KhojSansar

होमपेज

हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको उद्धार

हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको उद्धार

पोखरा, २३ चैत २०८२ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको आइतबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू तालको बीच भागमा फसेका थिए । दिउँसो करिब सवा ४ बजे उनीहरू तालमा फसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीअन्तर्गत फेवा रेस्क्यु टावरमा खटिएको टोली परिचालन भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घमको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो । उद्धार गरिएकाहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी, पोखरा–३३ बागमाराकी २१ वर्षीया सलिना पुन, म्याग्दीको अन्नपूर्ण–३ की २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर र १९ वर्षीया रिया मगर रहेका छन् । त्यसैगरी, भारतको नयाँ दिल्ली घर भएका २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडबको पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 
पूरा पढ्नुहोस् ...
सवारीसाधन विद्युतीय बन्ने अवसर

सवारीसाधन विद्युतीय बन्ने अवसर

काठमाडौँ, २३ चैत २०८२ । सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको बढ्दो आयात कम गर्नुका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको हो ।  नेपाल सरकारका प्रवक्ता एव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले यो निर्णय गरेको जानकारी दिनुभयो । हाल पुराना इन्धनयुक्त सवारीसाधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानुनीव्यवस्था नहुँदा सवारीधनीले समस्या भोग्दै आएका थिए ।  सरकारको यो निर्णयसँगै अब पुराना गाडीलाई कवाडीमा फाल्नुको साटो कम खर्चमा वातावरणमैत्री बनाउन सकिने छ । विद्युतीय सवारीको प्रयोग बढाउँदा इन्धनको परनिर्भरता घटाउने छ भने अर्कातिर नेपालको नवीकरणीय ऊर्जा (विद्युत्) को खपत बढाउन मद्दत गर्ने छ ।  डिजेल/पेट्रोलबाट चल्ने गाडीभन्दा दीर्घकालीन रूपमा विद्युतीय गाडी सस्तो पर्ने र वातावरणमैत्री भएकाले पनि सरकारले यसको प्रयोगलाई जोड दिएको हो । पछिल्लो समय बजारमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएको छ । विद्युतीय परिवर्तन उत्पादन तथा वितरण सङ्घका उपाध्यक्ष भरत पौडेलले पछिल्लो समय विद्युतीय सवारीसाधनको माग दोब्बरले बढेको जानकारी दिनुभयो ।…
पूरा पढ्नुहोस् ...
बन्दीपुरमा नेपालकै पहिलो ‘होमस्टे सर्किट’ घोषणाको तयारी

बन्दीपुरमा नेपालकै पहिलो ‘होमस्टे सर्किट’ घोषणाको तयारी

तनहुँ, ३ चैत २०८२ । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ यस वर्षको ‘गाउँ पर्यटन मार्ट २०८३’ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा आगामी वैशाख १८ र १९ गते यो महोत्सव हुन लागेको हो । ग्रामीण पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्र चलायमान बनाउन र मौलिक संस्कृतिको जगेर्ना गर्न यो मार्ट कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार पोखरामा लगातार तीन संस्करण सम्पन्न भएपछि यसपटक नयाँ ग्रामीण गन्तव्यलाई प्रवर्धन गर्ने लक्ष्यसहित चौथो संस्करण बन्दीपुरमा आयोजना गर्न लागिएको हो । नेपालकै पहिलो होमस्टे सर्किट मार्टको अवसरमा बन्दीपुरले ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’लाई समेत विशेष प्राथमिकताका साथ अघि सारेको छ । करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यो सर्किटले १४ वटा होमस्टे (घरबास) सहित २० वटा गाउँलाई समेट्नेछ । यसलाई नेपालकै पहिलो होमस्टे सर्किटको रूपमा विकास गर्ने योजना बनाइएको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले यस सर्किट विकासका लागि तीन चरणका कार्यक्रम तय गरेको छ । पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, व्यवसायी र प्राविधिक टोलीले समग्र सर्किटको अध्ययन अवलोकन गर्नेछन् । स्थानीय उत्पादन र संस्कृतिको सङ्गम मार्टमा गण्डकी प्रदेशका सामुदायिक होमस्टे, पर्यटकीय कृषि फार्म (फार्म स्टे), पर्यटन…
पूरा पढ्नुहोस् ...
रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी, १ चैत २०८२ । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने काम सुरु भएसँगै चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  सडक डिभिजन कार्यालय पाल्पाको पत्रअनुसार उक्त राजमार्गको अतिसंवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक कटिङ गर्ने क्रममा ढुंगा खस्ने जोखिम बढ्न सक्ने र दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रेले जानकारी दिए ।  प्रशासनले उक्त सडक स्तरोन्नति गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालन र आवागमन गर्न आग्रह गरेको छ । कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न अनुरोध गरेको छ ।  कार्यालयले उक्त कार्यमा आवश्यक सहयोग एवं सहजीकरणका लागि मुसीकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई समेत पत्राचार गरेको छ । प्रशासनले सार्वजनिक रूपमा सूचना जारी गरी उक्त सडक एक महिनाका लागि २४सै घण्टा बन्द रहने जनाएको हो ।  सडक डिभिजन कार्यालयले गत माघ २६ देखि फागुन १५ गतेसम्म २० दिन आंशिक रूपमा बन्द गरी सडक स्तरोन्नतिको काम गरेको थियो । जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने उक्त सडक गुल्मीको वामीटक्सारबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको बुर्तिबाङसम्म सवारीसाधन ओहोरदोहोर गर्ने मुख्य सडकअन्तर्गत पर्छ…
पूरा पढ्नुहोस् ...
विश्वकप फाइनल : कहाँ चुक्यो न्युजिल्यान्ड, कसरी फेर्‍यो भारतले रणनीति ?

विश्वकप फाइनल : कहाँ चुक्यो न्युजिल्यान्ड, कसरी फेर्‍यो भारतले रणनीति ?

काठमाडौं, २५ फागुन २०८२ । एक लाख ३० हजार क्षमताको नरेन्द्र मोदी रंगशालामा उपस्थित दर्शकको लगातारको समर्थन सायद न्युजिल्यान्डका खेलाडीका निम्ति दबाब बन्न पुग्यो । ट्वान्टी–२० विश्वकपको रोचक ठानिएको फाइनलमा न्युजिल्यान्डले टस जित्नुबाहेक अरू कुनै प्रभावकारी प्रदर्शन गर्न सकेको देखिएन । विश्वकपको एकपक्षीयजस्तो देखिएको फाइनलमा न्युजिल्यान्डले रचेको रणनीति कहाँ असफल भयो तथा भारतको रणनीति कसरी सफल भयो ? १. न्युजिल्यान्डले म्याकोन्चीभन्दा निशमलाई रोज्नुनरेन्द्र मोदी रंगशालामा फाइनलका निम्ति बीचभागको पिच प्रयोग गरिएको थियो । रातो र कालो माटो मिसिएको यो विकेट बाउन्सका निम्ति चिनिन्छ । पिचले स्पिनरलाई धेरै सहयोग गर्दैन । त्यसैले प्रतियोगितामा खासै प्रभाव नपारे पनि न्युजिल्यानडले ज्याकोब डफीलाई टोलीमा समावेश गर्नु सम्भवतः सही निर्णय थियो । तर, टोलीले कोल म्याकोन्जीलाई हटाएर जिम्मी निशम छान्नु सही निर्णय देखिएन । जबकि, म्याकोन्जीले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध एउटा ओभरमा खेलको दिशा नै बदलिदिएका थिए । यस विश्वकपमा भारतका अभिषेक शर्मा तीनपटकसम्म अफ स्पिनरको पहिलो ओभरमै आउट भएका थिए । तर, यसपटक उनले ग्लेन फिलिप्सका बलहरू सम्हालेर खेल सुरु गरे । गति बढाएपछि न्युजिल्यान्डले उनलाई रोक्न सकेन । टोलीसँग अर्को अफ–स्पिनरको विकल्प पनि थिएन । २. म्याट हेनरीलाई एक ओभरपछि हटाउनुभारतले सावधानीपूर्वक सुरुआत गर्‍यो र पहिलो दुई ओभरमा १२ रन मात्र बनायो । त्यसपछि कप्तान मिचेल सान्तनरले म्याट हेनरीलाई हटाएर डफीलाई बलिङ दिए ।…
पूरा पढ्नुहोस् ...
४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

काठमाडौं, २५ फागुन २०८२ । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम करिबकरिब आइसकेको छ । प्राप्त मतपरिणामलाई हेर्दा यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छन् । प्रत्यक्ष निर्वाचन जितेका ४० वर्षमुनिकै ५४ जना सांसद यसपटक संसदमा देखिने भएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट केही अरु थपिन सक्छन् । प्रत्यक्ष निर्वाचित ४० मुनिका तीन सांसद नेपाली कांग्रेस, दुई नेकपा एमाले, एक राप्रपा र एक श्रम संस्कृति पार्टीबाट रहेका छन् । त्यसबाहेक सबै युवा सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनिएका छन् । देशभरबाट जनलहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीकै उम्मेदवारका रुपमा उभ्याएका ३६ वर्षीय बालेन शाह (बालेन) भारी मतले विजयी भए । त्यो पनि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराएर उनले नयाँ रेकर्ड नै कायम गरे । ६८,३४८ मतले बालेन विजयी हुँदा ओली १८,७३४ मतमै सिमित भए । त्यस्तै, रास्वपाबाटै ३० वर्षीया सोविता गौतम चितवन–३ बाट विजयी भइन् । उनले ५९,८१४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल २०,६१५ ल्याएर पराजित बनिन् । सुनसरी–२ बाट ३९ वर्षीय लालविक्रम थापा विजयी हुँदा नेपालीका कांग्रेसका राजीव कोइराला पाराजित बने । रुपन्देही–२ बाट रास्वपाकै २८ वर्षीय सुलभ खरेल विजयी हुँदा नेकपा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल करिब ४३ हजार मतान्तरले पराजित भए । मोरङ–६ मा पनि रुविना आचार्यले पनि नेपाली कांग्रेसका प्रभावशाली मानिएका नेता…
पूरा पढ्नुहोस् ...
निर्वाचन प्रचारप्रसार १८ गते मध्यरातिदेखि निषेध

निर्वाचन प्रचारप्रसार १८ गते मध्यरातिदेखि निषेध

काठमाडौँ, १४ फागुन २०८२ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने आयोगको निर्णयमा भनिएको छ । साथै कहीँ कतै यस्तो गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउनुपर्ने निर्णय गरेको पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यस्तै मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय पनि आयोगले गरेको छ । आयोगले अत्यावश्यक सेवाका सवारीसाधनमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेकालाई राखेको छ ।  आयोगले मतदानको मितिभन्दा सात दिनअगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा…
पूरा पढ्नुहोस् ...
चुनाव, मधेश र देश : अब मत होइन, विवेक बदल्ने बेला

चुनाव, मधेश र देश : अब मत होइन, विवेक बदल्ने बेला

नेपालको राजनीतिक इतिहासमा भदौ २०८२ को त्यो ऐतिहासिक जेनजी विद्रोह एउटा यस्तो युगान्तकारी प्रस्थानबिन्दु थियो, जसले दशकौंदेखि जकडिएको परम्परागत सत्ता संरचना र पुराना दलहरूको सिन्डिकेटलाई जरैदेखि हल्लाइदियो, अथवा भनौं उखेलिदियो । सडकमा उत्रिएका हजारौं युवाको एउटै स्वर सुशासन, भ्रष्टाचार अन्त्य, नीति र नैतिकताको थियो । सोही जनदबाबको जगमा एउटा गैरदलीय प्रकृतिको नागरिक अन्तरिम सरकार गठन भयो एकमात्र जिम्मेवारी लिएर र त्यो थियो निष्पक्ष, भयरहित र विश्वसनीय निर्वाचनको वातावरण निर्माण गरी निर्वाचन सम्पन्न गराइदिनु । यो कुनै जोडघटाउबाट बनेको सरकार थिएन, अपितु ७२ नागरिकको रगत र खर्बौंको भौतिक विध्वंसको खरानीबाट उठेर विधिको शासन र राजनीतिक शुद्धीकरणका लागि नेपाली जनताले सुम्पेको एउटा ऐतिहासिक जिम्मेवारी थियो । तर विडम्बना, जो पात्रहरूलाई निष्पक्ष, तटस्थ, गैरदलीय र विज्ञ ठानेर मन्त्रीमण्डलमा सामेल गरियो, उनीहरू नै अहिले व्यक्तिगत राजनीतिक अभीष्ट पूरा गर्ने दौडमा लागेको पाइनुले नागरिक सरकार गठनमा पनि हामी फेरि एक पटक ठगिएको महसुस भएको छ । अस्तिसम्म कुनै पनि दलको पक्षमा नरहेको दाबी गर्नेहरूले जेनजी आन्दोलनको घाउको टाटो सुक्न नपाउँदै, आफूले पाएको ऐतिहासिक जिम्मेवारीबाट पन्छिएर त्यहीँ पाएको मन्त्री पदको लोकप्रियताको धरातलमा दलको फेरो समाउँदै उम्मेदवार बनेका छन् । निर्वाचन गराउने म्यान्डेट पाएका मन्त्रीहरू निर्वाचनकै पूर्वसन्ध्यामा पदबाट राजीनामा दिएर आफैं उम्मेदवार बन्नुले नेपाली राजनीतिमा एउटा लज्जाहीन र नैतिकताहीन स्वार्थको द्वन्द्व संस्थागत गरेको देखिन्छ ।मन्त्री पदको गरिमा र राज्यको साधनस्रोत दोहन गरेर सस्तो लोकप्रियता बटुल्ने र…
पूरा पढ्नुहोस् ...
गायिका मेनुका राई र गायक नबिन राईकाे स्वरमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

गायिका मेनुका राई र गायक नबिन राईकाे स्वरमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

काठमाडौं । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतको विषयवस्तु किरात समुदायको महत्वपूर्ण चाड ‘उधौली र उभौली’सँग जोडिएको छ। उधौली र उभौली किरात समुदायले प्रकृति, भूमी र पुर्खाप्रति आस्था व्यक्त गर्दै मनाउने सांस्कृतिक विशेषतालाई गीतमा चित्रण गरिएको छ ।  नयाँ खेतीपाती सुरु हुनु अघि प्रकृति र देवतासँग समृद्धिको कामना गर्ने गरिन्छ । यी पर्वहरूमा साकेला नृत्य, मौलिक भेषभूषा र परम्परागत बाजागाजाको विशेष महत्वलाई गीतमा ब्यक्त गरिएको छ । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ  राजु कार्कीले गरेका छन । ‘स्टुडियो किङ’मा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरेश पायल राईले गर्नुभएको छ भने गीतको निर्माता बिना राई रहनुभएको छ । गीतसँगै सार्वजनिक गरिएको भिडियोले पनि उधौली–उभौलीको सांस्कृतिक भाव, सामूहिक नृत्य र जीवनशैलीलाई जीवन्त रूपमा उतारेको छ। भिडियो निर्देशन धन खालिङले गर्नुभएको हो भने जस्केलो क्रियशनले निर्माण गरेको हो। मौलिक संस्कृति, सशक्त शब्द र सुमधुर संगीतको संयोजनले गीतलाई विशेष बनाएको संगीतकर्मीहरूको भनाइ छ। सार्वजनिक भएसँगै गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । ‘उधौली र उभौली साकेला ’ गीतको पुरा भिडियो हेर्न तल…
पूरा पढ्नुहोस् ...
बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

ललितपुर, माघ ६ । आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलोराष्ट्रिय सम्मेलन मंगलबारबाट औपचारिक रूपमा सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनपरियारले नेपाल तराईदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएका विविध कृषि–पर्यावरणीय क्षेत्र रसमृद्ध कृषि जैविक विविधताले सम्पन्न देश भएको बताउनुभयो। उहाँले भन्नुभयो “हाम्रा मौलिक बाली, स्थानीय जात (ल्यान्ड्रेस), पशुधन, कृषि कीरा, कृषिसूक्ष्मजीव तथा जलीय आनुवंशिक स्रोतहरू खाद्य, पोषण तथा स्वास्थ्य सुरक्षा, जलवायुअनुकूलन तथा भविष्यका प्रजनन कार्यक्रमका लागि अत्यन्तै महत्वपूर्ण छन्।” यसर्थ जैविकविविधताको संरक्षण र उपयोगलाई सुदृढ र वैज्ञानिक बनाउनु राष्ट्रिय प्राथमिकता हुनुपर्नेमाउहाँको जोड थियो । बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा कृषिमा आनुवंशिकीको भूमिका, दिगोकृषिका लागि जैविक विविधताको संरक्षण, खाद्य तथा पोषण सुरक्षाका लागि बालीप्रजनन, स्मार्ट कृषिका लागि जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा साइन्स रबायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन तथा कृषि नीति र बौद्धिक सम्पत्तिअधिकारजस्ता विषयमा गहन छलफल हुनेछ । ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा आयोजनागरिएको सम्मेलन बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) रनेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानकोसंयुक्त आयोजनामा सञ्चालन भएको हो। सम्मेलनमा कृषि अनुसन्धानकर्ता तथा वैज्ञानिक, नीति निर्माता, विश्वविद्यालयकाप्राध्यापक, विद्यार्थी, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसहित २३० जनाभन्दाबढीको सहभागिता रहेको छ। सम्मेलन अवधिभर ८ वटा विषयगत विशेष कार्यपत्र,४२ वटा अनुसन्धान लेख, २१ वटा पोस्टर प्रस्तुति प्रस्तुत हुनेछनन भने १०…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.