KhojSansar

राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा

Khoj Sansar News

काठमाडौँ, ३ चैत २०८२ । राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबिच आज राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा प्रवाह गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले समझादारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरी स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो, विश्वसनीय बनाइने बाउनुभयो ।

“अहिलेको सम्झौताअनुसार बोर्ड र विभागको तथ्याङ्कलाई एकीकृत गर्नेछौँ”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्नेछौँ ।” उहाँले आगामी चैत २५ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता र नवीकरण हुने बताउनुभयो ।

स्वास्थ्य बिमा बोर्डमा अहिले एक करोड दुई लाख विमित आबद्ध रहेका छन् । अहिले नागरिकता र चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बिमा गर्ने गरिएको छ । सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रले बिमा दर्ता, नवीकरण तथा सेवा प्राप्त प्रक्रियालाई सरल बनाउँदै तथ्याङ्क एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताउनुभयो । -रासस

सम्बन्धित समाचारः

  • आज दुई प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • दाउन्नेको अवरोधले सात किलोमिटरसम्म गाडीको जाम

  • यस्तो छ आजको मौसम पूर्वानुमान

  • काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

  • नेपालको समृद्धि साझा लक्ष्य

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.