KhojSansar

कालीगण्डकी गाउँपालिका गुल्मीको आ.व २०८१/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

KhojSansar News Kaligandaki Gaupalika Gulmi

गुल्मी, ३१ असार २०८२, कालीगण्डकी गाउँपालिका, गुल्मीले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक अवधिसम्मका कार्य, उपलब्धि, योजना र चुनौतीहरुबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । श्री भवागती माध्यमिक विद्यालय, अर्बेनी गुल्मीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष बेद बहादुर थापा, उपाध्यक्ष मन्जु कुमारी दर्लामी, वडाध्यक्षहरु, अन्य जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत नरेश गिरी सहित सम्पूर्ण कर्मचारी, सरोकारवाला राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको हालसम्मका गतिविधि, उपलब्धि र भावी योजना बारे जानकारी गराउँदै उठेका जिज्ञासाहरूको प्रष्ट जवाफ दिएका थिए । उनले अब गाउँपालिकाको प्राथमिकता आयआर्जन, रोजगारी र उद्यमशीलता प्रवर्द्धन तर्फ केन्द्रित हुने स्पष्ट पारे । अध्यक्ष थापाले युवाहरूलाई रोजगारीमा मात्रै सीमित नराखी, उद्यमशिल बन्न र आफ्नै गाउँमै स्वरोजगार सिर्जना गर्न मिसन रोजगारीसँग जोडिने योजनाबारे समेत जानकारी गराएका थिए।

प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले प्रशासनिक क्षेत्रमा उठेका जिज्ञासाहरूको प्रष्टिकरण प्रस्तुत गर्दै स्थानीय तहको जिम्मेवारी र आगामी कार्ययोजनाका बारेमा सहभागिहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा नागरिकहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सञ्चार लगायत विविध विषयमा प्रश्न उठाएका थिए । सम्बन्धित शाखा प्रमुख तथा जनप्रतिनिधिहरूले ती सबै प्रश्नहरूको यथोचित जवाफ दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय शासनलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने महत्वपूर्ण अभ्यासको रुपमा पुनः पुष्टि गरेको सहभागीहरूले बताएका छन् ।

सम्बन्धित समाचारः

  • सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

  • महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

  • धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

  • लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

  • फेरियो लोपोन्मुख राउटेको जीवनशैली

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.