२ महिना अगाडि
२ महिना अगाडि
ताप्लेजुङ, १६ चैत २०८२। चैत पहिलो सातापछि सुरु भएको बेमौसमी वर्षाका कारण ताप्लेजुङको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । पछिल्लो एक सातायता दिनहुँ वर्षा भइरहेको र वर्षाका कारण हिमाली भेगमा हिमपात भएको हो । हिमपातका कारण पर्यटनमा असर पुगेको व्यवसायी बताउँछन् । यसपटक उच्च भेगसँगै हिमाली बस्तीसम्म नै हिमपात भएको छ । बाक्लो हिमपात भएपछि हिमाली भेगका बासिन्दा र पर्यटक बढी प्रभावित भएका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा बस्ती, वडा ७ ओलाङ्चुङगोलाको याङ्मा र मौवाटार बस्तीमा बाक्लो हिमपात भएको छ । ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाका अनुसार गोला बस्तीसम्म नै सामान्य हिमपात भएको छ । चार हजार २०० मिटर उचाइ रहेको जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा र मौवाटार क्षेत्रमा करिव आधा फिटसम्म हिउँ परेको स्थानीयले बताएका छन् । निरन्तरको बेमौसमी वर्षा र हिमपातका कारण स्थानीय प्रभावित बनेका छन् । हिमपातले गर्दा पशुपालन पेशासहित हिमाली भेगका बासिन्दाको दैनिकमा असर पुग्ने गरेको शेर्पाले बताउनुभयो । लेलेपको घुन्सा बस्तीमा शुक्रबार निकै बाक्लो हिउँ परेको सामुदायक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनभयो । अध्यक्ष ओझाका अनुसार कञ्चनजङ्घा आधार शिविर जाने पदमार्गमा पर्ने पर्यटकीय वस्ती घुन्सामा गाउँ ढाक्नेगरी सेताम्मे हिउँ परेको छ । घुन्सा बस्तीसम्म नै हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ । यस्तै पर्यटकीय मौसमसमेत सुरु भई सकेको…