१० महिना अगाडि
१० महिना अगाडि
काभ्रेपलाञ्चोक, १२ साउनः यहाँको बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने भएको छ । स्थानीय किसानले संस्थागत रुपमा चालु आर्थिक वर्षदेखिनै व्यवसाय गर्न यस योजनाका लागि दिइएको आवेदन गाउँपालिकाद्वारा स्वीकृतसमेत भएको छ । व्यासायिक किसानलाई उद्यामशीलता ब्याजमा अनुदान प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले २४ कृषि फर्म छनोट गरेको जनाएको छ । यसका लागि गाउँपालिकाले कृषि व्यवसाय सञ्चालनार्थ किसानलाई ब्याजमा अनुदान प्रदान गर्न जिल्लास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको हो । कार्यालयले हाल छनोट भएका कृषि फर्मका पदाधिकारीलाई गाउँपालिकाको योजना तथा किसानले गर्न चाहेको उद्यमबारे छलफल र तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि स्थानीयलाई उद्यमशीलता विकास गरी व्यावसायिक बनाउन न्यूनतम छ महिनादेखि अधिकतम पाँच वर्ष अवधिको लागि प्रतिघरपरिवार अधिकतम रु २० लाख ऋण रकममा सहुलियत ब्याज अनुदान ऋण प्रदान गर्ने तथा सहकारीले सहुलियत ब्याज अनुदान ऋण लगानी गर्ने, उक्त कार्यक्रमका लागि गाउँपालिकाले पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने र व्यवसाय गर्ने व्यक्ति संस्था तथा परिवारले जम्मा ४ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने छ । स्थानीय कृषि उद्यमीलाई व्यावसायिक कर्जा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि–२०८० अनुरुप यस कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोको विपद्पछि खण्डहर जमिनलाई उर्वरा एवं व्यावसायिक बनाउन गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश युवा तथा किसानलाई व्यावसायिक बनाउने अभियानको प्रारम्भ…