KhojSansar

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

Khoj Sansar News

फिदिम, २३ वैशाख २०८३ । पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथर का अनुसार मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट जंगली च्याउ टिपेर पकाएर खानासँगै खाएपछि परिवारका सबै सदस्य बिरामी परेका हुन्।

बेलुका करिब ५ बजेदेखि वाकवाकी लाग्ने र पेट दुख्ने लक्षण देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। बिरामी हुनेमा हर्कमाया राईसहित ३२ वर्षीय समीर लिम्बु, २३ वर्षीया बिनिता राई, ७८ वर्षीय दलप्रसाद लिम्बु र ७३ वर्षीया दलमाया लिम्बु रहनुभएको छ।

उहाँहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार सबै बिरामीको अवस्था सुधारोन्मुख रहेको छ। प्रहरीले जंगली च्याउ जथाभावी सेवन नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.