KhojSansar

मनोरञ्जन

चर्चित गायक अनिश लिम्बु र सुनिता थेगिम लिम्बुको स्वर तथा मनिपाल राईको शब्द तथा संगीतमा “आकाशै राम्रो जुनले” सार्वजनिक

चर्चित गायक अनिश लिम्बु र सुनिता थेगिम लिम्बुको स्वर तथा मनिपाल राईको शब्द तथा संगीतमा “आकाशै राम्रो जुनले” सार्वजनिक

काठमाण्डौं, ३१ असार २०८२ - नेपाली सांगीतिक क्षेत्रलाई थप रङ्गीन बनाउने प्रयासस्वरूप नयाँ गीत “आकाशै राम्रो जुनले“ सार्वजनिक भएको छ। समसामयिक भाव र परम्परागत लयलाई समेटेर बनाइएको यस गीतले श्रोता तथा दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ । चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुले गीतमा स्वर भरेका छन्। दुवैको भावपूर्ण आवाजले गीतको भावलाई अझ सशक्त बनाएको छ। मनिपाल राईको शब्द तथा संगीत संयोजनले गीतलाई जीवन्तता प्रदान गरेको छ भने राजु कार्कीको मिक्सिङ र मास्टेरिङले प्राविधिक उत्कृष्टता सुनिश्चित गरेको छ। गीतको रेकर्डिङ राजा स्टुडियोमा गरिएको हो, जहाँ सुरेश राई र मनोज सामसुन राईले रेकर्डिस्टको भूमिका निभाएका छन् । गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ । भिडियोमा पूर्ण लिम्बू, सुहाङ्मा आङ्बुहाङ लिम्बु, सुरेश सापकोटा, अनिश नुमिहाङ राई, गंगा राई, कल्पना हाङ्खिम राई र सुनिता पन्त जस्ता कलाकारहरूको जीवन्त अभिनय देख्न पाइन्छ । भिडियो निर्देशन बिजय मगरले गरेका हुन् भने क्यामेरा, सम्पादन र पोस्टर आर्टको जिम्मेवारी अर्जुन खड्काले सम्हालेका छन्। प्रकाश संयोजन अनिल पराजुलीको रहेको छ, र मेकअप आर्टिस्टको रूपमा रबिना लिम्बुको योगदान रहेको छ ।उत्कृष्ठ लोक लय , दृश्य सौन्दर्य र सांस्कृतिक गन्धले भरिएको “आकाशै राम्रो जुनले“ नेपाली सांगीतिक बजारमा नयाँ तरङ्ग ल्याउने विश्वास लिइएको छ। गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=vIvNsCbBTu4&list=RDvIvNsCbBTu4&start_radio=1
पूरा पढ्नुहोस् ...
प्रोसेस पाण्डेको जितमा खेम सेन्चुरी : यो जित कसको, लोकसंगीतको

प्रोसेस पाण्डेको जितमा खेम सेन्चुरी : यो जित कसको, लोकसंगीतको

काठमाडौं । पहिलोपटक ‘भ्वाइस अफ नेपाल’को कोचको जिम्मेवारी सम्हालेका खेम सेन्चुरीको पछिल्लो दुई महिना उतारचढावपूर्ण रह्यो । खुट्टाले बजर थिचेपछि उत्पन्न विवाद र समर्थनको किस्सा होस् या आफ्नो समूहका प्रतियोगी प्रोसेस पाण्डे विजेता घोषित हुँदासम्मको यात्रा होस् । भ्वाइसको स्टेजबाहिर खेम र शान्तिश्री परियारबीचको असन्तुष्टिपूर्ण सम्बन्धबारे धेरै गसिप लेखिए । यसरी हेर्दा, लोकसंगीत क्षेत्रका यी चर्चित संगीतकारको पछिल्ला दुई महिनाको यात्रा कुनै फिल्मको पटकथाभन्दा कम छैन । पहिलोपटक भ्वाइसको कोचको रुपमा उनको यात्राको सुखद अन्त्य भयो । उनको टीमका पाण्डेले शुक्रबार छैटौं सिजनको उपाधि उचालेसँगै खेमको कोचिङको पनि प्रशंसा भएको छ । आफ्नो टीमका प्रतियोगीको जितमा कोच खेमले शनिबार सामाजिक संजालबाट प्रतिक्रिया दिएका छन् । उनले प्रोसेस पाण्डेको जितलाई अठोटको जितको रुपमा ब्याख्या गरेका छन् । फरक क्षमता भएकाहरू पनि संगीतको सगरमाथा उक्लन सक्छन् भन्ने प्रमाण प्रोसेसको जित रहेको खेमको भनाई छ । उनी भन्छन्- ‘द भ्वाइसमा आबद्ध हुने गरि मैले हस्ताक्षर गर्दै गर्दा सोचेको थिएा, यी औंलाहरूलाई विश्वास गरेर समाउनेलाई म गन्तव्यमा पुर्‍याउने नै छु । म झैं बारम्बार लड्दै, पछारिँदै, घाउचोट सहँदै, उठ्दै हिँड्नु पर्नेछैन । हो, त्यो अठोटको आज विजय भएको छ ।’ उनी थप भन्छन्- हाम्रो टिम खेमबाट बावु प्रोसेस पाण्डेले ‘भ्वाइस अफ नेपाल–सिजन ६’ को उपाधि उचालेका छन् । यो उपाधि मात्रै होईन, भरोसाको जीत हो…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.