KhojSansar

१२ दिनमा ४२२ विपद्का घटना, २३ जनाको मृत्यु

Khoj Sansar News

काठमाडौं, १३ वैशाख २०८३ । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्‌मा परेर २३ जनाको मृत्यु भएको छ । विपद्‌मा परेर ७३ घाइते भएका छन् ।

प्राधिकरणका अनुसार, सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् । त्यस्तै, डुंगा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन् ।

विपद्‌मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन् । यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन् । कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन् । -रासस

सम्बन्धित समाचारः

  • तराईमा तातो दिन, अन्यत्र बादल

  • देशभर बदली, धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना

  • ‘साइबर बुलिङ’ को सिकार बन्दै समाज

  • रूपान्तरणको अध्याय

  • पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.