KhojSansar

होमपेज

चीनमा चिकनगुनिया भाइरसको प्रकोपः हजारौँ बिरामी पर्दा व्यापक उपायहरू

चीनमा चिकनगुनिया भाइरसको प्रकोपः हजारौँ बिरामी पर्दा व्यापक उपायहरू

ताइपेई (ताइवान), २१ साउन, चीनमा चिकनगुनिया भाइरसको प्रकोपले अधिकारीहरूलाई मच्छडदानीदेखि कीटाणुनाशकको उपयोगबाट रोकथामका उपायहरू अपनाउन प्रेरित गरेको छ । साथै जमेको पानी फाल्न असफल भएका मानिसहरूलाई जरिवाना गर्ने धम्की दिइएको छ र लामखुट्टेको प्रजनन स्थलहरू खोज्न ड्रोनहरू समेत तैनाथ गरिएको छ । बुधबारसम्म यस रोगका सात हजारभन्दा बढी घटना रिपोर्ट गरिएको छ, जुन मुख्य रूपमा हङकङ नजिकैको फोसनको उत्पादन केन्द्रमा केन्द्रित छ । यहाँ एउटा मात्र केस रिपोर्ट गरिएको छ । अधिकारीहरूका अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या बिस्तारै घट्दै गएको देखिन्छ । चिकनगुनिया लामखुट्टेबाट फैलिन्छ र यसले डेङ्गु ज्वरो जस्तै ज्वरो र जोर्नी दुखाइ निम्त्याउँछ । यसमा युवाहरू, वृद्धहरू र पहिले नै चिकित्सा अवस्था भएकाहरू बढी जोखिममा हुन्छन् । चिनियाँ राज्य टेलिभिजनले कामदारहरूले सहरका सडकहरू, आवासीय क्षेत्रहरू, निर्माण स्थलहरू र अन्य क्षेत्रहरू जहाँ मानिसहरू जमेको पानीमा जन्मिने भाइरस बोक्ने लामखुट्टेसँग सम्पर्कमा आउनसक्ने ठाउँहरूमा कीटाणुनाशक छर्केको देखाएको छ । कामदारहरूले कार्यालय भवनहरूमा प्रवेश गर्नुअघि केही ठाउँहरूमा छर्काइ गरे । यो कोभिड–१९ भाइरससँग लड्न प्रयोग गरिएको चीनका विवादास्पद कडा रणनीतिहरूको पुनरागमन हो । बोतल, फूलदानी वा अन्य बाहिरी भाँडाहरू खाली नगर्ने मानिसहरूलाई १० हजार युआन (एक हजार चार सय डलर) सम्म जरिवाना गरिन सक्छ र तिनीहरूको बिजुली काटिन सक्छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई चीनको गुआङ्गडोङ्ग प्रान्त, डोङ्गुआन र अन्य धेरै व्यापारिक केन्द्रहरू, बोलिभिया…
पूरा पढ्नुहोस् ...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २१ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो प्रतिकिलो रु ४९, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ८५, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ८० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६५, घिउ सिमी (राज्मा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ६५, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ५५, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु…
पूरा पढ्नुहोस् ...
ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू

म्याग्दी, २० साउन : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि व्यापारिक उत्पादन सुरू गर्ने समयतालिका बनाएको छ । संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट मात्र उत्पादन गरेको आयोजनाले भदौको सुरूदेखि पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । “आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन”, उहाँले भन्नुभयो, “विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन) लगायतका विषय परीक्षणकै क्रममा रहेकाले उत्पादन क्षमतामा घटबढ भएको हो ।” कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरूङ र पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन थालिएको हो । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरूङ र ६३४ मिटर पेनस्टक पाइपलाइनबाट विद्युत्गृहमा पानी खसालिएको छ । आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सन्राइज बैंक,…
पूरा पढ्नुहोस् ...
किबीका बोटले फल नदिएपछि किसान चिन्तित

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

दिपायल (डोटी), २० साउनः यहाँका किसानले किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले गलाइएका किबीका बोटले फल नदिएपछि चिन्तित भएका छन् । करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फ नलागेपछि किसान चिन्तित भएका हुन् । बडिकेदार गाउँपालिका-४ रनुकाँडाका लक्ष्मण ताडीले चार वर्षअघि करिब पाँच रोपनी क्षेत्रफलमा किबीखेती सुरु गर्नुभएको थियो । अहिले फल नदिँदा मेहनत र लगानी दुवै गुम्ने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो । जिल्लास्थित कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा उदयसिंह कृषि तथा बहुउद्देश्य फार्म स्थापना गरेर किबीखेतीसति अन्य तरकारीखेती गरिरहेको चार वर्ष भएको जनाउँदै उहाँले किबीमा तीन÷चार वर्ष लगातार लगानी गरिए पनि उत्पादन हुने समयमा समस्या देखिएको बताउनुभयो । “किबी अरु फलभन्दा फरक हुन्छ । यसमा भाले र पोथी हुने भएकाले कम्तीमा पाँच वटा बोट लगाउँदा एउटा बोट भाले लगाउनुपर्ने हुन्छ । भालेबोट नभएका कारण यस्तो समस्या देखिएको हो । यसलाई ‘टपवर्किङ’का माध्यमबाट समस्या समाधान गर्न सकिन्छ”, केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले भन्नुभयो । उहाँका अनुसार जिल्लामा एक हजारभन्दा बढी किबीका बोट लगाइएका छन् । खेती गर्नेको सङ्ख्या कम भए पनि पछिल्लो समय किबीखेतीतर्फ आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

काठमाडौँ, २० साउन : दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलीमिटर वर्षा भएको छभने बर्दियाको मानपुरमा एक सय ६७ मिलीमिटर वर्षा भएको छ । बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ । दाङमा पछिल्लो एक घण्टामै २५ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिनुभयो । यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उहाँले बताउनुभयो । यद्यपि मनसुन न्यून चापीय प्रणालीको असर भने नेपालभरि नै रहेको छ । जसका कारण अझै केही दिन मनसुन सक्रिय भइरहने छ । पछिल्लो छ घण्टामा मात्र दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा, बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अन्य साना खोलामा आकस्मिक…
पूरा पढ्नुहोस् ...
नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साम्बा सम्मानित

नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साम्बा सम्मानित

बागमती, १७ साउनः नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (सम्बा) सम्मानित हुनुभएको छ । सञ्चारिका समूह नेपाल मकवानपुरद्वारा आज हेटाँैंडामा आयोजित ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा कप्तान सम्बालाई रु ५० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा हेटाँैंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रधानाध्यापक पुरनबहादुर जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र सञ्चारिका समूह मकवानपुरका अध्यक्ष निशा गुरुङले संयुक्त रूपमा कप्तान सम्बालाई सम्मान गर्नुभयो । कार्यक्रममा कप्तान साम्बाले खेलकुदका लागि अनुशासन, लगनशीलता र अठोट जरुरी रहेको बताउनुभयो । नेपालमा फुलबल खेलाडी उत्पादनका लागि सबैको समन्वयमा अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले नेपाली फुटबलको भविष्य उज्वल रहेकाले यसतर्फ नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख बानियाँले देशको खेलकुद क्षेत्रमा साम्बाको योगदान प्रेरणादायी रहेको बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १६ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ८० पैसा र बिक्रीदर १०८ रुपैयाँ २६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ…
पूरा पढ्नुहोस् ...
प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

काठमाडौँ, १५ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गर्नुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उहाँले ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गर्नुभयो । -रासस
पूरा पढ्नुहोस् ...
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

चितवन, १४ साउनः उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ । हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जीखेती गर्ने वा अन्य पेसामा रमाउँदै राम्रो आयआर्जन गर्नेहरू पनि अहिले त्यतिकै भेटिन्छन् । आआफ्नो गाउँठाउँमा यसरी राम्रो गरेको देखेर त्यसैको सिको गरी विभिन्न पेसा व्यवसायबाट लाभान्वित हुनेहरू पनि प्रसस्त देखिन्छन् । यसै सन्दर्भमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरसहित आसपासका क्षेत्रमा गच्छेअनुसारको पेसा व्यवसाय गरी आमसर्वसाधारणका लागि प्रेरणाको स्रोत बन्न सफल अनेकौँ उदाहरणीय भेटिन्छन् । विशेषगरी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्यागधन्दा, व्यापार व्यवसायमा लगानी गर्ने अधिकांश व्यक्ति आफ्नो आर्थिक तथा सामाजिक हैसियत उच्च बनाइ प्ररेणाको स्रोत बन्न सफल भएका छन् । यसैमध्येको एक हुन् चितवन भरतपुरका प्राविधिक धारका युवा दिनेश पौडेल । भरतपुरस्थित सरकारी अस्पतालको पाँच वर्षको जागिरपछि पेसा बदलेका फार्मेसी विषयका स्नातक पौडेल यस क्षेत्रका युवाका लागि प्रेरणाका स्रोत भएको भनी भरतपुरवासी गर्व गर्दछन् । भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका पौडेल भरतपुरको चौबीसकोठीमा फार्मेसी पसल खोली औषधि व्यापारबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको छ । औषधिको क्षेत्रमा अध्ययनसहित लामो समय काम गर्नुभएका पौडेल चिकित्सकबाट सिफारिस भईआएका औषधिको…
पूरा पढ्नुहोस् ...
बाँस प्रवर्द्धनमा जुट्नुभएका नगर प्रमुख सत्याग्रहमा

बाँस प्रवर्द्धनमा जुट्नुभएका नगर प्रमुख सत्याग्रहमा

खोटाङ, १२ साउनः यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि सत्याग्रह सुरु गर्नुभएको छ । उहाँले बाँसजन्य सामग्रीको प्रवर्द्धनसहित सात बुँदे माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको हो । उहाँका मागहरुमा स्थानीयस्तरमा उत्पादन हुने बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदा छन् । बाँसका सामग्री तथा स्थानीयस्तरमा उत्पादन हुने थोकवस्तुको प्रवर्द्धन गर्न सरकार समक्ष नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह सुरु गरेको नगर प्रमुख भट्टराईले बताउनुभयो । “बाँस तथा बाँसजन्य कच्चा पदार्थ उपयोगमा ल्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौँ । हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो”, उहाँले भन्नुभयो, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सरकारले नीति बनाउनुपर्नेमा सरकार उदासीन देखिएपछि सत्याग्रह सुरु गरेको हुँ । यो कार्यक्रम तीन दिनसम्म जारी रहन्छ ।” शान्तिपूर्णे सत्याग्रहले माग पूरा नभएमा यही साउनको १४ गतेदेखि आमरण अनसन बस्ने तयारी उहाँको छ । बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको थियो । पशुपतिमा कपाल मुण्डन गरेपछि उहाँ खाली खुट्टा हिँडेर सिंहदरबारको दक्षिण ढोका पुग्नुभएको थियो । त्यसपछि माइतीघर मण्डला पुग्नुभएका नगर प्रमुख भट्टराईले बाँसका सामग्री प्रदर्शनसँगै सत्याग्रह सुरु गर्नुभएको हो । नगर प्रमुख भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत लिएर यही साउन ४ गते काठमाडौँ जानुभएको…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.