८ महिना अगाडि
८ महिना अगाडि
काठमाडौं, ४ भदौ: नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनाको ६८ वर्षमा पहिलोपटक प्रकाशन भएको गुरूङ भाषाको पत्रिका ‘तमू कए’ लोकार्पण भएको छ । प्रज्ञा प्रतिष्ठान र तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिमोचन गरेका हुन् । मन्त्री गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको भन्दै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताए । बसाइँसराइका कारण जनजाति समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको भन्दै गुरुङ समुदायको मातृभाषा नै लोप हुने खतरा बढेकाले यसको संरक्षणमा चनाखो हुनैपर्ने स्थिति आएको बताए । उनले भने, “गाउँगाउँबाट र घरघरबाट भाषा संरक्षणको अभियान सुरु गर्न जरुरी छ । कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ । तमू भाषा संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नु पर्छ । नत्र भने हाम्रो पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जान्छ ।” कार्यक्रममा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा,संस्कृति, कला र जीवनशैलीको दस्तावेजीकरण गर्ने कार्य हुँदै आएको बताए । साथै जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गरेको र त्यसमा गुरुङ समुदायको अत्यन्त न्यून उपस्थिति रहेको यथार्थ पनि उल्लेख गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी…