KhojSansar

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

social media

मेलबर्न,२७ मङ्सिर (रासस/सिन्ह्वा) :

अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् ।

मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका युवाहरूमा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०–६४ वर्षका बीच ८० प्रतिशत र ६५ वर्षमाथिका समूहमा ८७ प्रतिशत पुगेको छ ।

मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार, “यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेटफर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोगकर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।” उहाँका अनुसार यी एपहरूले युवा प्रयोगकर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने एल्गोरिदममार्फत शोषण गर्ने आरोपमा छन् ।

समर्थकहरूले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधीबाट हुने जोखिम घटाउने बताएका छन् । विरोधकहरूले भने यसले अभिभावक अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक जडानमा बाधा पु¥याउने आरोप लगाएका छन् । यो कदमले दुईपक्षीय समर्थन पाएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ, किनभने अन्य देशहरू पनि समान कानुन विचार गरिरहेका छन् ।

तर, रेडिटले उच्च अदालतमा चुनौती दायर गरेको छ । यसले आफ्नो प्रौढ प्रयोगकर्ता केन्द्रित फोरमहरूमा प्रतिबन्ध लागू नहुने तर्क गरेको छ । गत महिना, दुई जना १५ वर्षीय अष्ट्रेलियाली किशोरहरूले पनि उच्च अदालतमा संवैधानिक चुनौती दायर गरेका थिए ।

नयाँ कानुनअनुसार प्रभावित प्लेटफर्महरूले १६ वर्षमुनिका प्रयोगकर्ताले खाता सिर्जना गर्न वा पहुँच गर्न नदिने उचित कदम चाल्नुपर्नेछ । —

सम्बन्धित समाचारः

  • राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा जोड

  • काठमाडौंको खुलामञ्चमा आदिवासी पहिचानको महासंगम, ३५ हजार जनसहभागी हुने

  • पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

  • पहिरोका कारण नारायणगढ–मुग्लिन अवरुद्ध

  • एमआरपीमा रस्साकस्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.