KhojSansar

हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको उद्धार

Khoj Sansar News

पोखरा, २३ चैत २०८२ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको आइतबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू तालको बीच भागमा फसेका थिए ।

दिउँसो करिब सवा ४ बजे उनीहरू तालमा फसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीअन्तर्गत फेवा रेस्क्यु टावरमा खटिएको टोली परिचालन भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घमको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।

उद्धार गरिएकाहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी, पोखरा–३३ बागमाराकी २१ वर्षीया सलिना पुन, म्याग्दीको अन्नपूर्ण–३ की २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर र १९ वर्षीया रिया मगर रहेका छन् ।

त्यसैगरी, भारतको नयाँ दिल्ली घर भएका २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडबको पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचारः

  • नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

  • आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा. वाग्ले

  • हिमपातमा याकचौरी

  • सवारीसाधन विद्युतीय बन्ने अवसर

  • बन्दीपुरमा नेपालकै पहिलो ‘होमस्टे सर्किट’ घोषणाको तयारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.