KhojSansar

कृषि

गुल्मीमा चिया खेतीको सफल परीक्षणपछि क्षेत्र विस्तार : कृषि, पर्यटन र स्वरोजगारको नयाँ आशा

गुल्मीमा चिया खेतीको सफल परीक्षणपछि क्षेत्र विस्तार : कृषि, पर्यटन र स्वरोजगारको नयाँ आशा

गुल्मी, ११ असार २०८२ –  गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुँवाखोलामा चिया खेतीको परीक्षण सफल भएपछि त्यसको क्षेत्र विस्तार गर्न थालिएको छ । गत वर्ष इलामबाट ल्याइएका १२ हजार भन्दा बढी चियाका बिरुवाहरुको परीक्षण अत्यन्त उत्साहजनक भएको र बिरुवा राम्रोसँग हुर्किएपछि थप २० रोपनी जमिनमा पहिलेकै परिमाणमा चिया खेती विस्तार गरिएको हो । खालि रहेको भिरपाखाको बाँझिएको जमिनलाई उत्पादनमा ल्याउने उद्देश्यसहित तमु उद्यमशिल महिला समूहले यो पहल थालेको हो । समूहले विशेष उपसमिति गठन गरेर चिया खेतीको योजना, बिरुवा रोपण र अध्ययन कार्य अघि बढाएको छ । प्रारम्भिक चरणमा १७ रोपनी जमिनमा चिया रोपिएको थियो भने अब चिया खेतीको क्षेत्र क्रमशः बढाउँदैछ । धुँवाखोला चिया बगान खेतीमा समर्पित ३६ घर परिवारले सामूहिक रूपमा काम गर्दै आएका छन् । स्थानीय तमु टोल विकास संस्था, तमु युवा क्लव, धुँवाखोला चिया बगान संरक्षण उपभोक्ता समिति लगायतका संस्थाहरुले समेत चिया खेतीमा सहकार्य गरिरहेका छन् । धुँवाखोलामा सञ्चालनमा रहेको धुँवाखोला होमस्टे परियोजनालाई चिया खेतीसँग जोडेर पर्यटन प्रवर्द्धन र स्वरोजगार सृजना गर्ने योजना बनाइएको होमस्टेका अध्यक्ष राजु गुरुङले वताए । साथै धुँवाखोला चिया बगान समितिका संयोजक कर्णबहादुर गुरुङले चिया खेती र होमस्टेबाट युवाहरुलाई स्वदेशमै रोजगारी दिन सकिने विश्वास व्यक्त गरेका थिए । तमु उद्यमशिल महिला समूहकी अध्यक्ष जमुना गुरुङका अनुसार यो प्रयासले जमिन बाँझो बस्न नदिई उपयोगमा…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.