KhojSansar

प्रेम दिवस

Khoj Sansar News

बुटवल, २ फाल्गुन — सैनिकहरूको बिहे गराइदिने रोमका सन्त भ्यालेन्टाइनको स्मृतिमा मनाइने भ्यालेन्टाइन–डे अर्थात् ‘प्रेम दिवस’ ले उन्मुक्त प्रेमको पैरवी गर्छ । यो दिवस स्त्री–पुरुषको समानताको जगमा उभिएको छ । 

‘भ्यालेन्टाइन–डे’ ले प्रेमको सर्वोच्चता स्वीकार्छ । तर, बजारमा प्रेम फेसन बढी भएको छ, जहाँ गहिराई खोजिँदैन मात्रै सतहमा तैरिनु यसको ‘सौन्दर्य’ को मानक बन्दैछ । र, प्रेम हृदयभन्दा बढी आर्चिस र हलमार्कका कार्डमा खोजिन थालेको छ । अहिले यो दिवसले बजारको एजेन्टको सात–दिने अवतार ग्रहण गरेको छ, जुन सुपरमार्केटका सोकेसमा विकाउ वस्तु बनको छ— रोज डे, टेड्डी डे, चकलेट डे, हग डे, किस डे, भ्यालेन्टाइन–डे बनेर । तर, प्रेमलाई त कुनै दिवस कुर्नुनपर्ने हो, हरेक दिन प्रेमोउत्सव हुनुपर्ने हो, जसले जीवनलाई कलापूर्ण बनाउँछ । प्रेममा विनिमय हुँदैन्, यो त बिनाशर्त गरिन्छ । सायद प्रेमको विराट स्वरुप बुझ्न सके संसार झन् शान्त र सुन्दर हुनेछ ।

मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ । सबैभन्दा प्रकट गरिने विषय नै प्रेम हो, सबैभन्दा लुकाइने पनि प्रेम । प्रकट गरिनु र लुकाइनुबिच ब्रह्माण्डमा नित्य यात्रारत छ— प्रेम । 

भनिन्छ— प्रेममा परेपछि त चमेरोले पनि सपना देख्छ । संसारमा प्रेमकै लागि युद्ध भएका छन्, सबैभन्दा धेरै साहित्य पनि प्रेममाथि नै लेखिएको छ । क्रान्तिमा वा शान्तिमा, प्राप्तिमा वा गुमाउनुमा मान्छे प्रेमकै सहारामा उभिन्छ । त्यसैले प्रेम हो— अनन्त उर्जा । संसार सुन्दर किन छ भने मान्छेलाई प्रेम–सौगात प्राप्त छ । र, ‘भ्यालेन्टाइन–डे’ को आजकै साइतमा ‘कोसेली’ ले इतिहास र वर्तमानका केही प्रेम–कथा सम्झिएको छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.