KhojSansar

अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

Khoj Sansar News

खलङ्गा (दार्चुला), २ भदौ : पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा पहिरो खसेको थियो ।

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ । सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । -रासस

सम्बन्धित समाचारः

  • राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा जोड

  • काठमाडौंको खुलामञ्चमा आदिवासी पहिचानको महासंगम, ३५ हजार जनसहभागी हुने

  • पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

  • पहिरोका कारण नारायणगढ–मुग्लिन अवरुद्ध

  • एमआरपीमा रस्साकस्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.