KhojSansar

होमपेज

प्रज्ञा प्रतिष्ठानबाट पहिलोपटक प्रकाशित गुरुङ भाषाको पत्रिका ‘तमू कए’ को लोकार्पण-२०८२

प्रज्ञा प्रतिष्ठानबाट पहिलोपटक प्रकाशित गुरुङ भाषाको पत्रिका ‘तमू कए’ को लोकार्पण-२०८२

काठमाडौं, ४ भदौ: नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनाको ६८ वर्षमा पहिलोपटक प्रकाशन भएको गुरूङ भाषाको पत्रिका ‘तमू कए’ लोकार्पण भएको छ । प्रज्ञा प्रतिष्ठान र तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिमोचन गरेका हुन् । मन्त्री गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको भन्दै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताए । बसाइँसराइका कारण जनजाति समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको भन्दै गुरुङ समुदायको मातृभाषा नै लोप हुने खतरा बढेकाले यसको संरक्षणमा चनाखो हुनैपर्ने स्थिति आएको बताए । उनले भने, “गाउँगाउँबाट र घरघरबाट भाषा संरक्षणको अभियान सुरु गर्न जरुरी छ । कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ । तमू भाषा संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नु पर्छ । नत्र भने हाम्रो पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जान्छ ।” कार्यक्रममा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा,संस्कृति, कला र जीवनशैलीको दस्तावेजीकरण गर्ने कार्य हुँदै आएको बताए । साथै जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गरेको र त्यसमा गुरुङ समुदायको अत्यन्त न्यून उपस्थिति रहेको यथार्थ पनि उल्लेख गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी…
पूरा पढ्नुहोस् ...
अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

खलङ्गा (दार्चुला), २ भदौ : पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा पहिरो खसेको थियो । पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ । सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्नुहुन्छ परियार

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्नुहुन्छ परियार

गलेश्वर (म्याग्दी), ३० साउनः बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउनुहुन्छ । बाँसका वस्तु बनाउन सिपालु कालीगढ उहाँले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आउनुभएको छ । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ । उन्नाइस वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उहाँले सीप भर्न थाल्नुभएको हो । डोकाडाला बनाउने उहाँको जाँगर जवानको जस्तै छ । “अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उहाँले भन्नुभयो । विपन्न परिवारका परियारले काम नगरे साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उहाँ गर्वका साथ सुनाउनुहुन्छ । “विगतमा बजारमा बेच्न जानुपथ्र्यो अहिले घरमै ग्राह आउँछन्,” उहाँले भन्नुभयो । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाउनुभयो, बिहे गरिदिनुभयो । परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गर्नुभएको छ । एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ । -रासस
पूरा पढ्नुहोस् ...
“आदिवासी आवाज, मौलिक संस्कृति र साझा सहयात्रा-३१ अैा विश्व आदिवासी दिवस २०८२”

“आदिवासी आवाज, मौलिक संस्कृति र साझा सहयात्रा-३१ अैा विश्व आदिवासी दिवस २०८२”

गुल्मी, २६ साउन । ३१औं विश्व आदिवासी दिवसको अवसरमा तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदले काठमाडौंको मित्रनगरस्थित केन्द्रीय कार्यालयमा “चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। परिषदका अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न आदिवासी जनजातीय संघ–संस्थाका शीर्ष प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा आदिवासी जनजातिको अधिकार, पहिचान र परम्परागत ज्ञानको संरक्षणका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले जल, जमिन र जंगलमा आदिवासी जनजातिका परम्परागत हकबाट वञ्चित गरिएको विषयमा चिन्ता व्यक्त गर्दै संविधानमा सुनिश्चित अधिकारहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औंल्याए। उनले महासंघ जनजातिको अधिकार र पहिचानको रक्षामा सदैव अग्रसर रहेको उल्लेख गर्दै व्यवहारिक प्रत्याभूतिका लागि राज्यसँग निरन्तर पहल भइरहेको जानकारी दिएका थिए । विभिन्न जनजातीय सहकर्मी संघ–संस्थाका प्रतिनिधिहरूले विश्व आदिवासी दिवसको अवसरमा आफ्नो शुभकामना मन्तव्य राख्दै आदिवासी जनजातिको सवालमा साझा अभियानमार्फत एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए। उनीहरूले सबै संघ–संस्थाबीच समन्वय, सहकार्य र ऐक्यबद्धताको आवश्यकता औंल्याउँदै हक, पहिचान, संस्कृति, भाषा र परम्परागत ज्ञानको संरक्षणमा जोड दिएका थिए । कार्यक्रममा पवित्र बज्राचार्य (नेवा: देय दबु), शान्ति देवान (किराँत यायोक्खा छुम्मा), सर्वधन राई (किराँत राई यायोक्खा), निरन्ती तुम्वणे (किराँत याक्थुम्बा चुम्लुङ), हरिचन्द्र छन्त्याल (छन्त्याल संघ), गंगा बहादुर थापा मगर (नेपाल मगर संघ), भद्रकुमारी बराम (नेपाल बराम संघ), सुमन चौधरी…
पूरा पढ्नुहोस् ...
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

डुम्रे (तनहुँ), २६ साउनः यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु-याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । इलामको रोेङ गाउँँपालिकाको अध्ययन भ्रमणपश्चात प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढङ्गले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताउनुभयो । गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम् प्रविधि तथा व्यवस्थापन प्र्रणालीको प्रयोग गर्ने जनाइएको छ । जसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवद्र्धन, डिजिटल मार्केटिङ, क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ । किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीको भनाइ छ । “गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझै बढी जीवन्त बनाउनेछ”, उहाँले भन्नुभयो, “हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचालाई अँगाल्नेछौँ ।” भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा टेवा पु¥याउने…
पूरा पढ्नुहोस् ...
साइबर प्रतिरोधका लागि सामूहिक पहल गर्ने सङ्कल्पसहित ‘साइबर भिजन २०२५’ सम्पन्न

साइबर प्रतिरोधका लागि सामूहिक पहल गर्ने सङ्कल्पसहित ‘साइबर भिजन २०२५’ सम्पन्न

काठमाडौँ, २३ साउन : सूचना प्रविधिका कारण विकसित साइबर सुरक्षा चुनौती र नवप्रवर्तनशील समाधान, विश्वस्तरीय प्रविधि र डिजिटल रूपान्तरणका लागि सामूहिक सङ्कल्प गर्दै ‘साइबर भिजन–२०२५’ नेपाल च्याप्टर कार्यक्रम सम्पन्न भएको छ । नेपालस्थित प्रविधि कम्पनी डाँफेलिङ्क र संयुक्त अरब इमिरेट्स (युएई) केन्द्र रहेको कम्पनी एरोनेक्सको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा साइबर सुरक्षाविज्ञ तथा सरोकार भएकाहरूले साइबर प्रतिरोध, डिजिटल फरेन्सिकलगायत विविध सुरक्षा प्रविधि प्रवर्द्धनका लागि साझा प्रयत्न गर्नुपर्ने निष्कर्ष निकालेका छन् । कार्यक्रममा क्षेत्रीय पहललाई दक्षिणपूर्वी एसियासम्म विस्तार गर्ने योजनासहित आगामी नोभेम्बरमा ‘साइबर भिजन २०२५ बैङ्कक च्याप्टर’ आयोजना गर्ने र डाँफेलिङ्कले एरोनेक्ससँगको सहकार्यमा नेपालमा पहिलोपटक सुरक्षा सञ्चालन केन्द्र (एसओसी) र नेटवर्क सञ्चालन केन्द्र (एनओसी) स्थापना गर्ने घोषणा गरिएको छ । यो कदम नेपाललाई क्षेत्रीय साइबर ‘डिफेन्स हब’को रूपमा विकास गर्ने लक्ष्यमा कोशेढुङ्गा सावित हुने डाँफेलिङ्कका प्रमुख कार्यकारी अधिकृत सञ्जय बर्धनले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको भविष्य प्रविधिभन्दा अघि सोच्न सक्ने सामूहिक दृष्टिकोणमा छ, साइबर भिजन त्यसैको व्यावहारिक अभिव्यक्ति हो । हामी नेपालमा साइबर प्रतिरोधलाई अर्को ठूलो उपलब्धिका रूपमा स्थापित गर्न प्रतिबद्ध छौँ । त्यसका लागि सहकार्य विस्तार र नेपालमा आवश्यक सञ्जाल बनाउन अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।” कार्यक्रममा एरोनेक्सका प्रमुख कार्यकारी अधिकृत सुजित कुमारले डिजिटल सीमाको सुरक्षाका लागि नवप्रवर्तन र सहकार्यको वातावरण बनाउन कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । गरुडा…
पूरा पढ्नुहोस् ...
व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

भोजपुर, २२ साउन : यहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहनुभएको छ । उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नुभएको छ । आठ वर्षअघिदेखि खुर्सानीखेती गरिरहनुभएका राईले यो वर्ष १७ हजार बोट हारहारीमा खुर्सानी रोप्नुभएको छ । “आफ्नै ठाउँमा केही गरौँ भन्ने लक्ष्यका साथ खुर्सानीखेतीमा लागेको छु”, उहाँले भन्नुभयो, “यो वर्ष २५ रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको छु ।” युवाहरुमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा आफ्नै बारीमा व्यावसायिक रुपमा कृषि कर्म गरिरहेको उहाँले बताउनुभयो । व्यावसायिक योजनाका आधारमा पौवादुङमा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मल्चिङ प्लाष्टिक दिएकाले थप सहज भएको उहाँको भनाइ छ । उहाँले फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । सडकको पहुँच भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सकिने उहाँले बताउनुभयो । देउमान मात्र नभएर गाउँपालिकाका अन्य सयौँले खुर्सानी खेती गरिरहनुभएको छ । किसानको व्यावसायिक योजनाका आधारमा आवश्यक सहयोग गरिरहेको पौवादुङमा गाउँपालिकाा अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषिउपजको बजारीकरण गरिरहेको उहाँको भनाइ छ । खुर्सानीखेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई रु ७० लाख बढीको मल्चिङ प्लाष्टिकलगायतका कृषि सामग्री वितरण गरेको जनाएको छ । गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै गत वर्ष खुर्सानीबाट रु १८ करोड हाराहारीमा रकम पौवादुङ्मा भित्रिएको उहाँले जानकारी दिनुभयो । यहाँको करिब…
पूरा पढ्नुहोस् ...
चीनमा चिकनगुनिया भाइरसको प्रकोपः हजारौँ बिरामी पर्दा व्यापक उपायहरू

चीनमा चिकनगुनिया भाइरसको प्रकोपः हजारौँ बिरामी पर्दा व्यापक उपायहरू

ताइपेई (ताइवान), २१ साउन, चीनमा चिकनगुनिया भाइरसको प्रकोपले अधिकारीहरूलाई मच्छडदानीदेखि कीटाणुनाशकको उपयोगबाट रोकथामका उपायहरू अपनाउन प्रेरित गरेको छ । साथै जमेको पानी फाल्न असफल भएका मानिसहरूलाई जरिवाना गर्ने धम्की दिइएको छ र लामखुट्टेको प्रजनन स्थलहरू खोज्न ड्रोनहरू समेत तैनाथ गरिएको छ । बुधबारसम्म यस रोगका सात हजारभन्दा बढी घटना रिपोर्ट गरिएको छ, जुन मुख्य रूपमा हङकङ नजिकैको फोसनको उत्पादन केन्द्रमा केन्द्रित छ । यहाँ एउटा मात्र केस रिपोर्ट गरिएको छ । अधिकारीहरूका अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या बिस्तारै घट्दै गएको देखिन्छ । चिकनगुनिया लामखुट्टेबाट फैलिन्छ र यसले डेङ्गु ज्वरो जस्तै ज्वरो र जोर्नी दुखाइ निम्त्याउँछ । यसमा युवाहरू, वृद्धहरू र पहिले नै चिकित्सा अवस्था भएकाहरू बढी जोखिममा हुन्छन् । चिनियाँ राज्य टेलिभिजनले कामदारहरूले सहरका सडकहरू, आवासीय क्षेत्रहरू, निर्माण स्थलहरू र अन्य क्षेत्रहरू जहाँ मानिसहरू जमेको पानीमा जन्मिने भाइरस बोक्ने लामखुट्टेसँग सम्पर्कमा आउनसक्ने ठाउँहरूमा कीटाणुनाशक छर्केको देखाएको छ । कामदारहरूले कार्यालय भवनहरूमा प्रवेश गर्नुअघि केही ठाउँहरूमा छर्काइ गरे । यो कोभिड–१९ भाइरससँग लड्न प्रयोग गरिएको चीनका विवादास्पद कडा रणनीतिहरूको पुनरागमन हो । बोतल, फूलदानी वा अन्य बाहिरी भाँडाहरू खाली नगर्ने मानिसहरूलाई १० हजार युआन (एक हजार चार सय डलर) सम्म जरिवाना गरिन सक्छ र तिनीहरूको बिजुली काटिन सक्छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई चीनको गुआङ्गडोङ्ग प्रान्त, डोङ्गुआन र अन्य धेरै व्यापारिक केन्द्रहरू, बोलिभिया…
पूरा पढ्नुहोस् ...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २१ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो प्रतिकिलो रु ४९, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ८५, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ८० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६५, घिउ सिमी (राज्मा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ६५, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ५५, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु…
पूरा पढ्नुहोस् ...
ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू

म्याग्दी, २० साउन : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि व्यापारिक उत्पादन सुरू गर्ने समयतालिका बनाएको छ । संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट मात्र उत्पादन गरेको आयोजनाले भदौको सुरूदेखि पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । “आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन”, उहाँले भन्नुभयो, “विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन) लगायतका विषय परीक्षणकै क्रममा रहेकाले उत्पादन क्षमतामा घटबढ भएको हो ।” कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरूङ र पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन थालिएको हो । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरूङ र ६३४ मिटर पेनस्टक पाइपलाइनबाट विद्युत्गृहमा पानी खसालिएको छ । आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सन्राइज बैंक,…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.