहेक अरु ११ जिल्लाका अस्पतालमा प्रदेशस्तरीय डायलासिस सेवा सुरू गरेका छाँै, बाँकीमा पनि केही दिनमा शुभारम्भ गर्नेछौँ ।” उहाँले मन्त्रालयले १३ जिल्लाका सबै प्रदेशस्तरीय अस्पतालमा विशेषज्ञ सेवा सुरु गरेको बताउँदै त्यसका लागि थप जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने बताउनुभयो । भक्तपुर अस्पताललाई नयाँ भवन निर्माणका लागि यस वर्ष मन्त्रालयले रु तीन करोड बजेटको व्यवस्था गरेको र थप बजेटका लागि दाता खोजिरहेको बताउँदै मन्त्री थापाले पाँच वर्षभित्र नयाँ भवन निर्माण सम्पन्न गर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले न्यूनतम सेवा मापदण्डअनुसार ‘बी’ ग्रेडका अस्पतालमध्ये देशकै सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल प्रदेशले गर्व गर्न लायक अस्पतालको रूपमा विकास भइरहेको बताउनुभयो । उहाँले अहिले पनि ७१ प्रतिशत मानिस नसर्ने रोगका कारण मृत्यु हुने गरेको बताउँदै रोगै लाग्न नदिन सामाजिक चेतनाका अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो…
पूरा पढ्नुहोस् ...
घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

चितवन, १४ साउनः भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए । अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्रा डा सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१÷८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिनुभयो । यसमध्ये चार हजार ३८३ (५२ दशमलव ४५ प्रतिशत)को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५ दशमलव २८ प्रतिशत)को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ (२ दशमलव २६ प्रतिशत)को जटिल प्रसूति भएको थियो । अघिल्लो आव २०८०/ ८१ मा नौ हजार ३५५ र त्यसअघि आव २०७९ /८० मा ११ हजार ८९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए । डा पोखरेलले भन्नुभयो, “केही वर्षअघि वार्षिक १६ हजारसम्मले यहाँ सेवा लिएका थिए । अहिले क्रमशः घट्ने क्रममा गएको छ ।” देशभरकै तथ्याङ्कमा ३० प्रतिशत हाराहारी घटेको भन्दै उहाँले बच्चा जन्माउने उमेरका युवायुवती विदेशिएको बताउनुभयो । विगतमा गाउँगाउँ र छिमेकी जिल्लाबाट प्रसूति सेवा लिन आउनेको सङ्ख्या धेरै हुने गरेको भन्दै डा पोखरेले पछिल्लो समय जिल्ला र नगरहरुमा प्रसूति सेवा विस्तार भएसँगै भरतपुर अस्पतालको चाप घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगर अस्पताल र बर्थिङ सेन्टरमा प्रसूति सेवाको विस्तार भएपछि भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या…
पूरा पढ्नुहोस् ...
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि

लुम्बिनी, १२ साउनः लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना (२०८१–२०८६) आज सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा कार्ययोजना सार्वजनिक गरिएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृतगगरी कार्ययोजना तयार पारी कार्यान्वयनमा लैजाने प्रदेशमा लुम्बिनी पहिलो भएको हो । मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनानुदिन गहिरिँदै गइरहेका बेला प्रदेश सरकारले दीर्घकालीन रणनीतिसहितको कार्ययोजना ल्याएको जनाएको छ । राष्ट्रिय सर्वेक्षणअनुसार लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताले जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगेका छन् भने हाल ५ दशमलव ४ प्रतिशतले यस्तो समस्या अनुभव गरिरहेका छन् । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश आत्महत्या दरको हिसाबले तेस्रो स्थानमा पर्छ । प्रदेशमा प्रति एक लाख जनसङ्ख्यामा २६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच र माग दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/८० मा १७ हजार सात सय ८८ जनाले मानसिक स्वास्थ्य सेवा लिएका थिए । आव २०८०/८१ मा सेवा लिनेको सङ्ख्या दोब्बरभन्दा बढी बढेर ३५ हजार चार सय ११ पुगेको थियो । हालै सम्पन्न आर्थिक वर्ष २०८१/८२ मा भने सेवा लिनेको सङ्ख्या ३४ हजार तीन सय ८५ रहेको मन्त्रालयले जनाएको छ । यद्यपि अघिल्लो…
पूरा पढ्नुहोस् ...
‘नेफ्रोटिक सिन्ड्रम’ नहोस् भन्नाका लागि समय समयमा बालबालिकाको पिसाब परीक्षण गराउने कि

‘नेफ्रोटिक सिन्ड्रम’ नहोस् भन्नाका लागि समय समयमा बालबालिकाको पिसाब परीक्षण गराउने कि

म्याग्दी, १२ साउन : तनहुँको दमौली निवासी दिपासा आले ‘नेफ्रोटिक सिन्ड्रम’ (पिसाबमा प्रोटिन चुहिने) समस्या भएका छोराको उपचारका लागि करिब दुई वर्ष काठमाडौँ धाउनुभयो । पर्वतको जलजला गाउँपालिका–३ की चन्द्रकुमारी खत्री पनि ‘नेफ्रोटिक सिन्ड्रम’ भएकी छोरीको उपचारका लागि पछिल्लो दुई वर्ष हरेक तीन / तीन महिनामा काठमाडौँ पुग्नुभयो । तनहुँकी आले र पर्वतकी चन्द्रकुमारी जस्तै देशभरका अभिभावक ‘नेफ्रोटिक सिन्ड्रम’ भएका बच्चाको उपचारका लागि संघीय राजधानी काठमाडौँका अस्पतालमा पुग्नुपर्ने बाध्यता छ । “पोखरामा रोग पहिचान भए पनि विशेषज्ञ चिकित्सकको(बच्चाको मिर्गाैला र पिसाब रोग विशेषज्ञ) अस्पतालमा सेवा नभएकाले उपचार, औषधि र फलोअपका लागि काठमाडौँ जानुपरेको हो,” चन्द्रकुमारीले भन्नुभयो “बच्चाको उपचारका लागि खानेपानी उपभोक्ता संस्थाको जागिर छाडेर दुई वर्ष काठमाडौँमा डेरा लिएर बसे ।” काठमाडौको त्रिवि शिक्षण अस्पताल, किष्ट, नेपाल मेडिकल कलेज, पाटन, कान्ति बाल र केही निजी बाल अस्पतालमा मात्र ‘नेफ्रोटिक सिन्ड्रम’सम्बन्धी विशेषज्ञ चिकित्सक र उपचार सेवा उपलब्ध छ । त्रिवि शिक्षण अस्पतालका बालरोग तथा बच्चाको मिर्गाैलासम्बन्धी विशेषज्ञ डा दमनराज पौडेलले उपचारका लागि आउने अधिकांश बिरामी उपत्यका बाहिरका भएका जानकारी दिनुभयो । “शिक्षण अस्पतालमा महिनाको आठ दिन ओपिडि हेर्दा २० देखि ३० जना ‘निफ्रोटिक सिन्ड्रोम’का बिरामी हुन्छन्,” उहाँले भन्नुभयो “हामी कहाँ आउने बिरामी बच्चाहरु मध्ये श्वाश प्रश्वासपछि सङ्क्रमण र पिसाबसम्बन्धी समस्या भएकाको सङ्ख्या बराबरी छ ।” नेपालमा दुई अङ्क भन्दा कमको सङ्ख्यामा…
पूरा पढ्नुहोस् ...
परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

गण्डकी, १२ साउन : नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो । सङ्घद्वारा यहाँ आयोजित ‘गण्डकी प्रदेशमा परिवार नियोजन एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवस्था’ विषयक पैरवी कार्यक्रमका सहभागिहरुले सो आग्रह गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सुनिश्चिता गराउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले कार्यक्रमको शुभारम्भ गर्नुहँुदै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चिता गराउने जानकारी दिनुहुँदै प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजनसमेत गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले सबै जनतामा गुणस्तरीय स्वास्थ्यको पहुँच अभिवृद्धि गर्न उच्च प्राथमिता एवं लगानी गरेको छ । यसक्रममा परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी वृद्धि गरिने छ ।” मन्त्री पाठकले गण्डकी प्रदेशमा परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि नेपाल परिवार नियोजन सङ्घले गरिरहेको सेवाको प्रशंसा गर्नुहुँदै अगामी दिनमा सेवा जारी राख्न सङ्घलाई आग्रह गर्नुभयो । उहाँले यसका प्रदेश सरकारले सङ्घलाई सहयोग गर्ने जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रुचाल, राप्रपा संसदीय दलका नेता…
पूरा पढ्नुहोस् ...
आँखा उपचार केन्द्र स्थापनाः ४ जिल्लाका सेवाग्राहीहरु लाभान्वित

आँखा उपचार केन्द्र स्थापनाः ४ जिल्लाका सेवाग्राहीहरु लाभान्वित

गुल्मी, १६ असार २०८२ – नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीले सेभा  (SEVA) नेपालको आर्थिक सहयोग र कालीगण्डकी गाउँपालिकाको सहकार्यमा, गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ स्थित पूर्तिघाट बजारमा छैठौं शाखाका रूपमा "कालीगण्डकी आँखा उपचार केन्द्र" स्थापना गर्दै दीर्घकालीन तथा गुणस्तरीय दृष्टि सेवाको नयाँ ढोका खोलेको छ । स्वास्थ्य पहुँच अभाव झेलिरहेका ग्रामीण बासिन्दाका लागि यो केन्द्र स्थापनाले सस्तो, सहज र प्रभावकारी आँखाको उपचारको सुनिश्चितता दिलाउने विश्वास गरिएको छ । कालिगण्डकी आँखा उपचार केन्द्र स्थापना भए संगै गुल्मी, पर्वत, बाग्लुङ र स्याङ्जा जिल्लाका ३५ जना सेवा ग्राहीहरुले प्रत्येक्ष लाभ लिएका थिए । कालीगण्डकी आँखा उपचार केन्द्रको औपचारिक समुद्घाटन एक भव्य समारोहका साथ सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यसमितिका महासचिव श्री भरत बहादुर चन्द रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गाउँपालिकाका उपाध्यक्ष मञ्जु कुमारी दर्लामी, नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका उपसभापति शेरबहादुर थापा, पाल्पा जिल्ला शाखाका सभापति बुद्धिप्रसाद शर्मा, अर्घाखाँची जिल्ला शाखाका सभापति दलबहादुर केसी, गुल्मी जिल्ला शाखाका सभापति अखिलेश्वर प्रसाद पाण्डेय लगायत थुप्रै विशिष्ट अतिथि, संघसंस्थाका प्रतिनिधि, स्थानिय जनप्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो । कालिगण्डकी आँख उपचार केन्द्र समुद्घाटन कार्यक्रम २ असार २०८२ कार्यक्रमका प्रमुख अतिथि भरतबहादुर…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.