KhojSansar

दाउन्नेको अवरोधले सात किलोमिटरसम्म गाडीको जाम

Khoj Sansar News

नवलपुर, ७ चैत २०८२ । लगातारको वर्षाले चिप्लो बाटोमा गाडीहरू उक्लिन नसक्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार ७ किलोमिटरभन्दा लामो जाम परेको छ । 

शुक्रबार दिउँसोदेखि पानी परेर सडक चिप्लो भएपछि दाउन्ने खण्ड अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले केहीबेर खुल्ने गरेपनि फेरी अवरुद्द हुँदा सवारी साधन लामो जाममा परेका बताउनुभयो । पैसट्ठीमोड र विश्वकर्मा मन्दिर नजिक बढी समस्या देखिएको उहाँको भनाइ छ ।

यहाँ हिजो दिउँसोदेखि नै पानी परे पनि अहिले भने पानी पर्न रोकिएको छ । अव भने विस्तारै यात्रायाता सहज हुन सक्ने उहाँको भनाइ छ । सडक हिलाम्य र चिप्लो भएपछि हिजोदेखि तीन दिनसम्म रातिका लागि ठुला तथा मालबाहक सवारी साधन प्रतिबन्ध लगाइएको छ । 

सडक आयोजनाले शुक्रबार एक सूचना जारी गरी दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो हुँदा सवारी साधन आवत जावतमा समस्या भएकोले राति ठुला तथा मालवाहक सवारी साधन चैत्र ६ गतेदेखि ८ गते सम्मलाई प्रतिबन्ध लगाइएको हो ।

प्रहरी उपरीक्षक खड्काका अनुसार साना तथा ठुला सवारी साधनले अप्ठेरो बाटोमा पनि जबरजस्ती ओभरट्याक गर्न खोज्दा झन समस्या हुने गरेको छ। 

सम्बन्धित समाचारः

  • आज दुई प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • यस्तो छ आजको मौसम पूर्वानुमान

  • काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

  • राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा

  • नेपालको समृद्धि साझा लक्ष्य

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.