KhojSansar

विश्व

मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

काठमाडौं, २५ फागुन २०८२ । मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कम भएको छैन । मिसाइल तथा हवाई आक्रमण जारी रहँदा खाडी मुलुकहरूमा रहेका नेपालीको सुरक्षाबारे चिन्ता यथावत छ । इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस लक्षित गरी मिसाइल आक्रमण गरिरहेकाले साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन र ओमान लगायत देशमा सुरक्षा जोखिम बढेको छ । यी देशमा साढे १७ लाखजति नेपाली कार्यरत रहेको सरकारको आधिकारिक तथ्यांक छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे त्यहाँस्थित नेपाली दूतावास र नियोगहरूले निरन्तर निगरानी गरिरहेका छन् र मन्त्रालयलाई नियमित जानकारी पठाइरहेका छन् । यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो । २८ फेब्रअरीमा इरानले ड्रोन आक्रमण गर्दा त्यहाँ कार्यरत तीन जनाको मृत्यु भएको थियो । जसमा नेपाल, भारत र बंगलादेशका एक–एके जनाको मृत्यु भएको थियो । श्रेष्ठको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार यूएईमा इरानको आक्रमणमा परी केही नेपाली घाइते भएका छन् । घाइतेमध्ये धेरैजना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केही अस्पतालमै छन् । ‘हाम्रा दूतावासहरूले त्यहाँको अवस्था नजिकबाट नियालिरहेका छन्, नेपालीलाई कुनै क्षति नहोस् भनेर आवश्यक परेका बेला सुरक्षा एडभाइजरी जारी गरिरहेका…
पूरा पढ्नुहोस् ...
विश्वस्तरीय प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्दै चीन

विश्वस्तरीय प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्दै चीन

बेइजिङ, २२ फागुन २०८२ । चीन सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा तीव्र विकास गर्दै विश्वस्तरमा प्रतिस्पर्धी बन्न तीन वटा अन्तर्राष्ट्रिय स्तरका विज्ञान-प्रविधि नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यो जानकारी चीन सरकारको वार्षिक कार्यप्रतिवेदनमा उल्लेख गरिएको छ, जुन देशको सर्वोच्च विधायिका समक्ष छलफलका लागि पेश गरिएको हो । उक्त प्रतिवेदनमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई चीनको दीर्घकालीन आर्थिक तथा सामाजिक विकासको प्रमुख आधारका रूपमा अघि बढाइने स्पष्ट गरिएको छ । सरकारका अनुसार स्थापना गरिने ती तीन अन्तर्राष्ट्रिय नवप्रवर्तन केन्द्रलाई विश्वस्तरीय अनुसन्धान, प्रविधि विकास र नयाँ आविष्कारका प्रमुख केन्द्रका रूपमा विकास गरिने छ । ती केन्द्रले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन दिने, उच्चस्तरीय प्रविधि विकास गर्ने तथा नयाँ उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यससँगै चीनले सन् २०२६ देखि २०३० सम्म लागु हुने पन्ध्रौँ पञ्चवर्षीय योजनाको प्रारूप पनि प्रस्तुत गरेको छ । उक्त योजनामा कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि, जैव प्रविधि तथा नयाँ ऊर्जा जस्ता आधुनिक र भविष्यका लागि महत्वपूर्ण क्षेत्रहरूमा विशेष रणनीतिक योजना लागु गरिने उल्लेख गरिएको छ । यी क्षेत्रमा अनुसन्धान, लगानी र प्राविधिक विकासलाई प्राथमिकता दिँदै चीनले नयाँ प्रविधिमा आत्मनिर्भरता बढाउने, उच्च प्रविधिमा आधारित उद्योग विस्तार गर्ने र दीर्घकालीन आर्थिक विकासलाई बलियो बनाउने लक्ष्य राखेको छ । सरकारले विज्ञान तथा प्रविधिको विकासलाई राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने…
पूरा पढ्नुहोस् ...
मध्यपूर्व तनाव :  तेल र ग्यासको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्दै

मध्यपूर्व तनाव :  तेल र ग्यासको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्दै

काठमाडौं, १८ फागुन २०८२ । अमेरिका र इजरायलका निरन्तर आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि आक्रमण जारी राखेपछि तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ । विश्वका सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामा सैन्य आक्रमण भएपछि उत्पादन रोकेको बताएको छ । प्राकृतिक ग्यासको मूल्य सोमबार झण्डै ५० प्रतिशतले बढेको छ। विश्वव्यापी मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य सोमबार १० प्रतिशतले बढेर प्रति ब्यारेल ८२ डलरभन्दा माथि पुगेको थियो । यो वृद्धि स्ट्रेट अफ हर्मुज नजिक कम्तीमा तीनवटा जहाजमाथि आक्रमण भएपछि भएको हो । इरानले आफ्नो दक्षिणी भागस्थित जलमार्गबाट जहाजहरू नजान चेतावनी दिएको छ । विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही बाटो हुँदै ढुवानी हुन्छ । लन्डनमा, एफटीएसई १०० सूचकांक १ प्रतिशतले घट्यो । मध्यपूर्वी आकाशमार्ग अवरुद्ध भएपछि ब्रिटिश एयरवेजको मालिक कम्पनीका सेयरहरू सबैभन्दा बढी घटे । बार्कलेज, स्ट्यान्डर्ड चार्टर्ड र एचएसबीसी जस्ता बैंकहरूको सेयर मूल्य पनि घटेको छ । ऊर्जा मूल्य दीर्घकालीन रूपमा बढिरहेमा मुद्रास्फीति बढ्ने र त्यसले केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना कम हुने चिन्ताले बजार प्रभावित भएको हो । युरोपका प्रमुख सेयर बजारहरूमा अझ ठूलो गिरावट देखिएको छ । अनिश्चितताका बेला सुरक्षित लगानी मानिने सुनको मूल्य २ प्रतिशतले बढेर प्रति औँस पाँच हजार ३८८ डलर पुगेको छ । राज्य स्वामित्वमा रहेको कतार इनर्जीले लाफान औद्योगिक…
पूरा पढ्नुहोस् ...
मध्यपूर्वी देशहरूमा कति छन् नेपाली ?

मध्यपूर्वी देशहरूमा कति छन् नेपाली ?

काठमाडौं, १७ फागुन २०८२ । मध्यपूर्व (खाडी) देशहरूमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वी देशमा १७ लाख २९ हजार २ सय ८८ नेपाली छन् । वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि ती देश गएका नेपालीको यकिन संख्या मन्त्रालयले सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काका अनुसार हाल इरानमा ६ जना नेपाली छन् । इजरायल र अमेरिकाले शनिबार इरानमा हवाई आक्रमण गरेको थियो । आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको हत्यापछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण गर्दै आएको छ । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता र चासो व्यक्त हुँदै आएको छ । परराष्ट्र मन्त्रालयले आज गरेको पत्रकार सम्मेलन मार्फत ती देशमा रहेका नेपालीको यकिन संख्याबारे जानकारी दिएको हो । इरान, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान र इजिप्टमा उक्त संख्यामा नेपाली रहेको सहसचिव खड्काले बताए । उक्त तथ्यांक मध्यपूर्वस्थित नेपाली राजदूतावासहरूबाट लिखित रूपमा प्राप्त भएको उनको भनाइ छ । त्यहाँको सरकारी निकायबाट परराष्ट्र मन्त्रालय मार्फत उपलब्ध भएको तथ्यांक रहेको र यसमा अवैध रूपमा बस्दै आएका नेपालीको संख्या नहुन सक्ने…
पूरा पढ्नुहोस् ...
मध्यपूर्वमा तनाव : विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

मध्यपूर्वमा तनाव : विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौँ, १६ फागुन २०८२ । मध्यपूर्वमा तनाव बढेपछि हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन्। उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ।” यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ। रासस  
पूरा पढ्नुहोस् ...
पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

काठमाडौं, १५ फागुन २०८२ । काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन् । पाकिस्तानी रक्षामन्त्रीले अफगान तालिवानलाई चेतावनी दिँदै भनेका छन्– हाम्रो धैर्य समाप्त भइसक्यो । अब खुला युद्ध हुन्छ । बीबीसी उर्दुका अनुसार सोशल मिडिया प्लेटफर्म एक्समा जारी बयानमा उनले अफगान तालिवानमाथि ‘अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरू एकत्रित गरेको आरोप लगाएका छन् ।काबुलमा अन्तरिम सरकारले आतंकवाद निर्यात गरेको पाकिस्तानी रक्षामन्त्री आसिफको आरोप छ । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानहरूमा बमबारी भएको पुष्टि गरेका छन् । उनले आक्रमणबाट कुनै हताहती भने नभएको बताएका छन् । पाकिस्तानी रक्षामन्त्री आसिफले अफगान तालिवानले आफ्नो मुलुकका नागरिकलाई मानवाधिकारबाट वञ्चित गरेको र इस्लामले महिलालाई दिएको अधिकार खोसेको पनि आरोप लगाएका छन् । बीबीसी उर्दुका अनुसार पाकिस्तानी सरकारले अहिलेसम्म सैन्य अभियानका क्रममा अफगान तालिवानका १३३ सदस्य मारिएका र दुई सय घाइते भएका दाबी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले एक्समार्फत् अफगानिस्तानका काबुल, पक्तिका र कन्धारमा रहेका अफगान तालिवानका रक्षा स्थललाई निशाना बनाइएको बताएका छन् । उनले पाकिस्तानको अभियानमा अफगान तालिवानका दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्यांक नष्ट गरिएको पनि दाबी गरेका छन् । यद्यपि, बीबीसी हिन्दीले दाबीको स्वतन्त्र…
पूरा पढ्नुहोस् ...
नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

काठमाडौं, १२ माघ । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्। एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गरिएकाे हाे। नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा तयार पारिएको थियो । गत भदाै १३ गते बसेकाे मन्त्रीपरिषद् बैठकले सम्झाैतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे थियाे। तर, भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनका कारण सरकार ढलेपछि सम्झाैतामा हस्ताक्षर गर्नमा ढिलाई भएकाे थियाे। सम्झौतामा हस्ताक्षर हुनु अघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो । बैठकका क्रममा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। उनले सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित तथा लागत–प्रभावकारी बनाउने महत्वपूर्ण आधार तयार गर्ने बताए। साथै यसले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने…
पूरा पढ्नुहोस् ...
सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन फङ–वोङ (स्थानीय नाम उवान) ले आइतबार देशको उत्तर–पूर्वी तटमा नजिकिँदै गर्दा विनाशकारी हावा र मुसलधारे वर्षाका साथ प्रहार गर्न थालेको छ । तीव्र गतिका कारण देशभर बिजुली अवरुद्ध भएको छ भने करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ ।         फङ–वोङले दक्षिणपूर्वी एसियाली द्वीपसमूहको करिब दुई–तिहाइ भू–भागलाई आफ्नो एक हजार ६०० किलोमिटर (९९४ माइल) चौडा हावा र वर्षाको घेराभित्र ल्याउने सम्भावना छ । यो आँधी फिलिपिन्स पुग्नुअघि नै प्रशान्त महासागरबाट तीव्र रूपमा नजिकिँदै थियो, त्यही बेला देश अझै पनि हालैको टाइफुन कलमेगीले पारेको व्यापक विनाशसँग जुधिरहेको थियो । कलमेगीले गत मङ्गलबार देशका मध्य प्रान्तहरूमा कम्तीमा २२४ जनाको ज्यान लिएको थियो ।         राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कलमेगीको विनाश र फङ–वोङबाट हुनसक्ने सम्भावित क्षतिका कारण राष्ट्रव्यापी आपतकाल घोषणा गर्नुभएको छ ।         फिलिपिन्स मौसम विभागका अनुसार फङ–वोङले आइतबार दिउँसोसम्ममा पूर्वी क्याटान्डुआनेस प्रान्तको पान्डान सहर नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । एक सय ८५ किलोमिटर प्रतिघण्टा (११५ माइल प्रतिघण्टा) को निरन्तर हावा र २३० किलोमिटर प्रतिघण्टा (१४३ माइल प्रतिघण्टा) सम्मका झोकासहितको यो आँधी उत्तरपश्चिम दिशातर्फ सर्दै अरोरा वा इसाबेला प्रान्तको तटमा आइतबार बेलुका वा सोमबार बिहान अवतरण गर्न सक्ने बताइएको छ । मुसलधारे वर्षा र बाक्लो कुहिरोका कारण प्रभावित क्षेत्रमा दृश्यता…
पूरा पढ्नुहोस् ...
पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताउनुभएको छ । हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै, भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् । “बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन् । उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ”, खट्टकले भन्नुभयो । उहाँका अनुसार साङ्ला जिल्लामा पनि दर्जनौँ मानिस बेपत्ता छन् । सबैभन्दा बढी क्षति बुनेरमै भएको छ । त्यहाँ कम्तीमा दुई सय आठ जनाको मृत्यु भएको र करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए । “भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ”, उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले भन्नुभयो । उहाँका अनुसार करिब दुई हजार उद्धारकर्मी नौ जिल्लामा राहत कार्यमा खटिएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी जिल्ला बुनेरमा शुक्रबार आरी घोप्टे मनसुनी वर्षा भएपछि आकस्मिक बाढी र पहिरो आएको थियो । आपत्कालीन सेवाका प्रवक्ता मोहम्मद सोहेलका अनुसार क्षतिग्रस्त सडकहरू मध्ये आधाभन्दा बढी खोलिएपछि दुर्गम गाउँसम्म सवारीसाधन र भारी मेसिनरी पुग्न थालेका छन् । प्रहरी र उद्धारकर्मीहरू ढुङ्गा–माटो पन्छाउँदै ध्वस्त घरका भग्नावशेषमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । सबैभन्दा ठूलो दुर्घटना कादर नगर गाउँमा भएको छ । त्यहाँ विवाहको…
पूरा पढ्नुहोस् ...
उत्तर कोरियाली र रूसी नेताहरूद्वारा युक्रेनलाई लिएर आफ्नो गठबन्धनको पुष्टि

उत्तर कोरियाली र रूसी नेताहरूद्वारा युक्रेनलाई लिएर आफ्नो गठबन्धनको पुष्टि

सियोल, २८ साउन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनाबद्ध भेटअघि उत्तर कोरियाली नेता किम जोङ उन र पुटिनले आफ्नो गहिरिएको सम्बन्ध र युक्रेनविरुद्धको युद्ध प्रयासहरूबारे छलफल गर्न फोन वार्ता गरेको दुवै देशको राज्य सञ्चारमाध्यमले बुधबार जनाएका छन् । मङ्गलबारको कुराकानीमा पुटिनले रुसको कुर्स्क सीमा क्षेत्रमा युक्रेनी आक्रमणलाई रोक्न रुसी सेनासँग लडाइँ गर्दा उत्तर कोरियाली सेनाले देखाएको ‘बहादुरी, वीरता र आत्मबलिदानी भावना’ को प्रशंसा गर्नुभएको उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । क्रेमलिनलाई उद्धृत गर्दै रुसको तास समाचार एजेन्सीका अनुसार, पुटिनले किमसँग शुक्रबार अलास्कामा हुने निर्धारित ट्रम्पसँगको आफ्नो आसन्न वार्ताहरूको जानकारी पनि साझा गर्नुभयो । उत्तर कोरियाली रिपोर्टहरूले ट्रम्पको भेटघाटबारे उल्लेख गरेनन् । केसिएनएका अनुसार दुवै नेताले गत वर्ष शिखर सम्मेलनमा हस्ताक्षर गरेको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत ‘सबै क्षेत्रमा’ सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्दा किमले पुटिनलाई प्योङयाङले ‘भविष्यमा पनि रूसी नेतृत्वले गर्नुपर्ने सबै उपायलाई पूर्ण समर्थन गर्नेछ’ भन्नुभयो । रुसको युक्रेन आक्रमणपछि, किमले कूटनीतिक अलगावबाट निस्कने र वासिङ्टनसँग टकराव गर्ने देशहरूसँग सम्बन्ध विस्तार गर्ने लक्ष्य राख्दै मस्कोलाई आफ्नो विदेश नीतिको प्राथमिकता बनाउनुभएको छ । उहाँको सरकारले उत्तर कोरियाको आणविक कार्यक्रमलाई कम गर्ने उद्देश्यले कूटनीति पुनः सुरु गर्ने वासिङ्टन र सियोलको घोषित इच्छालाई खारेज गरेको छ । यो सन् २०१९ मा ट्रम्पको…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.