KhojSansar

बरेङ गाउँपालिकाद्वारा उत्कृष्ट प्रतिभा सम्मानित, ४१ जना विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

Bareng Gaupalika News KhojSansar News

बागलुङ, २२ असार २०८२ – शिक्षामा नवप्रवर्तन र उत्कृष्टताको प्रवर्द्धन गर्दै बरेङ गाउँपालिकाले शिक्षा क्षेत्रका विभिन्न तहका ४१ जना उत्कृष्ट व्यक्तित्वहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मानित तथा पुरस्कृत गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश “गुणस्तरी शिक्षा, जिम्मेवार प्रशासन र सामुदायिक संलग्नता” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, लेखा सहायक, बालशिक्षक, विद्यालय सहयोगी तथा उच्च जिपिए (GPA) हाँसिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा बरेङ गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद शर्माले मन्तव्य दिँदै शिक्षा क्षेत्रमा उत्कृष्टता हाँसिल गर्नेहरूको पहिचान तथा प्रोत्साहनलाई संस्थागत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उत्कृष्ट शिक्षक र कर्मचारीहरूः

शैक्षिक संस्थानामपद / तह
महेन्द्र माध्यामिक विद्यालयटिकाराम शर्मावि.व्य.स. अध्यक्ष
पुरुषोदय माध्यामिक विद्यालयमन बहादुर श्रीसप्रधानाध्यापक
मंगलमय नेपालतारा थममाया थापा पुनप्राविधिक धार
सर्वोदय माध्यामिक विद्यालयओम बहादुर पुनमाध्यमिक तह शिक्षक
भृकुटी माध्यामिक विद्यालयखिम बहादुर पुननिम्न माध्यमिक तह शिक्षक
सल्यान सुखौरा माध्यामिक विद्यालयअर्चना शर्माप्रारम्भिक तह शिक्षिका
सिर्जना प्रारम्भिक विद्यालयनुर्पा छन्त्याल पुनबालशिक्षिका
सर्वोदय माध्यामिक विद्यालयकल्पना क्षेत्रीलेखा सहायक
महेन्द्र माध्यामिक विद्यालययुवराज पुनविद्यालय सहयोगी

एसईईमा सबै विद्यार्थीलाई ग्रेडेड गराउन सफल शिक्षकहरूः

शैक्षिक संस्थानामपद / विषय
सर्वोदय माध्यामिक विद्यालयचित्र थापाप्रधानाध्यापक
पार्वता भूषालशिक्षक
दुर्गा देवी शर्माशिक्षक
परशुराम शर्माशिक्षक
धुल्लुलिउँवा माध्यामिक विद्यालयथुमराज ढुङ्गानाशिक्षक
पार्वती लामिछानेशिक्षिका
पुरुषोदय माध्यामिक विद्यालयबिमल खड्काशिक्षक
सुमन वलीशिक्षक
लक्ष्मीकान्त पौडेलशिक्षक
बालज्योति बोर्डिङ विद्यालयबिमला शर्माशिक्षिका
विनोद विष्टशिक्षक
हिमाल खनालशिक्षक
भृकुटी माध्यामिक विद्यालयसरस्वती थापाशिक्षिका
ज्ञानेन्द्र थापाशिक्षक
महेन्द्र माध्यामिक विद्यालयरेशम पुनशिक्षक
सिर्जना थापाशिक्षिका
गोविन्द बुढाथोकीशिक्षक
सल्यान सुखौरा माध्यामिक विद्यालयनवराज सापकोटाशिक्षक
विन्दु देवी शर्मा पौडेलशिक्षिका
दिपक बहादुर रोकायाशिक्षक

उत्कृष्ट जिपिए (GPA) प्राप्त विद्यार्थीहरूः

विद्यालयविद्यार्थीको नामGPA
बालज्योति बोर्डिङसुर्य थापा3.82
पुरुषोदय माध्यामिकमिलन सुनार3.70
शारदा माध्यामिकमनिष आचार्य3.70
सर्वोदय माध्यामिकआशिका थापा3.55
बालज्योति बोर्डिङमिसन थापा3.50
बालज्योति बोर्डिङशितल थापा3.49
बालज्योति बोर्डिङसरस्वती गुरुङ3.47
शारदा माध्यामिकइच्छा सुवेदी3.47
बालज्योति बोर्डिङआयुषा वि.क.3.42
पुरुषोदय माध्यामिकआर्यन राना3.41
बालज्योति बोर्डिङबुद्धि प्रसाद वि.क.3.41
बालज्योति बोर्डिङझरना पुन3.41

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खड्ग विक सहभागी थिए । विद्यालय व्यवस्थापन समितिका टिकाराम शर्मा, प्रधानाध्यापक मन बहादुर श्रीस, शिक्षक प्रतिनिधि खिम बहादुर पुन तथा विद्यार्थी प्रतिनिधि सुर्य थापा लगायतले शिक्षा क्षेत्रको प्रवर्द्धनमा गाउँपालिकाले लिएको नेतृत्वको प्रशंसा गर्दै भावी मार्गदर्शनमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रम बरेङ गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता तुफान पुनको अध्यक्षता, गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्माको स्वागत मन्तव्य तथा शिक्षा प्रविधिक सहायक विष्णु प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भयो । बरेङ गाउँपालिकाले उत्कृष्टतालाई संस्थागत गर्दै गरेको यो सम्मान कार्यक्रमले शिक्षा क्षेत्रमा कार्यरत सबै पक्षहरूलाई प्रेरणा दिनेछ । शिक्षक, कर्मचारी र विद्यार्थीहरूमा जिम्मेवारीबोध, उत्साह तथा प्रतिस्पर्धात्मक भावना बढाउने विश्वास गाउँपालिकाले लिएको छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.