७ दिन अगाडि
७ दिन अगाडि
गुल्मी, २६ असार २०८२ - कालिगण्डकी गाउँपालिका गुल्मी र गोर्खा वेल्फेयर ट्रष्ट (GWT) बीचको सहकार्यमा ग्रामीण जीवनशैलीमा दिगो परिवर्तन ल्याउने उद्देश्यसहित सञ्चालित सेराढाड दमार खानेपानी तथा सरसफाई आयोजना सफलतापूर्वक सम्पन्न भएको छ । “एक घर, एक धारा” अभियान अन्तर्गत सञ्चालित यस परियोजनाले अब अर्बेनीका ७६ घरधुरीका ४१७ जना प्रत्यक्ष लाभान्वित भए संगै सुरक्षित र नियमित खानेपानीको सुविधा पुगेको हो । ४ सयभन्दा बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएका यस आयोजनाले दुर्गम ग्रामीण बस्तीमा पूर्वाधार विकासको नयाँ सम्भावनाको ढोका खोलेको छ । ४२ लाख ६९ हजार ३५९ रुपैयाँ १२ पैसा अनुमानित लागत रहेको आयोजना ३९ लाख ६८ हजार ४३१ रुपैयाँ ६१ पैसा मा नै सम्पन्न हुनुले पारदर्शी, समयमै र प्रभावकारी कार्यान्वयनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाको नेतृत्वले २०८१ मा प्रारम्भ गरेको “एक घर, एक धारा” दृष्टिकोण अन्तर्गत खानेपानी तथा सरसफाई पूर्वाधारलाई जनस्वास्थ्य, शिक्षा र समग्र जीवनस्तरसँग जोडेर रूपान्तरण गर्ने दीर्घकालीन कार्ययोजना अघि बढाएको थियो । सोही रणनीतिको सफल कार्यान्वयनस्वरूप वडा नं. २ अर्बेनीमा सुरु गरिएको आयोजनाले मिति २०८१ चैत १६ गते देखि काम थालनी गरी २०८२ असार ५ गते भित्र तोकिएको समयसीमा मै सम्पन्न गरिएको हो । परियोजनाबाट लाभान्वित ४१७ उपभोक्ता अब घरआँगनमै स्थायी धारा, सुरक्षित पानी र भरपर्दो सेवा प्राप्त गर्न पाएकोमा खुसि व्यक्त…