KhojSansar

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

Khoj Sansar News

भोजपुर, २९ साउनः पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् ।

गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा लागेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

यहाँका किसानले किवी बेचेर घरखर्च टार्न थालेका छन् । श्यामशिला भोजपुर–लेगुवा सडक नजिक भएकाले किसानले आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्दै आएका छन् । कृषि किसानको मुख्य आम्दानीको स्रोत भएकाले गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा सागसब्जीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती भइरहेको बताउँदै उहाँले भन्नुभयो, “श्यामशिलामा किवीको प्रशस्त सम्भावना भएकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, एभोकाडोलगायत फलफूल विकास कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । ” -रासस

सम्बन्धित समाचारः

  • तरकारीखेतीले फेरिँदै जीवनशैली

  • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  • तनहुँमा मकै उत्पादन बढ्यो

  • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  • फर्किएको रैथाने खान्कीको रौनक

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.