३ महिना अगाडि
३ महिना अगाडि
नेपालको राजनीतिक इतिहासमा भदौ २०८२ को त्यो ऐतिहासिक जेनजी विद्रोह एउटा यस्तो युगान्तकारी प्रस्थानबिन्दु थियो, जसले दशकौंदेखि जकडिएको परम्परागत सत्ता संरचना र पुराना दलहरूको सिन्डिकेटलाई जरैदेखि हल्लाइदियो, अथवा भनौं उखेलिदियो । सडकमा उत्रिएका हजारौं युवाको एउटै स्वर सुशासन, भ्रष्टाचार अन्त्य, नीति र नैतिकताको थियो । सोही जनदबाबको जगमा एउटा गैरदलीय प्रकृतिको नागरिक अन्तरिम सरकार गठन भयो एकमात्र जिम्मेवारी लिएर र त्यो थियो निष्पक्ष, भयरहित र विश्वसनीय निर्वाचनको वातावरण निर्माण गरी निर्वाचन सम्पन्न गराइदिनु । यो कुनै जोडघटाउबाट बनेको सरकार थिएन, अपितु ७२ नागरिकको रगत र खर्बौंको भौतिक विध्वंसको खरानीबाट उठेर विधिको शासन र राजनीतिक शुद्धीकरणका लागि नेपाली जनताले सुम्पेको एउटा ऐतिहासिक जिम्मेवारी थियो । तर विडम्बना, जो पात्रहरूलाई निष्पक्ष, तटस्थ, गैरदलीय र विज्ञ ठानेर मन्त्रीमण्डलमा सामेल गरियो, उनीहरू नै अहिले व्यक्तिगत राजनीतिक अभीष्ट पूरा गर्ने दौडमा लागेको पाइनुले नागरिक सरकार गठनमा पनि हामी फेरि एक पटक ठगिएको महसुस भएको छ । अस्तिसम्म कुनै पनि दलको पक्षमा नरहेको दाबी गर्नेहरूले जेनजी आन्दोलनको घाउको टाटो सुक्न नपाउँदै, आफूले पाएको ऐतिहासिक जिम्मेवारीबाट पन्छिएर त्यहीँ पाएको मन्त्री पदको लोकप्रियताको धरातलमा दलको फेरो समाउँदै उम्मेदवार बनेका छन् । निर्वाचन गराउने म्यान्डेट पाएका मन्त्रीहरू निर्वाचनकै पूर्वसन्ध्यामा पदबाट राजीनामा दिएर आफैं उम्मेदवार बन्नुले नेपाली राजनीतिमा एउटा लज्जाहीन र नैतिकताहीन स्वार्थको द्वन्द्व संस्थागत गरेको देखिन्छ ।मन्त्री पदको गरिमा र राज्यको साधनस्रोत दोहन गरेर सस्तो लोकप्रियता बटुल्ने र…