KhojSansar

युवा पुस्ताकाे सहभागिता ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै

Khoj Sansar News

काठमाडौं, ७ माघ । प्रत्यक्ष तर्फबाट निर्वाचित हुने १६५ सदस्यका लागि सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको छ ।

उमेरका दृष्टिमा ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार बढी छन् ।

निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ५८३ छ । यो समूहमा महिलाको संख्या ६७ र पुरुष उम्मेदवारको संख्या ५१५ रहेको छ ।

३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका १ हजार ६१० जना उम्मेदवार रहेका छन् । यो समूहमा महिला उम्मेदवारको संख्या २३५ र पुरुष उम्मेदवारको संख्या १ हजार ३७५ जना रहेको छ ।

५१ देखि ६५ वर्षसम्मका उम्मेदवारको कुल संख्या १ हजार ९० रहेको छ । यो उमेर समूहमा महिलाको संख्या ९० छ भने पुरुष उम्मेदवारको संख्या १ हजार रहेको छ ।

६५ वर्ष माथिका उम्मेदवारको संख्या २०१ जना रहेको छ । यो उमेर समूहमा महिला उम्मेदवारको संख्या ३ र पुरुष उम्मेदवारको संख्या १९८ रहेको छ । निर्वाचन आयोगका अनुसार ६८ वटा दलले निर्वाचनमा उम्मेदवार उठाएका छन् ।

सम्बन्धित समाचारः

  • महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.