KhojSansar

होमपेज

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ, ४ पुसः यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा विद्युत् सवस्टेसन निर्माण सुरु गरेको हो ।         लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभिए विद्युत् प्रसारण लाइन तथा सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको हो । उहाँसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार मुस्ताङको चैले र चराङमा पुगेर सवस्टेसन निर्माण क्षेत्रको स्थलगत अवलोकन तथा सर्वे गर्नुभएको छ ।         भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा देवयान्स÷भिसान जेभीले रु ३८ करोड लागतमा ठेक्का सम्झौता गरेको आयोजना प्रमुख विमलराज राउतले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङ जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने उद्देश्यले प्राधिकरणले गत वर्ष ठेक्का सम्झौता गरेको बताउनुभयो ।         प्राधिकरणले एक वर्षअघि सवस्टेसन निर्माण प्रक्रिया अघि बढाए पनि सबै ठेक्का प्रक्रिया पूरा गर्न करिब ११ महिना समय खर्चिनुपरेको आयोजना प्रमुख राउतको भनाइ छ । आयोजना र निर्माण कम्पनीबीच चैले र चराङमा उक्त सवस्टेसन १५ भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जनाउँदै उहाँले चैले र चराङमा दुई वटा ‘थ्रिएमबिए’ को ३३ केभी सवस्टेसन निर्माण हुने उल्लेख गर्नुभयो ।         प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सवस्टेसन रहेको थासाङ-२ कोवाङ सवस्टेनबाट १०३ किलोमिटर दूरीमा…
पूरा पढ्नुहोस् ...
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चाङ्गा

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चाङ्गा

म्याग्दी (बेनी), ४ पुसः प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्गला गाउँपालिका–५ अर्मनको चाङ्गाधुरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ ।         समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चाङ्गामा सडक यातायातको पहुँच, खानेपानी र केन्द्रीय विद्युतीकरणको सुविधा विस्तारसँगै प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । चाङ्गाखर्कबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।         पहिलो पटक चाङ्गा क्षेत्रको भ्रमणमा पुग्नुभएका बेनीका विनोद धौलागिरिले चाङ्गाबाट देखिने प्राकृतिक सौन्दर्यसँगै ग्रामीण जीवनशैलीले आफूलाई लोभ्याएको बताउनुभयो । उहाँले स्थानीयले गर्ने परम्परागत कृषि र पशुजन्य उत्पादनलाई पर्यटनसँग जोड्नसकेमा पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जनजीवनमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । चाङ्गा प्रकृति, जीवनशैली र संस्कृतिको सङ्गम मानिन्छ ।         यहाँबाट चुरेन, सीता, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे« र धम्पुस पिक हिमालका दन्तेलहर दृष्यले पर्यटकलाई लोभ्याउने गरेको छ । चाङ्गा क्षेत्रको भ्रमणमा समूहमा पुग्ने पर्यटकलाई स्थानीयले मौलिक भजनकृतन र नाचगान गरेर कला संस्कृतिमा रमाउन पाउने प्रबन्धसमेत मिलाइएको छ । पर्यटन सम्भावनाले भरिपूर्ण रहे पनि ओझेलमा परेका कारण गाउँपालिका र वडामार्फत पूर्वाधार निर्माण तथा प्रचार प्रसारको काम अघि बढाइएको मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो ।         उहाँका अनुसार चाङ्गा खर्कमा वनभोजस्थल चाङ्गा नजिकै रहेको चुलीको धुरीमा पार्क बनाउने तयारी गरिएको छ । गुराँसे जङ्गलमा झाडी फडानी गरेर लालीगुराँसको संरक्षण गरी पर्यटकीय आकर्षण बढाउने योजना बनाइएको छ । “स्थानीयवासी…
पूरा पढ्नुहोस् ...
अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

मेलबर्न,२७ मङ्सिर (रासस/सिन्ह्वा) : अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका युवाहरूमा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०–६४ वर्षका बीच ८० प्रतिशत र ६५ वर्षमाथिका समूहमा ८७ प्रतिशत पुगेको छ । मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार, “यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेटफर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोगकर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।” उहाँका अनुसार यी एपहरूले युवा प्रयोगकर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने एल्गोरिदममार्फत शोषण गर्ने आरोपमा छन् । समर्थकहरूले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधीबाट हुने जोखिम घटाउने बताएका छन् । विरोधकहरूले भने यसले अभिभावक अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक जडानमा बाधा पु¥याउने आरोप लगाएका छन् । यो कदमले दुईपक्षीय समर्थन पाएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ, किनभने अन्य देशहरू पनि समान कानुन विचार गरिरहेका छन् । तर, रेडिटले उच्च अदालतमा चुनौती दायर गरेको छ । यसले आफ्नो प्रौढ प्रयोगकर्ता केन्द्रित फोरमहरूमा प्रतिबन्ध लागू नहुने…
पूरा पढ्नुहोस् ...
हिक भिजन ‘ब्राण्ड’ को वार्षिक वितरक भेला सुरु

हिक भिजन ‘ब्राण्ड’ को वार्षिक वितरक भेला सुरु

चितवन, २७ मङ्सिर : सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला २०२५’ यहाँ सुरुआत भएको छ । पछिल्लो दिनमा हिक भिजन चीनबाट ‘सिसिटिभी सर्भिलेन्स’ सम्बन्धी ‘सिरिज’ घरायासी प्रयोजनदेखि पसल कार्यालय, विद्यालय, सभाहल टोल सार्वजनिकस्थललगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको ‘सिसिटिभी’, हाजिरी उपस्थिति उपकरण, ‘स्मार्ट इन्टरआक्टिभ बोर्ड’, ‘लक सिस्टम’, ‘गेट ब्यारिअर’ , ‘अलार्म सिष्टम’, ‘फायर स्मोक’ लगायतका ‘डिटेक्टर सिष्टम’, ‘अण्डर भेहिकल सर्भिलियन्स सिष्टम’ ‘एक्सरे मेसिन’ लगायत उपकरण उत्पादित छन् । यी उपकरण विश्वबजारमा लोकप्रिय छ । नेपालको आधिकारीक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिद्वारा आयोजित सो भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारिक वितरक सहभागी भएका छन् । भेलामा हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झि सहभागी हुनुहुन्छ । म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी वितरकहरू सहभागी भएको जानकारी दिनुभयो । उहाँका अनुसार वितरक भेलामा सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्ने छन् । भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट १० डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उहाँले बताउनुभयो । म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक मणिकुमार तामाङले…
पूरा पढ्नुहोस् ...
तस्बिर र टिकटक कैद गर्दै युवती

तस्बिर र टिकटक कैद गर्दै युवती

दमौली (तनहुँ), २७ मङ्सिरः तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा मौलिक वेषभूषामा सजिएर तस्बिर एवं टिकटक कैद गर्दै दुई युवती । विभिन्न जातजातिका वेषभूषा लगाएर टिकटक बनाउने, तस्बिर कैद गर्न आन्तरिक पर्यटकको आजभोलि घुइँचो लाग्ने गर्दछन् । तस्बिरः कृष्ण न्यौपाने÷रासस
पूरा पढ्नुहोस् ...
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

मुस्ताङ, २४, मङ्सिरः यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो ।         जिल्लामा विगतका वर्षभन्दा यस वर्ष स्याउ बगैँचा व्यवस्थापन चाँडो सुरु गरिएको हो । भदौदेखि कात्तिकसम्म स्याउको ‘पोस्टहार्भेस्ट’ (बाली उत्पादन वा कटानीदेखि उपभोक्ताले उपभोग नगरेसम्म गरिने व्यवस्थापनका सम्पूर्ण क्रियाकलाप) सकिएसँगै स्याउका बोटमा पात झरेर उजाड बनिसकेका छन् । यस वर्ष जमिनको तापक्रम नघटेकाले स्याउका पात छिटो सुकेका किसान बताउँछन् ।         समान्यतया यहाँ स्याउ बगैँचा व्यवस्थापन पुस र माघमा गर्ने गरिए पनि यस वर्ष पातहरू झरिसकेकाले बगैँचा व्यवस्थापनमा किसानको सक्रियता बढेको घरपझोङका किसान दिवश थापाले बताउनुभयो । हिउँदयामको जाडो मौसममा यहाँका किसानले आफ्नो समयअनुकूल बगैँचाको व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो ।         “बगैँचा व्यवस्थापनको पहिलो प्राथमिकतामा स्याउका बोटको उपयुक्त काँटछाँट गर्नुहुन्छ । प्रत्येक बोटका हाँगाबिगामा सूर्यको प्रकाश समान रूपमा पर्नुपर्ने र चारैतिरबाट हावा खेल्नुपर्ने हुन्छ । यसो भएमा सूर्यको प्रकाश र हावाको माध्यमबाट बिरुवालाई चाहिने आवश्यक तत्व प्राप्त हुन्छ । बोटमा पलाएका अनावश्यक हाँगाबिगा र पातले स्याउको गुणस्तर र उत्पादनमा ह्रास पुर्‍याउन सक्ने भएकाले उपयुक्त काँटछाँट गर्नु जरुरी हुन्छ”, किसान थापाले भन्नुभयो । जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेका उहाँको भनाइ…
पूरा पढ्नुहोस् ...
जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्

जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्

कीर्तिपुर (काठमाडौँ), २४ मङ्सिरः सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए । भर्खर कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्ने सपना बोक्नुभएका कीर्तिपुर नगरपालिका–२ मा पर्ने मैत्रीनगरका पासाङ तामाङलाई पनि साथीभाइसँग भलाकुसारी गरिरहने माध्यम फेसबुक आदि सामाजिक सञ्जाल बन्द भएपछि आक्रोश जाग्नु स्वभाविक नै थियो ।        बौद्धमा क्याफे चलाएर बसेका उहाँका बाबु बुद्धबहादुर पनि सरकारको सो निर्णयप्रति आक्रोषित बन्नुभएको थियो । उहाँलाई पनि गत भदौ २३ गते आफ्ना छोरासरहका युवाहरुले गरेको आन्दोलनमा एक्यबद्धता नजनाई रहन सक्नुभएन । उहाँ बानेश्वर केन्द्रित आन्दोलनमा सरिक हुनुभयो । दिन जति बढ्दै थियो, आन्दोलन पनि उति नै चर्किरहेको थियो । जुलुस अन्तरराष्ट्रिय सम्मेलन केन्द्रतर्फ लागेको थियो, प्रहरी र प्रदर्शनकारीबीच मुठभेड सुरु भएको खबर आउन थालेका थिए । पासाङ आफ्नी हजुरआमा लक्ष्मीलाई आन्दोलनको खबर बेलाबोलामा दिइरहनुहुन्थ्यो र मोबाइलमा फोटो पनि देखाउँदै हुनुहुन्थ्यो ।        अपराह्नतिर आन्दोलनमा जब गोली चल्न थाल्यो, घाइते र मृतकका फोटोहरु पनि धमाधम आउन थाले । एकपछि अर्को मानवीय क्षतिको समाचार आउन थाले । त्यसपछि आमा लक्ष्मीको मनमा छोरा बुद्धिबहादुर बौद्धको क्याफेमै छन् कि आन्दोलनमा गए भन्ने कुराले खुल्दुली मच्चियो । लक्ष्मी र पासाङले आ–आफ्ना मोबाइलबाट धेरै पटक बुद्धिबहादुरलाई फोन गर्नुभयो तर फोन उठेन । फोन गर्नासाथ उठाइहाल्ने वा केही…
पूरा पढ्नुहोस् ...
एनपिएलः आज दुई खेल हुने

एनपिएलः आज दुई खेल हुने

काठमाडौँ, १६ मङ्सिर : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।        त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।        लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।        अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ ।
पूरा पढ्नुहोस् ...
स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १२ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।         भेटमा मन्त्री गौतमले नेपाल–भारतबीचको सम्बन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।        राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहोर्याउँदै राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, आवश्यक उपकरण र जनशक्तिको तालिममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    
पूरा पढ्नुहोस् ...
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

दमौली (तनहुँ), ५ मङ्सिर : जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिरको नजिकै रहेको यस उद्यानमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । प्रसिद्ध छिम्केश्वरी माई मन्दिरमा पूजाआजाका लागि आउनेहरू यस उद्यानमा घुम्न नछुटाउने गुरुङको भनाइ छ । गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीय जनसहभागिता रु दुई लाख गरी रु २२ लाखको लागतमा पार्क निर्माण गरिएको हो । यहाँ २० फिट अग्लो नेपालको झण्डासमेत राखिएको छ । यहाँको मौसम शीतल रहेकाले गर्मी मौसममा अझ बढी पर्यटकको सङ्ख्या बढ्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ छिनछिनमा मौसम परिवर्तन भइरहन्छ, एकैछिनमा घाम लाग्छ एकैछिनमा हुस्सुले छेकिन्छ ।” यहाँ आउने आन्तरिक पर्यटक तस्बिर खिच्न, टिकटक बनाउन पार्कमा भुल्ने गरेका छन् । यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई अझ मोहित बनाउने गरेको छ । छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्वार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्वार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ । गोरखा…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.