पुल निर्माण सम्पन्न भए संगै कालिगण्डकी गाउँपालिका गुल्मीका जनताहरुमा खुसियाली छाएको छ । जबकी छहराखोला झोलुङ्गेपुल बन्नु पूर्व खोलाले बगाएर मानवीय क्षति भएको दुःखद घटना उक्त पुलका उपभोक्ता साथै सोही वडाका वडा सदस्य समेत रहेका बाल किशन थापाले बताएका थिए ।
बैशाख ३१ गुल्मी, कालिगगण्डकी गाउँपालिका वडा नं ५ फोक्सिङ अन्तर्गत पर्ने छहराखोला झोलुङ्गेपुल कालीगण्डकी गाउँपालिका गुल्मी र सिर्जनशील विकास केन्द्र तम्घास गुल्मीको संयुक्त लगानी/साझेदारीमा सफलता पुर्वक सम्पन्न भएको छ । जसको लागत अनुमान रु. ७५,१९,११४.८५/- रहेकोमा रु. ५९,८६,१६८.००/- लागतमा सम्पन्न भएको हो । गाउँपालिका र उ.स. बीच मिति २०८०/१०/१९ गते सम्झौता भई मिति २०८२/०२/१५ गते सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समय सीमा भएता पनि उक्त समय भन्दा अगावै निर्माण कार्य सम्पन्न भएकोले उपभोक्ताहरुमा खुसियाली देखिएको थियो ।
उक्त छहराखोला झोलुङ्गेपुल उद्घाटन समारोहका प्रमुख अतिथि एवं क्त अध्यक्ष बेद बहादुर थापा ज्य् उपभ०२/१५ कालिगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापा ज्यूबाट समुद्घाटन भएको सो कार्यक्रममा सोही वडाका वडा अध्यक्ष दान बहादुर राना, कालिगण्डकी गाउँपालिकामा कार्यरत कर्मचारीहरु सूचना प्रविधि शाखा प्रमुख ई. ओम बहादुर थापा, योजना शाखा प्रमुख चोक बहादुर श्रीस मौसम, प्राविधिक शाखा प्रमुख सत्य नारायण राय, वास संयोजक सिजन राना, कम्प्युटर अपरेटर ऋषिराम राना, प्राविधिक कृष्ण समाल, तुल्सी कुमारी चौधरी लगायत उपभोक्ता समिति/उपभोक्ताहरु साथै सिर्जनशील विकास केन्द्र तम्घास गुल्मीमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । त्यसै गरि छहराखोला झोलुङ्गेपुलको बारेमा सोही वडाका वडा सदस्य बाल किशन थापा आफ्नो मनतव्यको क्रममा विगतमा पुल नहुँदा स्थानीयहरु खोला तर्ने क्रममा ज्यान समेत गयएको दुखद घटना स्मरण गर्दै यो छहराखोला झोलुङ्गेपुल निर्माण सम्पन्न भए संगै सकेको र यसबाट सबै जना